नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि, सबैभन्दा बढी उपत्यकामा

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार ९ सय ६४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६८ सय ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ५५ हजार ७ सय २८ काे पिसिआर विधि र ३ लाख ११ हजार ७ सय ६४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर २९ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार १ सय १८ जना आईसाेलेसनमा रहेका छन् । सम्बन्धित समाचारः काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित, अहिलेसम्मकै उच्च

काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित, अहिलेसम्मकै उच्च

काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २४ जना, ललितपुरकाे २० जना  र भक्तपुरकाे १० जना रहेकाे गाैतमले बताए । हालसम्म उपत्यकाका काठमाडौंका १ सय ५४ जना, ललितपुरका ३९ र भक्तपुरका ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।

कोरोना अपडेट: विश्वभर ५ लाख ३६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ३६ हजार ४ सय ३६ जनाको मृत्यु भइसकेको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका १ करोड १५ लाख ४९ हजार ३ सय ४२ जना मानिसमा कोरोना पुष्टि भएको छ । कोरोनाको उपचार पछि ६५ लाख २७ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा २९ लाख ८१ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । अमेरिकामा १ लाख ३२ हजार ५ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । उपचारपछि १२ लाख ८५ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ६ लाख ९७ हजार ८ सय ३६ जना संक्रमित पुगेका छन् । १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १५ हजार ७ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ हजार ५ सय ४७ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)