शनिवार थप २ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४ सय ९१

काठमाडौं । शनिबार थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार ४ सय ९१  पुगेकाे छ । काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ३४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ संक्रमणबाट मृत्यु

काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ संक्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८ सय १९ व्यक्तिको मृत्यु भएकाे छ ।  रासस/सिन्ह्वा

क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण हुने

काठमाडाैं । सरकाराले सबै क्यान्सर राेगी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने भएकाे छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालका प्रवक्ता जागेश्वर गौतमले सबै क्यान्सर, मधुमेहका बिरामी, ईमर्जेन्सीका बिरामी तथा स्वास्थ्यकर्मीकाे काेराेना परीक्षण गर्ने तयारी भएकाे बताएका हुन् । शुक्रबार मन्त्रालकाे प्रेस ब्रिफिङ गाैतमले यस्ताे बताएका हुन् । यसका साथै सरकारले संक्रमितहरुलाई राख्न थप सरकारी, सामुदायिक र निजि अस्पतालहरु थप्ने तयारी भईरहेकाे जानकारी दिए ।