कांग्रेसकाे काेराेना एप, अब घरमै बसेर परीक्षण गर्न सकिने

काठमाडौं । नेपाली काँग्रेसले काेराेना भाइरस सम्बन्धि एउटा एप सार्वजनिक गरेकाे छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरिएको जनाएको हाे ।उक्त एपले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे परीक्षण घरमै बसेर गर्न सकिनेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको हो । घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परीक्षण गर्न सकिने,  कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउन यस एपले सहयोग गर्ने कांग्रेसको दाबी छ । वेब एपका दुई विशेषताः (१) घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण जो कसैले गर्न सक्ने । (२) कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने । नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने । तीन उद्देश्यः (१) नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने । (२) भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने । (३) संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने । चिकित्सकीय परामर्शः (१) डा. अञ्जनी झा, पूर्व अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन (२) डा. बासुदेव पाण्डे, सरुवा रोग विशेषज्ञ (३) डा. अनिलविक्रम कार्की, उपाध्यक्ष, नेपाल मेडिकल एसोसिएसन (४) डा अशेष ढुंगाना, फोक्सो रोग विशेषज्ञ

धुलिखेल, भक्तपुर र भैरहवामा कोरोना परीक्षण सुरु

काठमाडौं । थप ३ स्थानमा ठाउँमा कोरोना (कोभिड-१९) परीक्षण सुरु भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार देखि थप तिन स्थानमा कोरोना परीक्षण सुरु गरेको बताएका हुन् । धुलिखेल, भक्तपुर र भैरहवामा रियल टाईम पिसिआर मेसिनबाट परीक्षण सुरु गरेको उनले बताए । यससँगै देशभर १० वटा स्थानमा कोरोना परीक्षण भईरअ‍ेको छ । सोमबार साँझसम्म देशभर कुल १६ सय ९७ जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए । त्यसमा ९ जना बाहेक सबैकाे नमुना नतिजा नेगेटिभ रहेकाे छ । यस्तै काठमाडौंमा जना १२ जना आईसोलेसनमा छन् भने उपत्यका बाहिर जना ९५ जना आईसोलेसनमा रहेका छन् । देशभर हाल ९ हजार १ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोनाको लागि २४सै घण्टा एम्बुलेन्स सेवा सुरु, एम्बुलेन्स चाहिए १०२ मा फोन गर्नुस्

काठमाडौं । काठमाडौंमा कोरोना (कोभिड-१९)को लागि २४सै घण्टा एम्बुलेन्स सेवा सुरु  हुने भएको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको लागि १० वटा एम्बुलेन्स सेवा सुरु गर्न निर्णय गरेको बताएका हुन् । सेवा लिनको लागि १०२ मा सम्पर्क गर्न सकिने देवकोटाले बताएका छन् । मन्त्रालयका सह प्रवक्ता समिर अधिकारीले यो २४सै कोरोना डेडिकेटेड एम्बुलेन्स सर्भिस भएकाे बताए ।  हाल यो सेवा काठमाडौंको लागि मात्र रहेको उनले बताए ।