२०८० भदौ १५ गते १५:१७ विकासन्युज
अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आइपीएस छनौट गरी फण्ड ट्रान्सफर गर्दा मोबाइल फोन उपहार जित्न सकिने बैंकले बताएको हो । यस्तो स्किम भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुने बताइएको छ ।
विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोगलाई थप प्रर्वद्धन गर्न यस्तो स्किम ल्याइएको बैंकले बताएको छ ।
कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध छ । कनेक्ट आइपिएसमार्फत प्रति दिन तीन लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा छ । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १४.७ मिलियन भन्दा बढी भुक्तानी कारोबार फर्छ्याैट भइसकेको बताएको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाख भन्दा बढि मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेको बैंकले बताएको छ । त्यसैगरी, बैंकले ८८ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.