शिक्षामा २०८१ : शून्य प्रगति, सडकमै शिक्षक
काठमाडौं । २०८१ साल शिक्षा क्षेत्रमा सन्तोष गर्न लायक बन्न सकेन । यो पटक पनि निकै उतारचढावका बीच एक वर्ष बितेको छ । यो वर्षको बिदाइ समेत शिक्षकहरूले सडकब…
सुस्त ओली, दिग्दार दर्शक
काठमाडौं । गत बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले होटल याक एन्ड यतिमा आयोजना गरेको ५९ औं वार्षिक साधारणसभा तोकिएको समयभन्दा तीन घण्टा ढिलो सुरु भयो …
हुर्किन नपाउँदै सेलायो सहकारी प्राधिकरण, दुविधामा पोखरेलको पुनर्नियुक्त
काठमाडौं । निकै रस्साकस्सी र फाष्ट ट्र्याकमार्फत ल्याइएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कछुवा गति देखिएको छ । सरकारले अध्यादेशमार्फत प्राधिकरणको गठ…
भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड 'रिभोल्ट' नेपालमा सार्वजनिक, ३ लाखदेखि सुरु
काठमाडौं । भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्स नेपालमा सार्वजनिक भएको छ । एमभी डुगर समूहले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिभोल्ट मोटर्स सार्वजनिक गरेको छ । एमभी डुगर समूहले काठमाडौंको नक्सालमा रहेको फ्ल्यागशिप शो-रूममा पाँच भेरियन्टका ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । नेपालको दिगो यातायातलाई अझ सम्वृद्ध बनाउने प्रणका साथ नेपालको प्रतिष्ठित व्यापारिक समूह एमभी डुगर समूहले भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्टसँग साझेदारी गरी नेपालमा ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । सार्वजनिक भएका ईभी मोटरसाइकल नेपाली यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको एमभी डुगर समूहले दाबी गरेको छ । रिभोल्टको ईभी मोटरसाइकलले एक पटक चार्ज गर्दा १५० किलोमिटर दूरी प्रदान गर्छ । यसमा तीनवटा स्मार्ट राइडिङ मोड (ईको, सिटी, स्पोर्ट) रहेका छन् । साथै यसमा मोबाइल एप कनेक्टिभिटी उपलब्ध छ । भेरियन्ट र मूल्य आरभी फोर हन्ड्रेड : यो रिभोल्टको फ्ल्यागशिप मोडेल हो जसको मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी फोर हन्ड्रेड बीआरजेड : यो प्रदर्शनयुक्त तर पहुँचयोग्य मूल्यको मोटरसाइकल हो, यसको मूल्य ४ लाख १९ हजार रुपैयाँ राखिएको छ । आरभी ब्लेज एक्स : ४ किलोवाट पिक मोटर पावर भएको नयाँ शक्तिशाली भेरियन्ट हो, जसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । आरभी वान प्लस : एक व्यावहारिक र स्टाइलिश कम्युटर बाइक हो, यसको मूल्य ३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी वान : दैनिक यात्राको लागि उपयुक्त इन्ट्री-लेभल इलेक्ट्रिक मोटरसाइकल हो, जसको मूल्य २ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सबै मोडेलहरू आईपी ६७- रेटेड ब्याट्री प्याक, कम्बाइन्ड ब्रेकिङ सिस्टम, रिभर्स असिस्ट र रीजेनेरेटिभ ब्रेकिङजस्ता सुविधासहित आएका छन् । इन्टिग्रेटेड मोबाइल कनेक्टिभिटी सुविधाहरूमा जियो-फेन्सिङ, जीपीएस ट्र्याकिङ, ब्याट्री हेल्थ डायग्नोस्टिक्स, एन्टी-थेफ्ट अलर्ट लगायतका फिचर्स समावेश छन् । यी सवारी साधारण १६ ए घरेलु सर्किटबाट पनि सजिलै चार्ज गर्न सकिने सुविधा छ। एमभी डुगर समूहका अध्यक्ष मोतीलाल डुगरले शुभारम्भ कार्यक्रममा भने, 'हामी रिभोल्ट मोटर्सलाई नेपालमा भित्र्याउन पाउँदा अत्यन्तै गर्वित छौं । वातावरणमैत्री प्रविधिको माध्यमबाट नेपाली यात्रुहरूलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धताको घोषणा हो ।’ 