शनिबार उपत्यकामा मात्र थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं । शनिवार काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा १ जना र काठमाडौंमा ४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौं महानगरपालिका निवासी ३१, ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । आजमात्र ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३ हजार २ सय ३५ जना कोरोना संक्रमित छन् भने ३ सय ६५ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै १३ जनाको मृत्यु भइसकेको छ ।

सेती अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना, मृतकको संख्या १३ पुग्यो

काठमाडौं । सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो, तर पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको बताए । धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै डाेल्पाका ५८ वर्षिय पुरूषका पनि काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएकाे छ ।  जेठ १८ गते नेपालगञ्ज – सुर्खेत – जुम्ला हुँदै डोल्पा पुगेका उनकाे घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते ती पुरूषको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २ सय ८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । त्यस्तै ३ सय ६५ जना उपचारपछि निको भएका छन् । पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन् ।

थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३ हजार २ सय ३५ पुग्याे

काठमाडौं । शनिबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमाध्ये २ सय ८६ जना पुरुषहरु र ३७ जना महिलाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ हजार २ सय ३५  पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ । काेराेना संक्रमणबाट मुक्त भइ शनिबार मात्र ३२ जना घर फर्किएका छन् । हालसम्म ३ सय ६५ जना काेराेना संक्रमणमुक्त भइसकेकाे मन्त्रालयका प्रवक्ता डा. देवकाेटाले जानकारी दिए । त्यस्तै कैलाली र डाेल्पामा मृत्यु भएका २ जनाका काेराेना पुष्टि भएको छ । याेसँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको सख्या पनि १३ पुगेको छ ।