सरकारले यी तीन अस्पताललाई काेराेना अस्पताल बनायाे
काठमाडौं । सरकारले थप तीन वटा अस्पताललाई कोरोना अस्पताल बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुको कान्तिपुर र जनमैत्री साथै वीरगञ्जको नेशनल मेडिकल कलेजको शीक्षण अस्पताललाई कोभिड अस्पतामा रुपान्तरण गरेको हो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले कोभिड अस्पतालको संख्या बढाइएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।
नेपालमा काेराेनाबाट मृत्यु हनेकाे संख्यामा पनि नयाँ रेकर्ड, सतर्कता अपनाउन आग्रह
काठमाडाैं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड देखिएको छ । आज देशका विभिन्न ठाउँमा कोरोना भायरसबाट मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । आज सम्म ११ जनाभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको थिएन । आज मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएकोले थप सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
काठमाडौंमा कोरोना संक्रमितको नयाँ रेकर्ड, हालसम्मकै बढी
काठमाडाैं । काठमाडाैं उपत्यकामा काेराेना भाइरस संक्रमितकाे नयाँ रेकर्ड देखिएकाे छ । काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएकाे छ । तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ५० जनामा संक्रमण देखिएको हो । त्यसैगरी ललितपुरमा ११ जना र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।