२०७४ भदौ १६ गते ९:२३ विकासन्युज
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले असोज २ गतेदेखि २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासन कात्तिक ५ गते हुने छ ।
१ बराबर २ अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हो । हकप्रद निश्कासनपछि संस्थाको चुक्तापुँजी साढे ३४ करोड रुपैयाँ पुग्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.