पाकिस्तानमा कोरोना संक्रमित ४४ हजार, ९ सय ३९ जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १हजार ८ सय ४१ जना नयाँ संक्रमित भेटिएको भेटिएका छन् । मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । पछिल्लो तथ्यांकनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९ सय ७६ जना, सिन्धमा १७ हजार २ सय ४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २ सय ३० जना, बलोचिस्तानमा २ हजार ८ सय २० जना, गिल्गिट बाल्टिस्टानमा ५ सय ५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा १ सय १५ जना संक्रमित भएका छन् । कूल संक्रमितमध्ये १२ हजार ४ सय ८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ । त्यस्तै सार्क राष्ट्रमा सबैभन्दा बढी १ लाख १ हजारभन्दा बढी कोरोना संक्रमित भारतमा रहेका छन्, भने ३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बंगलादेशमा २३ हजार ८ सयभन्दा बढी मान्छेमा काेराेना संक्रमित पुष्टि भएकाे छ । त्यस्तै अफगानस्तानमा ७ हजारभन्दा बढी मानिसमा काेराेना पाेजेटिभ देखिएका छ । त्यस्तै माल्दिभ्समा १ हजार १ सयभन्दा बढी, श्रीलंकामा ९ सय ९० जनामा, नेपालमा ३ सय ९० जनामा र भुटानमा २३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिए ३० दिनको अल्टिमेटम, सदस्यतामाथि नै पुनर्विचारको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई ३० दिने अल्टिमेटम दिएका छन् । डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि उनले ३० दिनको म्याद दिएका हुन् । डब्लुएचओले निश्पक्ष रुपमा काम गर्न नसकेको राष्ट्रपति ट्रम्पको आरोप छ । अमेरिकाको माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी पनि ट्रम्पले दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ । ट्रम्पले डब्लुएचओले चीनको वुहानबाट फैलिएको यो महामारीबारे प्राप्त भएको विश्वसनीय प्रतिवेदनलाई पनि बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । डब्लुएचओले निरन्तर चीनको प्रशंसा गरेको ट्रम्पको आरोप छ । उनले डब्लुएचओले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सहयोग रोक्नुका साथै डब्लुएचओको सदस्यको रुपमा रहने वा नरहने भन्ने विषयमा पनि अमेरिकाले पुनर्विचार गर्न सक्ने बताएका छन् । ट्रम्पले डब्लुएचओ चीनको पक्षमा लागेको आरोप लगाउँदै आएका छन् । चीनको पक्षमा लागेको भन्दै अमेरिकाले डब्लुएचओलाई दिदै आएको अनुदान कटौंति गरेको छ । अमेरिका एक्लैले सन् २०१८÷१९ मा डब्लुएचओको कुल बजेटको १५ प्रतिशत बजेट प्रदान गरेको थियो । अमेरिकाले बजेट कटौतिको निर्णय गरेपछि अमेरिकी धानढ्य विल गेट्सेले डब्लुएचओलाई सहयोग रकम उलब्ध गराएका थिए भने केही दिन अघि मात्रै चीनले थप सहायता रकम उलब्ध गराएको थियो । डब्लुएचओ सन् १९४८ मा स्थापना भएको संयुक्त राष्ट्र संघ अन्तरगतको निकाय हो । यसको सदस्यमा १९४ देश छन् । बीबीसी डटकमको सहयोगमा
झापा र सुनसरीमा थप ११ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ९० पुग्याे
काठमाडौं । प्रदेश-१ को झापा र सुनसरस्मा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार कोशी अस्पताल विराटनगर प्रयोगशालामा पीसीआर परीक्षणमा झापाको कचनकवल गाउँपालिकाका ९ जनालाई कोरोना पाेजेटिभ देखिएको हो । प्रदेश -१ कै सुनसरीका २ व्यक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै विहान मात्रै कपिलवस्तु जिल्लाको मायादेवस् गाँउपालिकाको ४ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ । काेराेनाबाट २ जनाकाे मृत्यु भएकाे छ भने ३७ जना उपचार पछि घर फर्किएका छन् ।