२०८१ मंसिर ३ गते १२:३६ विकासन्युज
काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फ रिक्त रहेको तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पदमा सोही समूह र उपसमूहका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरीका अनुसार यी तीन जना नै नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.