कोरोना संक्रमितलाई के कस्तो औषधी दिएर उपचार गरिदैछ नेपालमा ?
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हाल सारा संसार आक्रान्त भैरहेको छ । नेपालमा पनि गत १० माघमै कोभिड १९ को पहिलो संक्रमण देखिएको थियो । नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म ९ पुगेको छ । पछिल्लो केही दिनयताको तथ्यांकले संक्रमण बढ्दो क्रममा रहेको संकेत गर्छ । नेपालमा पुष्टी भएका ९ जना संक्रमितमध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी ८ जनाको अस्पतालमा उपचार भैरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारी अधिकारीहरुले बताएका छन् । नेपालमा हालसम्म कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको पुस्टी भएको छैन । संसारभरको तथ्यांक हेर्ने हो भने पनि करिब ११ लाख संक्रमित हुँदा ५५ हजारभन्दा बढीको मृत्यु तथा करिब २ लाख ५० हजारको उपचारपछि निको भएका अहिलेसम्मको तथ्यांकले देखाउँछ । तर, कोरोना भाइरसको औषधी भने हालसम्म पत्ता लागेको छैन । औषधी बनाउनको लागि संसारभरका हजारौँ बैज्ञानिकहरु दिनरात अनुसन्धान गरिरहेका छन् । तर हालसम्म कुनै ठोस निस्कर्षमा पुग्न नसकेको समाचारहरु आइरहेका छन् । कोरोना संक्रमितको उपचारको लागि हरेक देशले आआफ्नै उपचार पद्दति अपनाएका छन् । कोरोना भाइरस विरुद्धको औषधी वा कोरोना संक्रमण विरुद्ध खोप वा औषधी पत्ता नलागे पनि विश्वभर यो संक्रमण भएर प िनिको हुनेहरुको संख्या ठूलो छ । अधिकांश देशले संक्रमितको उपचार खर्च राज्यको तर्फबाट नै बेहोरेका छन् । औषधी उपचारको व्यवस्था राज्यले नै मिलाएको छ । नेपालमा कसरी भइरहेको छ उपचार ? हालसम्म नेपालमा देखापरेका संक्रमण त्यस्तो गम्भीर प्रकृतिको नभएको, ज्वरो, खोकी जस्ता साधारण समस्या मात्र देखिएकाले पारासिटामोल लगायतका सामान्य औषधीबाट उपचार भैरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीे बताउँछन् । संक्रमितलाई भाइरसको कारण हुनसक्ने सेकेन्डरी इन्फेक्सनबाट बच्नका लागि केही एन्टिवायोटीकहरु समेत प्रयोग गरिएको, हालसम्म कोरोनाको संक्रमणका कारण भेण्डिलेटरमा उपचार गर्नुपर्ने अबस्था नआएको, ओसेल्टामिभेर, रिटोनाभेर जस्ता एन्टिरेट्रो भाइरलहरु समेत लक्षण तथा सरुवाको रोग प्रतिरोधात्मक क्षमता बृद्धीको लागि प्रयोग गर्ने गरिएको छ । अन्य केही मुलुकमा प्रयोगमा रहेको हाइड्रो अक्सीक्लोरोक्विनको घातक साइडइफेक्ट रहेको कारण प्रयोगमा नरहेको र कोरोना उपचारको लागि नेपालमा आफ्नै गाइडलाइन तयार गरेर देशैभर समान उपचार पद्धति लागू गरिएको डा. राजभण्डारीे बताउँछन् । त्यस्तै युनिभसिर्टी अफ नटिङ्गमका भाइरोलोजिस्ट प्रा. जोनाथन वाल्ट जर्नलमा लेख्छन् ‘कोरोना भाइरसको सटिक औषधी नबन्दासम्मका लागि उपचारको उपलब्ध बिकल्प भनेको लक्षणको आधारमा गरिने उपचार नै हो । स्वासप्रस्वासमा समस्या उत्पन्न भए अक्सिजन मास्क तथा कृत्रिम स्वासप्रस्वास (भेन्डिलेटर) को प्रयोग, अस्थिर रक्तचापको लागि इन्ट्राभेनस ट्रिप, पखालाको लागि पुनर्जलीय उपचार तथा दुखाइ अत्याधिक भए पेनकिलरको प्रयोग गरिने उपचार नै हो । अन्ततः भाइरससँग लड्ने तथा भाइरसलाई हराउने भनेको मानव शरीरले नै हो ।’ अव प्रश्न उठ्न सक्छ कि लक्षणको आधारमा उपचार हुने तथा भाइरसलाई मानव शरीरले नै हराउने गर्दछ भने कोरोना बिरुद्धको औषधी किन आवस्यक पर्यो त ? त्यसको लागि हामीले यो बुझ्न आवश्यक छ कि लक्षणको आधारमा गरिने उपचार शतप्रतिसत सफल छैन । कोरोना संक्रमणको फैलावट अत्यन्त तीब्र छ । तथ्यांकलाई नै हेर्दा २ लाख ५० हजारको उपचार पश्चात निको हुँदा ५५ हजारभन्दा धेरैको मृत्यु भैसकेको छ । त्यसैले कोरोना बिरुद्धको औषधी अत्यावश्यक छ ।
