नर्भिक हस्पिटलमा उपचारत एक बिरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत

काठमाडौं । नर्भिकमा उपचाररत एक बिरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएकाे छ । हस्पिटलले मंगलबार एक विज्ञप्ति जारी गरी २०७७ बैशाख ९ गते विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा आएकाे उक्त समाचार गलत भएकाे जानकारी गराएकाे छ । सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक ५० वर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पिसिआर परीक्षणका लागि स्वाव बीर अस्पतालको प्रयोगशालामा पठाइएको थियो । सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा नतिजा नकारात्मक (निगेटिभ) आएको नर्भिकले जानकारी गराएकाे छ ।  

सुदूरपश्चिमका पहिलाे काेराेना संक्रमित युवकले पनि जिते काेराेना, अस्पतालबाट डिस्चार्ज

काठमाडाैं । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक निकाे भएर घर फर्किएका छन् । उनी सेती प्रादेशिक अस्पतालबाट अहिले डिस्चार्ज भएका हुन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। उनी ३० दिन सम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेतीमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अव सेतीमा तीन जना संक्रमितको उपचार भईरहेको छ। याे सँगै काेराेनाबाट निकाे हुनेकाे संख्या ५ पुगेकाे छ ।

नेपालमा पिसिआरबाट कुल ८ हजार ६३ र आरडिटीबाट कुल २७ हजार ९ सय ५६ परीक्षण

काठमाडौं । नेपालमा हालसम्म कोभिड–१९ काे रियालटाईम पिसिआरबाट कुल ८ हजार ६३ वटा परीक्षण भएको छ । यस्तै र्यापिड डायग्नोस्टिक किटबाट २७ हजार ९ सय ५६ वटा परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र आरडिटी गरेर नेपालमा हाल ३६ हजार ७ सय १९ परीक्षण भएको बताएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा पिसिआरबाट ३ सय ३३ र आरडिटीबाट २ हजार ८ सय ८ जनाको परीक्षण भएको छ । हालसम्म नेपालमा कोरोनाभाईरसको कारण लाग्ने कोभिड–१९ संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कुन प्रदेश कति परीक्षण ? हालसम्म आरडिटीबाट प्रदेश १ मा कुल २ हजार ६ सय २०, प्रदेश २ मा कुल ३ हजार ५ सय ९८, बागमती प्रदेशमा कुल ५ हजार ९ सय ५७ऽ गण्डकी प्रदेशमा ४ हजार १ सय ६३, प्रदेश ५ मा २ हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ सय ३४ र सुदुर पश्चिम प्रदेशमा कुल ६ हजार १ सय ७० काे परीक्षण भएकाे छ ।