काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार

काठमाडौं काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको बताएका हुन् । काेरेाना अपडेटका लागि दैनिक गरिने पत्रकार सम्मेलनमा उनले काठमाडौं  बाहिर पनि सफल उपचार भइ पुष्टि गभएकाे बताएका हुन् । विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसको जोखिम न्युनिकरण तथा नियन्त्रणका लागि राम्रो काम गरेका उनको भनाइ छ । ‘सेती प्रादेशिक अस्पताल र धौलागाीरी अस्पतालमा कोरोनाका बिरामीको सफल उपचार भएको छ, यसले पनि काठमाडौं बाहिरका अस्पतालमा सफल उपचार भएको बुझन सकिन्छ,’ उनले भने । आज मात्रै कैलालीको सेती प्रादेशीक अस्पतालबाट एक जना कोरोनाका बिरामी डिस्चार्ज हुँदैछन् भने हिजो मात्रै धाैलागिरी अस्पतालबाट ६५ वर्षीय वृद्धा कोरोनाको सफल उपचारपछि घर फर्किएकी थिइन् । हालसम्म नेपालमा कोरोनाका बिरामी ३१ जना रहेका छन् । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

दक्षिण कोरिया कोरोना सँगको लडाइँ जित्दै, २४ घण्टामा ८ जनामा मात्र देखियो

काठमाडौं ।दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ। आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ। कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड-१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो। त्यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय पुगेको छ भने २ सय ३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। आक्रामक कदम फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो। कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो। राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए। अब गिर्जाघर, मदिरालय र व्यायामशालाहरू खुल्नेछन्। तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ । यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ। व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ। उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ। एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्।

सेती अस्पतालमा उपचाररत काेराेनाका बिरामी घर फर्किँदै

काठमाडौं । कैलालीकाे सेती अस्पतालमा उपचाररत काेराेनाका एकजना बिरामी निकाे भएर घर फर्किने भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका हुन्। चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। अस्पतालले  उनकाे परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आएकाे आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको बताएकाे छ । मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन्। साे अस्पतालमा उनी सहित ५ जना काेराेनाका बिरामी छन् ।