गोरखा अस्पतालमा भेन्टिलेटरसहित आइसियु सेवा शुरू
गोरखा । गोरखा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु सेवा शुरु भएको छ । अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सो सेवाका लागि उपकरण जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकारमार्फत उपलब्ध गराएको एक करोड रूपैयाँको लागतमा उपकरण खरिद गरी जडान गरिएको उनले जानकारी दिए । पचास श्यया क्षमतामा विस्तार भई अस्पताल सञ्चालन भएको लामो समयसम्म अत्याधुनिक उपकरण जडान हुन नसक्दा समस्या हुँदै आएको थियो । भेन्टिलेटर र आइसियु सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरस (कोभिड-१९) का कारण गम्भीर बिरामी परेकाहरुलाई समेत अस्पतालमै राखेर उपचार गर्न सकिने उनले बताए । अस्पतालले कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लक्षित गरी उपकरण जडान गरेको उनको भनाइ छ । प्रदेश सरकारअन्तर्गत रहेको यस अस्पतालमा अहिले निर्माण गरिएको भेन्टिलेटरसहितको आइसियु दुई श्यया क्षमताको रहेको उनले बताए । प्र्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चैत महिनामा रकम निकास गर्ने भनिए पनि ढिलो गरी बजेट प्राप्त भएकाले सेवा शुरु गर्न केही ढिलाइ भएको जनाइएको छ । सेवा विस्तार भएसँगै कोरोना सङ्क्रमणलगायतका अन्य रोगका कारणसमेत भेन्टिलेटरमा बिरामी राख्नुपर्ने भए अब सिफारिस गरेर पठाउनुपर्ने अस्पतालको बाध्यता हटेको छ । रासस
कोरोना विरुद्ध प्रतिरोध क्षमता बढाउने आर्युर्वेदिक उत्पादन बजारमा
काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्न शरिरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्यावलेट नपाली बजारमा आएको छ । शाहीराम फुड्स प्रालीले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो । आयुर्वेदिक जडिबुटी गिलोयलाई नेपालमा गुर्जो नामले चिनिन्छ । परापुर्व कालदेखि पुर्खाहरुले शरीरमा कमजोरी हुदा गुर्जोको झोल पिउदै आएका छन् । भारतिय योग गुरु वावा रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरुले कोरोनाबाट बच्नका लागि गुर्जोको झोल सेवन लाभदायक हुने बताउदै आएका छन् । यहि सर्वगुणकारी गिलोय (गुर्जो) का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालीले जुस र ट्याबलेटका रुपमा बजारमा ल्याएको हो । गिलोयो तुलसी जुस र गिलोयो तुलसी ट्याबलेटको नियमित प्रयोग गरेपछि शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर शाहीले बताए । ‘आयुर्वेदिक डाक्टरहरुको खोज, अध्ययन, अनुसन्धानबाट गिलोयोको प्रयोगले शरिरमा रोक प्रतिरोधी क्षमता बढाउने र कोरोना विरुद्ध लड्न सकिने पुष्टी भएको छ’ उनले भने, ‘हाम्रा प्रोडक्टले रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न र मानिसहरुलाई कोरोनाको त्रास कम गर्दै सामान्य जीवनमा फर्कन सहयोग गर्ने विश्वास लिएका छौ’ । कम्पनीका उत्पादनहरु आइएसओ र जीएमपी प्रमाणीकरण र डिडिएबाट पनि स्वीकृत छ । नेपाली जडिबुटीको प्रयोगबाट निर्मीत आर्युवेदिक उत्पादन बच्चादेखि बृद्धसम्म सबैले प्रयोग गर्न सक्ने र कुनै साईट इफक्ट नभएको कम्पनीले जनाएको छ । यी उत्पादनहरुमा प्रचुर मात्रामा एन्टीअक्सीडेन्ट तत्व भएकाले नियमित सेवनले वालकदेखि वृद्धसम्मलाई रोगसँग लड्ने क्षमता बृद्धि गर्दै कोरोना लगायतका भाइसरबाट बचाउने छ । साथै पाचन क्रियालाई सक्रिय गराउने, शारिरीक सम्बन्धलाई पनि सुमधुर ल्याउने, पुरानो जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जीयत, एसीडीटी, जोर्नी दुखाई, रुखा, खोकी, टाउको दुखाई, शारीरीक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने सिइओ शाहीले जानकारी दिए । कोरोना संक्रमण र लकडाउन अवधिमा पनि कम्पनीले स्वास्थ्य सजगता अपनाउँदै उत्पादन तथा वितरण जारी राखेको छ । देशभर आफ्ना थोक तथा खुद्रा विक्रेतामार्फत सजिलै उत्पादन खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका बजार व्यवस्थापक द्धारिका गौतमले जानकारी दिए ।
अनलाइनबाट काेराेना संक्रमित भर्ना
विराटनगर । मोरङको सुन्दरहरैंचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट संक्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा संक्रमितकाे भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनका अनुसार संक्रमितले बेड बुक गरेपछि बेड नं र संक्रमितकाे ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने संक्रमित देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ । अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । मन्त्री घिमिरेले आइतबार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल सङ्कायका डिन डा शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका थिए । सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने थप ५१ बेड तयार गर्न मन्त्री घिमिरेले निर्देशन दिए । संक्रमितकाे उपचारमा विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । मन्त्रालयले अस्पतालमा २४ सै घण्टा सेवाका लागि एउटा एम्बुलेन्सको प्रबन्ध गर्ने भएको छ । रासस