आज नेपालभर एकैदिन ११ सय बढि कोरोना संक्रमित थपिए, ८ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ हजार १ सय ११ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३५ हजार ५ सय २९ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ९ हजार ४ सय ८८ जना रहेका छन् भने आजसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आज थप ८ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १८३ पुगेकाे छ ।

काेराेनाबाट बच्न भल्भ मास्क प्रयोग गर्नु मास्क नलगाए बराबर

काठमाडौं । कोरोनाभाइरसको कारण हाल विश्व नै त्रशित अवस्थामा छ । गएको फागुनदेखि हामीहरुको जीवन सामान्यबाट असामान्य बनेको छ । र, बिस्तारै यो असामान्य अवस्थालाई नै हामी सामान्यको रुपमा अंगाल्न प्रयास गर्दैछौं । कोरोना भाइरस अर्थात कोभिड-१९ भन्ने बित्तिकै सबैभन्दा पहिलो सुरक्षाको हिसाबले मास्कको नाम आउँछ । पहिला धुलोधुवाँ छेक्न मास्क लगाउने हामी अहिले आफू र दोस्रो व्यक्तिलाई संक्रमणबाट बचाउनको लागि मास्क प्रयोग गर्छौं । मास्क लगाउनुको सबैभन्दा पहिलो प्रमुख उदेश्य भनेको आफू संक्रमण भएको अवस्थामा दोस्रो व्यक्तिलाई यसबाट बचाउनु हो । कोरोनाभाईरसको सुरुवाती चरणमा मास्क बजारबाट मानौं गायब नै भएको थियो । त्यसैले पनि विश्व स्वास्थ्य संगठनले पनि सुरुमा संक्रमितहरुलाई मात्र मास्क लगाउन सुझाव दिएको थियो । तर संक्रमणको दर अति धेरै भएपछि आफ्नो सुरक्षाको लागि आफैले मास्क लगाउन विज्ञहरु सुझाएका हुन् । यही कारण अहिले हरेकको मुखमा कपडादेखि लिएर मेडिकल मास्क र अन्य विभिन्न किसिमका मास्क छन् । हाल बजारमा विभिन्न मास्कहरु सजिलैसँग पाईन्छ । तर मानिसहरुले मास्क प्रयोग गर्ने नाममा जुनपायो त्यही मास्क प्रयोग गर्दा यो संक्रमणको अन्त्य नहुने जस्तो देखिन्छ । हाल धेरै मानिसहरुको मुखमा देखिएको असुरक्षित मास्क हो भल्भ मास्क । अर्थात मास्को साईडमा हावा आवतजावत गर्ने सानो ड्ब्बा जस्ता भएको मास्क । तपाईले बाहिर निस्केर हेनुभयो भने अझै पनि धेरै मानिसहरुले यस्तो मास्क प्रयोग गरेको पाउनुहुन्छ । संसारभरका विज्ञहरुले भल्भ भएको मास्क प्रयोग नर्गन सुझाएका छन् । द वासिङटन पोस्टको अनुसार भल्भ अथवा फिल्टर भएका मास्कहरु मुख्य गरेर निर्माण क्षेत्रमा काम गर्ने कामदरहरुले शुद्ध हावामा सास फेरुन भन्ने उदेश्यको साथ बनाइएको थियो । मास्कमा भएको उक्त फिल्टरले मास्कभित्रको तातोपना र मोईस्टर कम गरी लामो समयसम्म लगाउनको लागि उपयुक्त बनाउँदछ । तर त्यस डिजाईनले कोरोना भाइरसलाई भने रोक्दैन । अहिलेको अवस्थामा मास्क लगाउनुको मुख्य उदेश्य भनेको मानिस खोक्दा, कुरा गर्दा, हाच्छ्यिु गर्दा हावामा यात्रा गर्ने थुकका छिटाहरुबाट बच्नु हो । तर जब मास्कमा फिल्टर हुन्छ, तब थुकका कणहरु त्यसबाट बाहिर निस्कन्छ र अन्य व्यक्तिमा पुग्न सक्छ । यस्तो मास्क लगाएको व्यक्तिबाट दोस्रो व्यक्तिलाई संक्रमण सर्नबाट भने जोगाउँदैन । हाल धेरैले यस्तो मास्क लगाएका व्यक्तिहरुलाई हवाईजाहजमा यात्रा गर्न, अस्पतालमा प्रवेश गर्न रोक लगाईसकेको छ । यदि तपाई पनि यस्तो मास्क प्रयोग गर्नुहुन्छ वा तपाईले चिनेको व्यक्तिले यस्तो मास्क प्रयोग गरेको देख्नुभएको छ भने आजै नै सचेत गर्नुहोस् । भल्भ भएकाे मास्क मात्र हाेइन, अनुहारभन्दा ठुलाे अथवा सानाे मास्क पनि कहिले प्रयोग नगराैं । आफ्नाे सजिलाेकाे लागि जहिले पनि सास फेर्न सजिलाे हुने मास्क लगाऔं । सामान्य स्वास्थ्य अवस्था भएका मानिसहरुले कपडाको मास्क प्रयोग गरी सर्जिकल तथा एन ९५ मास्क बिरामी व्यक्ति र अस्पतलामा कार्यरत चिकित्सक तथा नर्सको लागि बाँकी राखिदिन सक्छन् । कपडाकाे मास्क प्रयोग गर्ने व्यक्तिले एकपटक मास्क प्रयोग गरेपछि साबुन पानीले मज्जाले धाेएर घाममा सुकाई पुन: प्रयोग गर्न सक्छन् ।

काेराेनाका सामान्य बिरामीलाई अस्पतालले परीक्षण बिना १४ दिनमा बिदा गर्नैपर्ने

काठमाडाैं । काेराेनाभाईरस (काेभिड-१९) का सामान्य अवस्थाका बिरामीलाई अस्पतालले १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउनुपर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सामान्य अवस्थाका बिरामीलाई १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउन अस्पताललाई निर्देशन दिएकाे हाे । केन्द्रले एक विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई १० दिनमा बिरामीकाे काेराेना परीक्षण गरी पाेजेटिभ आए थप ४ दिन राख्न र १४ दिन पुगेपछि बिना कुनै परीक्षण अस्पतालबाट डिस्चार्ज गर्न निर्देशन दिएकाे छ । अस्पतालले  संक्रमितलाई १४ दिनभन्दा बढि राखे मन्त्रालयले त्यसकाे खर्च नबहाेरने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्राडा जागेश्वर गाैतमले बताए । यसकाे अर्थ अस्पतालले  संक्रमितलाई १४ दिनभन्दा बढि राखे अस्पताल आफै खर्च बेहाेर्नुपर्नेछ ।