'ईन्धनको मूल्यवृद्धि र वातावरणप्रतिको चेतनाको वृद्धिको सन्दर्भमा रिभोल्टका इलेक्ट्रिक बाइकहरू परम्परागत सवारीसाधनको तुलनामा उच्चतम विकल्प हुन्,’ उनले थपे । १५ स्थानमा शो-रूम खोल्ने योजना एमभी डुगर समूहले देशका मुख्य सहरहरू- पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल र धनगढीलगायत १५ स्थानहरूमा शो-रूमहरू खोल्ने योजना बनाएको छ । हरेक शो-रूममा तालिमप्राप्त ईभी प्राविधिक, सर्भिस संरचना र प्रामाणिक सामानहरूको पर्याप्त उपलब्धता हुने जनाइएको छ । रिभोल्टको अग्रिम बुकिङ आजैदेखि खुला गरिएको छ, जहाँ पहिलो १०१ ग्राहकहरूका लागि विशेष लाभ उपलब्ध छन् । एमभी डुगर समूह १४१ वर्ष पुरानो गौरवशाली इतिहास बोकेको एमभी डुगर समूह नेपालकै सबैभन्दा ठूलो र सम्मानित पारिवारिक व्यापारिक समूहहरूमध्ये एक हो । यस समूहले अटोमोबाइल, जलविद्युत्, निर्माण, कृषि, बैंकिङ, जीवन बीमा, साधारण बीमा, पुनर्बीमा र कोल्ड स्टोरेजजस्ता विभिन्न क्षेत्रमा देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । रिभोल्ट मोटर्स सन् २०१७ मा स्थापना भएको रिभोल्ट मोटर्स भारतको इलेक्ट्रिक सवारीसाधन क्षेत्रमा अग्रणी संस्था हो । यसले इलेक्ट्रिक मोटरसाइकल मात्रै होइन, यसको आधिकारिक डिलरहरूमार्फत सम्पूर्ण पाट्र्स र सामानहरूको आपूर्ति पनि गर्दै आएको छ ।
सेयर कर्जाको ब्याजदर साढे ३ वर्ष यताकै न्यून, ब्याज घटेपछि ४३.५९ प्रतिशत बढ्यो लगानी
काठमाडौं । बैंकहरूले पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै लगेपछि पुँजी बजारमा पनि लगानी बढेको देखिन्छ । ८ महिनामा वाणिज्य बैंकहरूले झण्डै १ खर्ब रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को ८ महिनामा २० वटा बैंकले ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकी गत वर्षको फागुनसम्ममा बैंकहरूले ६७ अर्ब १२ करोड ७० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले ४३.५९ प्रतिशत अर्थात् २९ अर्ब २६ करोड ६५ लाख रुपैयाँ सेयर कर्जा बढाएका हुन् । बैंकहरूको सेयर कर्जाको ब्याजदर निरन्तर ओरालो लागेपछि कर्जा पनि बढेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा बैंकहरूको सेयर धितो कर्जाको औसत ब्याजदर ८.४९ प्रतिशत छ । जुन ब्याजदर साढे ३ वर्ष यताकै न्यून हो । यसअघि विसं २०७८ असारमा सेयर धितो कर्जाको औसत ब्याजदर ८.०५ प्रतिशत थियो । समीक्षा अवधिमा नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा सबैभन्दा धेरै बढाएको छ । बैंकको सेयर कर्जा २८८.९६ प्रतिशत अर्थात् ३५ करोड ११ लाख रुपैयाँ बढेर ४७ करोड २७ लाख रपैयाँ प्रवाह गरेको छ । गत वर्षको फागुनमा यस बैंकले १२ करोड १५ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रदान गरेको थियो । समीक्षा अवधिमा माछापुच्छ्रे बैंकले २४८.६६ प्रतिशत बढाएर १ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले ११७ प्रतिशत बढाएर ८ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले १०६.४८ प्रतिशत बढाएर २ अर्ब ५७ करोड रुपैयाँ, एनएमबि बैंकले ९२.७४ प्रतिशत बढाएर १ अर्ब ८७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ७७.