गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ३ सय २४

काठमाडौं । विहीबार गण्डकी प्रदेशमा हालसम्म कै सबैभन्दा धेरै कोरोना ७७ जना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरेको प्रेस विज्ञप्तीमा ७७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष रहेका छन् । बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषम पनि कोरोना पुष्टि भएको हो । तनहुँको ब्यास नगरपालिकाका ३ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु २९, २५ र ४५ वर्षीय पुरुष हुन् । पूर्वी नवलपरासीका १३ जनामा कोरोना पुष्टि भएको छ । १९ देखि ३९ वर्ष समूहका उनीहरु हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका हुन् । संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमित सबै क्वरेन्टाइनमा नै रहेको र सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ जनाएकाे छ । विहीबार विहान नै गोरखामा ११ जना, तनहुँमा १२ जना, नवलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना देखिएको हो । गण्डकी प्रदेशमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।  जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

क्वारेन्टाइनमा आत्महत्या गर्ने पुरुषमा कोरोना पुष्टि

काठमाडौं । अर्घाखाँची जिल्लाको क्वारेन्टाइनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा नगरपालिका–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको विकको पीसीआर परीक्षणका लागि जेठ २५ गते नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । ११ दिनपछि बुधबार पीसीआर रिपोर्ट आएको थियो भने उनले मंगलबार राती नै आत्महत्या गरेका थिए । उनी गत जेठ १० गते भारतबाट आइपुगि स्थानिय हरि माविको क्वारेन्टिनमा बस्दै आएका थिए । यस अगाडी सुर्खेतको क्वारेन्टाइनबाट घर फर्किएकी एक महिलाले पनि आत्महत्या गरेकी थिइन् । परिवारसहित भारतबाट आएकी उनलेको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि गरेको थियो ।

कर्णालीमा १ हजार १ सयबढी काेराेना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १ हजार १ सय  नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार २ सुर्खेत र २ दैलेखमा गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको सङ्ख्या १ हजार १ सय ४ पुगेको उनले बताए । महाशाखा प्रमुख डा तिवारीका अनुसार कूल संक्रमितमध्ये दैलेखमा मात्र हालसम्म ६ सय ३६ अर्थात् करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै, सुर्खेतमा २ सय ३७, सल्यानमा १ सय ३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितमाध्ये १ हजार २२ जना पुरूष र ८२ जना महिला रहेका छन् । कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४ सय ९४ पुगेको छ । बुधबारमात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १ सय ५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १ सय ६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट ३ जना संक्रमितले कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एकरएक गरी ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । कर्णालीको प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म १ हजार ७ सय ९० नागरिक भारतबाट आइपुगेका छन् । यता डोल्पा जिल्लामा भने भारतबाट आउनेको सङ्ख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।  रासस