सुदुरपश्चिममा लकडाउनलाई थप कडाई गर्ने
काठमाडौं । सुदुरपश्चिम सरकारले लकडाउनलाई थप कडाइने गर्ने भएको छ । कोरोना भाइरस (कोभड- १९) को संक्रमण बढ्दै गएपछि आज बसेको मुख्यमन्त्रीकाे अध्यक्षतामा काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले सो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले सुदुरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन थप प्रभावकारी बनाउन खोजिएको बताए । हालसम्म नेपालमा ९ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको छ भने सुदुरपश्चिमकाे मात्र ४ जना संक्रमित रहेका छन् । आज मात्रै ३ जनामा भाइरस देखिएको पुष्टि भईसकेको छ । प्रदेश नं. सातमा मुख्यमन्त्रीकाे अध्यक्षतामा आज बसेको काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले गरेका यस्ता छन् निर्णयहरू :
यी हुन् नेपालमा देखिएका ९ जना कोरोना संक्रमित, को कुन ठाउँको ?
सांकेतिक तस्वीर काठमाडाैं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभि १९) को संक्रमण बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण देखिसकेको छ । नेपालमा कोरोना भाइरसको जोखिम क मगर्नका लागि चैत १० गतेदेखि २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । आजसम्म नेपालमा ६ जनामात्र कोरोना भाइरसको बिरामी भएपनि आज कैलाली रकञ्चनपुरमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ । काे कुन ठाउँको हुन् ? १. पहिलाे पटक नेपालमा काेराेना भाइरसकाे संक्रमण देखिएका ३२ वर्षका पुरुष चीनबाट आएका थिए । उनलाई माघ १० गते नेपाल काेराेना देखिएकाे हाे । उनी निको भएर घर फर्किसकेका छन् । २. दाेस्राे १९ वर्षकी महिला हुन् । उनलाई १० गते काेराेना भाइरस देखिएको थियो । ३. तस्राे बिरामी ३२ वर्षका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो । ४. चाैथाे, ३४ बर्षका पुरूष हुन् । उनी दुबईबाट आएका थिए । उनी धनगढीका हुन् । अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । ५. पाँचाैं, १९ बर्षकी महिला बेल्जियमबाट आएकी थिइन् । उनलाई चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी बागलुङकी हुन् । ६. छैटाैं, ६५ बर्षकी महिला हुन् । उनी दुबईबाट आएकी थिइन् । उनलाई चैत २० गते कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी पनि बाग्लुङकै हुन् । ७. साताैं, २१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई चैत २२ अर्थात आज काेराेना भाइरस देखिएको हो । ८. उनी ४१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई पनि चैत २२ अर्थात आज कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी कञ्चनपुरका हुन् । ९) अर्को ३४ बर्षकी महिला हुन् । उनलाई पनि चैत २२ अर्थात आज नै कोरोना पोजेटिभ देखिएको हो । उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको भाउजु हुन् । नेपालमै देखिएको उनी पहिलो बिरामी हुन् । अन्य अर्को देशबाट आएका थिए । उनीहरु सबै सम्बन्धित जिल्लामा उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।