काेराेनासँग लड्न निन्द्राकाे भूमिका महत्वपूर्ण : कुन उमेरकाले कति सुत्ने ?

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणलगायत रोगसँग लड्न रोगप्रतिरोधात्मक शक्ति अर्थात् इन्युनिटी पावर आवश्यक पर्ने र त्यो बढाउन निद्राको ठूलो भूमिका हुने बताएका छन् । उनले रोग, इम्युनिटी पावर र निद्राबीचको सम्बन्धबारे व्याख्या गर्दै कति वर्षका व्यक्तिले कति घण्टा सत्नुपर्छ भन्ने जानकारी दिएका हुन् । यस्ताे भन्छन् उनी:  काेरोना संक्रमणलगायतका रोगहरूसँग लड्नका लागि निद्राको ठूलो भूमिका छ। रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ। हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं। हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं। त्यस्तै राम्रोसँग निद्रा परेको समयमा हामी आफूई निकै स्वस्थ अनुभव गर्दछौं। हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहारजत्तिकै महत्व दिइएको छ। हामी रातिमा ७(९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ। जसले गर्दा हामी खुसी हुन्छौं। साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ। कति घण्टा सुत्नुपर्छ ? १४-२५ वर्षका व्यक्तिलाई: ८-१० घण्टा २६-६४ वर्षका व्यक्तिलाई: ७-९ घण्टा ६५ वर्ष तथा सोभन्दा धेरै उमेरका व्यक्तिलाई: ७-८ घण्टा

घट्याे काेराेनाकाे परीक्षण शुल्क, अब ४४ सय मात्र लाग्ने

काठमाडाैं । सरकारले काेराेना परीक्षणकाे शुल्क घटाएकाे छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले आजैबाट लागु हुने गरी पिसिआर परीक्षण शुल्क घटाएकाे हाे । मन्त्रालयका सहप्रवक्ताको डा समिरकुमार अधिकारीले आइतबार बिहान पिसिआर परीक्षण शुल्क घटाउने निर्णय भएकाे बताए । पहिला ५ हजार ५ सय ताेकिएकाे परीक्षण शुल्क मात्र ४ हजार ४ सय तर्नुपर्ने अधिकारीले बताए । सरकारले शल्क तिरेर परीक्षण गर्न ११ वटा निजि अस्पताललाई अनुमति दिएकाे छ ।

विनोद चौधरीलाई कोरोना लागेपछि भिभान्ता होटलमा त्रास, कर्मचारीको काेराेना परीक्षणमा लापरवाही

काठमाडौं । गएको शुक्रबार उद्योगी विनोद चौधरीले आफू कोरोना संक्रमित भएको भन्दै ट्वीट गरे । चौधरी आफ्नो ट्विटरमा लेख्छन् , ‘प्रिय साथीभाई तथा शुभचिन्तकहरु, आज बिहान मेरो कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । भगवानकाे कृपाले मलाई अहिलेसम्म कुनै पनि प्रकारको लक्षण देखिएको छैन । यद्यपी म डाक्टरको सल्लाह अनुसार आईसोलेसनमा बसेको छु । मसँग सम्पर्कमा आउनुहुने सबैजना आवश्यक सुरक्षा विधि अपनाउनु होला ।’ दिउँसोको १२ बजेर ५७ मिनेटमा गरिएको उनको ट्वीट धेरै सञ्चार माध्यमका समाचार बन्यो । सामाजिक सञ्जालमा पनि खुब चर्चा भयो । तर चौधरीले यसो भन्दै गर्दा झम्सिखेलस्थित भिभान्ता होटलमा ठूलो त्रास फैलियो । किनभने चौधरी आफै पनि होटलका संचालक रहेका कारण उनी होटलमा बारम्बार आईरहने गरेको होटलका कर्मचारीहरुले बताए । म्यानेजरको पिसिआर, सामान्य कर्मचारीको आरडिटी चौधरीमा संक्रमण पुष्टि भईसकेपछि होटलले आफ्ना कर्मचारीहरुको पनि परीक्षण गराउने निधो गर्यो । तर होटलले सबै कर्मचारीहरुको पिसिआर परीक्षण गराउनु पर्नेमा एन्टिबडिमा आधारित आरडिटी परीक्षण गराएर घर पठाइदिएको छ । होटलमा खटेका करिब ३५ जना कर्मचारीहरु मध्ये विभिन्न डिपार्टमेन्टका म्यानेजरहरुको पिसिआर र बाँकी सबैको आरडिटी परीक्षण गराइदिएको होटलका एक कर्मचारीले बताए । म्यानेजरहरुको सानेपास्थित स्टार अस्पतालमा पिसिआर परीक्षण गरिएको र अन्य कर्मचारीको पुल्चोकस्थित निदान अस्पतालमा आरडिटी परीक्षण गरिएको स्रोतले बतायो । सरकारले केही महिना अघि मात्र आरडिटी परीक्षणको नतिजा विश्वासिलो नभएको भन्दै एन्टिबडिमा आधारित आरडिटी परीक्षणलाई बन्द गराइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ताको डा समिरकुमार अधिकारीले एन्टिबडिमा आधारित आरडिटी परीक्षण अब अनुसन्धानको लागि बाहेको कोरोना पुष्टि गराउनको लागि प्रयोग नहुने बताए । उनको अनुसार सरकारले एन्टिजेन्टमा आधारित आरडिटी परीक्षणलाई मात्र परीक्षण गर्न पाउने गाईडलाइन्समा राखेको छ । उनी भन्छन, ‘यदि कसैले पनि एन्टिबडि आरडिटी गराइरहेको पाईएमा नियम अनुसार कारवाही हुनेछ ।’ हाल सरकारले आवश्यक बाहेक सबै सेवाहरु बन्द गर्नु भनिरहेको अवस्थामा होटलले आफ्नो सेवा भने कहिले पनि बन्द नगरेको सोही कर्मचारीले बताए । उनको अनुसार निशेधाज्ञको समयमा पनि धेरै मानिसहरु होटलमा आउने गरेका छन् ।