९५ प्रतिशत बढाएर ७ अर्ब ३७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६५.५१ प्रतिशत बढाएर ११ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६०.३४ प्रतिशत बढाएर ८ अर्ब ३२ करोड रुपैयाँ, नेपाल बैंकले ५४.३४ प्रतिशत बढाएर ७ अर्ब ६२ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । सिटिजन्स बैंकले ४७.७८ प्रतिशत बढाएर ६ अर्ब ४० करोड रुपैयाँ, सानिमा बैंकले ४४.२७ प्रतिशत बढाएर २ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४२.१५ प्रतिशत बढाएर ३ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३९.८८ प्रतिशत बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो प्रदान गरेका छन् । प्रभु बैंकले ३५.२३ प्रतिशत बढाएर ४ अर्ब ४३ करोड रुपैयाँ, एभरेष्ट बैंकले २८.७० प्रतिशत बढाएर २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १७.९५ प्रतिशत बढाएर १३ अर्ब ८२ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १३.७७ प्रतिशत बढाएर ४ अर्ब ७७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् । तर, समीक्षा अवधिमा एनआईसी एशिया बैंक र हिमालयन बैंकले भने सेयर धितोमा प्रवाह हुने कर्जा घटाएका छन् । हिमालयन बैंकले ४३.६० प्रतिशत घटाएर २ अर्ब ४९ करोड रुपैयाँ र हिमालयन बैंकले ११.१२ प्रतिशत घटाएर २ अर्ब २ करोड रुपैयाँमा सेयर कर्जा झारेका हुन् ।
क्रिस्टिनारोक्का र ब्लस ब्युटीको ‘नयाँ वर्ष, नयाँ सौन्दर्य’ उपहार योजना सार्वजनिक
काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिस्टिनारोक्का र ब्लस ब्युटीले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष, नयाँ सौन्दर्य’ नामक उपहार योजना सार्वजनिक गरेका छन् । यस योजनामा तीन–तीन जना गरी कुल ६ जना विजेताले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । क्रिस्टिनारोक्का इटालीमा उत्पादित एक प्रिमियम यूरोपियन सौन्दर्य ब्रान्ड हो जसले उच्च गुणस्तरीय सौन्दर्य सामग्रीहरू उत्पादन गर्दै आएको छ । यस ब्रान्ड अन्तर्गत क्रिस्टिनारोक्का लिपस्टिक, लिप ग्लोस, भोल्युम मस्करा र लिप आयल जस्ता उत्पादनहरू उपलब्ध छन् । यी उत्पादनहरू महिलाको आत्मविश्वास र सौन्दर्यलाई उजागर गर्न विशेष रूपमा डिजाइन गरिएका छन् । त्यस्तै, ब्लस ब्युटी भारतमा उत्पादित एक प्रमुख सौन्दर्य ब्रान्ड हो जसले गिल्टर आइ शाडो प्यालेट, लिक्विड लिपस्टिक, म्याट लिप ग्लोस, कम्प्याक्ट पाउडर र क्रीम ब्लशर जस्ता उत्पादनहरू बिक्री गर्दै आएको छ । यी सबै उत्पादनहरू आधुनिक सौन्दर्य प्रवृत्तिलाई ध्यानमा राखेर तयार गरिएका छन् । उपहार योजनामा सहभागी हुन इच्छुकहरूले क्रिस्टिनारोक्का र ब्लस ब्युटीको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजलाई लाइक र फलो गर्नु पर्नेछ । साथै, ती पेजहरूमा प्रकाशित भएका पोस्टलाई आफ्नो स्टोरीमा सेयर गरी ४ जना सौन्दर्य प्रेमी साथीहरूलाई ट्याग गर्नुपर्नेछ । अभियान समाप्त भएपछि लक्की ड्र मार्फत ६ जना विजेताको चयन गरिनेछ । विजेताहरूको घोषणा दुवै ब्रान्डका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिनेछ । कम्पनीका तर्फबाट यो अभियान सौन्दर्य, आत्मविश्वास र नयाँ सुरुवातको सन्देश बोकेको विशेष उपहार योजना हो, जसले नेपाली ग्राहकहरूलाई उत्साहित गर्ने विश्वास लिइएको छ ।