अब बिरामी रिसिभ सेना र स्वास्थ्यकर्मीले गर्ने
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले सँगै संकटको अवस्थामा बिरामी रिसिभ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीलाई दिने निर्णय गरेकाे छ । काेराेना भाइरसकाे संक्रमण तथा शंका लागेका व्यक्तिकाे रिसिभ अब सेना र स्वास्थ्यकर्मीले गर्ने भएका हुन् । यस्तै, स्वास्थ्य सामग्री खरिद सरकारले गर्ने भएकाे छ । अब सरकार टु सरकार मार्फत सामान खरिद हुनेछ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै खरिद गर्ने निर्णय गरेको हो। यस्तै, समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ। समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय गरेको छ।
सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने
काठमाडाैं । सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे राेकथाम तथा नियन्त्रण गर्नकाे लासग सरकारले ग्रामीण स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेको हाे । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।
विदेशबाट आएका व्यक्तिसँग सम्पर्क भएको मान्छेलाई क्वारेन्टाइनमा बस्न सरकारको आग्रह
काठमाडौं । सरकारले विदेशबाट फर्केकासँग सम्पर्कमा आएका व्यक्तिलाई दुई हप्तासम्म घरमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै विदेशबाट फर्केका वा कोरोना भाइरस रोग लागेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई उक्त अनुरोध गरेको हो । विज्ञप्तीमा अन्य व्यक्तिसँग एक मिटरकाे दुरी कायम गरी बस्न पनि अनुराेध गरिएकाे छ । आफुलाई उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुनेर खोकी लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत आग्रह गरिएको छ ।