कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तलाबाट हाम फाले

काठमाडाैं । भारतमा एक जना काेराेना संक्रमित पत्रकारले अस्पतालकाे चाैथाे तलाबाट हाम फालेकाे जनाइएकाे छ । दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकाे भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी  एक हिन्दी पत्रिकाका लागि काम गर्थे । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको बताइएकाे छ ।

हतारमा कोभिड-१९ को खोप ल्याउने योजनाविरुद्ध वैज्ञानिकहरूको चेतावनी

काठमाडाैं । भारतमा कोभिड-१९ विरुद्ध निर्माण भइरहेको खोप सर्वसाधारणमा प्रयोग गर्नेगरी ल्याउन निर्धारित समयसीमा अपत्यारिलो भएको भन्दै वैज्ञानिकहरूको एउटा समूहले त्यसो गर्न सम्भव नहुने बताएका छन् । भारतीय विज्ञान प्रतिष्ठानले ‘हतारमा पूर्ण वैज्ञानिक प्रक्रिया तथा मापदण्डमा सम्झौता हुने खालको उपाय’ विरुद्ध चेतावनी दिएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् ‘आईसीएमआर’ ले अगस्ट १५ तारिखका दिन कोभिड-१९ विरुद्धको खोप मानिसहरूमा प्रयोगमा ल्याउने आफूले परिकल्पना गरेको जनाएको थियो । अगस्ट १५ तारिखमा भारतको स्वतन्त्रता दिवस पर्छ । तर पछि आईसीएमआरले आफूले “समयसीमा” निर्धारण नगरेको बताएको छ । विवाद कसरी सुरु भयो ? मानवमा कोभ्याक्सीन नामक खोपको परीक्षणका लागि १२ वटा संस्थालाई चयन गरिएको भन्दै आईसीएमआरका प्रमुख बलराम भार्गवले लेखेको पत्र सार्वजनिक भएपछि विवाद सुरु भएको हो । सामाजिक सञ्जालमा उक्त पत्रबारे व्यापक चर्चा भएको थियो । अगस्ट १५ तारिखका दिन प्रयोगमा ल्याउन सुरु गर्न सकियोस् भन्दै अनुमोदनसम्बन्धी सबै प्रक्रियाहरू द्रुत गतिमा पूरा गरी मानवमाथिको परीक्षणलाई तीव्र बनाउन पत्रमा भनिएको थियो । निर्देशनको अवज्ञा गरेको खण्डमा त्यसलाई “गम्भीर रूप”मा लिइने भनिएको थियो । त्यसमा झन् द्विविधा थप्दै भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिको वक्तव्यबाट एउटा वाक्य हटायो । त्यो वाक्यमा भनिएको थियोः विकासको क्रममा रहेका कोभ्याक्सीनसहित कुनै पनि खोप सन् २०२१ अघि सर्वसाधारण मानसिमा प्रयोगमा जाने देखिँदैन । त्यो कुराले व्यापक विरोध र आलोचना निम्त्यायो । धेरैले अगस्ट १५ तारिखको समयसीमा देखावटी भएको र त्यसले भारतप्रतिको विश्वसनीयतामा गम्भीर असर पुर्‍याउने बताए । भारतीय विज्ञान प्रतिष्ठानका प्रमुखले आईसीएमआरले खोप परीक्षणका लागि घोषणा गरेको समयलाई “नसुनिएको” स्थानीय सञ्चारमाध्यमलाई बताए । स्पष्टीकरण यद्यपि त्यसयता आईसीएमआरले आफ्ना भनाइबारे स्पष्ट पार्दै अगस्ट १५ तारिख समयसीमा नभएको जनाएको छ । भारतीय पत्रिका मिन्टले आईसीएमआरका एक अधिकारीलाई उद्धृत गर्दै प्रारम्भिक कुरालाई गलत रूपमा बुझिएको जनाएको छ । एउटा खोपको विकासमा सामान्यतया यदि दशकाैं होइन भने वर्षौं लाग्न सक्छ । यद्यपि अनुसन्धानकर्ताहरूले त्यति काम केही महिनाभित्रै गरिसक्ने प्रयास गर्दैछन् । अधिकांश विज्ञहरूलाई लाग्छ कोभिड-१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्ममा उपलब्ध हुन सक्छ। नयाँ कोरोना भाइरस पहिलो पटक देखिएको समयदेखि १२-१८ महिनाको अन्तराल हुन्छ । यदि त्यसो भयो भने त्यो ठूलो वैज्ञानिक उपलब्धि हुनसक्छ । तर त्यसले काम गर्छ भन्ने कुराको निश्चित छैन । (स्राेत बीबीसी नेपाली)

गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना पुष्टि

काठमाडौं । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना पुष्टि भएकाे छ । मंगलबार उपचारकाे क्रममा रहेका ७ जनामा काेराेना देखिएसँगै अस्पताल अति महत्वपूर्ण बाहेक सबै सेवा बन्द गरेकाे अस्पताल स्राेतले जनाएकाे छ । अस्पतालले आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचना उल्लेख छ । साेमबारमात्र काठमाडाैं उपत्यकामा ५४ जना काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।