२०८१ मंसिर ३ गते १४:११ विकासन्युज
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त पेस गर्न आह्वान गरेको छ । सरकारले तोकिएका योग्यता पुगेको व्यक्ति कार्यकारी निर्देशक पदमा उम्मेदवार हुन पाउने गरी सूचना निकालेको छ ।
कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् ।
इच्छुक र तोकिएको योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.