साेमबार काठमाडाैं उपत्यकामा ४४ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ३६, ललितपुरकाे ४ र भक्तपुरकाे ४ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ९४८ ललितपुरमा १४३ र भक्तपुरमा ८९ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ११७२ पुगेको छ । आईतबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ३ सय १० पुगेको छ ।

आज थप ३ सय ३८ जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या २३ हजार नाघ्याे

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ३ सय १० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ७ सय ५९ जना रहेका छन् भने आजसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको छ । आज थप ३ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बन्द

काठमाडौं । एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बन्द भएको छ । २ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएपछि बैंकको केन्द्रीय कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि केन्द्रीय कार्यालय बन्द गर्न लागेको जानकारी बैंकले नेपाल राष्ट्र बैंकलाई गराएको छ । कार्यालयलाई निसंक्रमण गर्नुपर्ने र अन्य कर्मचारीको पनि कोरोना परीक्षण गरेको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले केन्द्रीय कार्यालय बन्द गर्न लागिएको जानकारी बैंकले राष्ट्र बैंकलाई गराएको छ । गत शुक्रबार केन्द्रीय कार्यालयका १ सय ५२ जना कर्मचारीको पीसीआर परीक्षण गराएको थियो । यसरी परीक्षण गरिएकामध्ये २ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । बैंकले आफ्ना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले कार्यालय निर्मलीकरण र निसंक्रमण गर्नको लागि केही दिन बन्द गर्ने जानकारी मौखिक रुपमा गराएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दियो । यद्यपि बैंकले औपचारिक रुपमा सोको जानकारी नेपाल राष्ट्र बैंकलाई गराएको छैन । ‘केन्द्रीय कार्यालयका २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले केही दिन केन्द्रीय कार्यालय बन्द गर्ने जानकारी मौखिक रुपमा दिएको छ, लिखित रुपमा जानकारी गराउँदै होला, हामीले पनि नजिकको अन्य स्थानबाट आवश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु भनेका छौं, अरुमा संक्रमण विस्तार हुन पनि नपाउने र बैंकको सेवा पनि अवरुद्ध नहुने विधि अपनाउन निर्देशन दिएका हौं,’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले भने ।