मुटुकाे चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्पताल भर्ना भएका छन् । बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनी राति नै अस्पताल पुगेका हुन् । प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको अस्पताल स्राेतले बताएकाे छ । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बतायाे । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । उनकाे २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले पनि उनी अस्पतालमा छन् ।

विश्व रुवाउने दर्दनाक भिडियोः जहाँ कोरोनाले मृत्यु भएकी बहिनीको शवसँग भक्कानिन्छन् दाजु

काठमाडाैं ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले मानिसमा त्रासमात्र होइन त्योभन्दा बढी भावुक पनि बनाएको छ । कोरोनाकै कारण अहिलेसम्म विश्वभर २२ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् । महामारीको रुपमा फैलिरहेको यो भाइरसकै कारण कतिपय आफन्तहरु आफ्नो संक्रमित व्यक्तिको शव पर्खिरहेका हुन्छन् । अझ इटालीमा त दैनिक ६ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइरहेको छ । यस्तै, एउटा भावुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यो भिडियो हो इटालीको । इटालीका एक चर्चित अभिनेता लुका फ्रेंजीले कोरोनाका कारण आफुले भोग्नु परेको दुख भिडियोमार्फत सबैलाई शेयर गरेका छन् । उनले भिडियोमा कोरोनाका कारण बहिनिको अन्तिम संस्कारको लागि कोहि पनि साथ दिन नआएको बताएका छन् । कोरोनाकै कारण सेल्फ आइसोलेसनमा बसेका उनले भिडियोमा कोरोनाको कारण मृत्यु भएकी आफ्नो बहिनिको लाश २ दिनसम्म घरमै राखेको बताएका छन् । उनले बहिनीको मृत्यु भएपछि प्रशासनलाई खबर गरेर प्रतीक्षा गरेको तर कोहि पनि नआएको भिडियोमा बताएका छन् । उनले बहिनीको शब देखाउँदै भनेका छन्, ‘म एक्लैले मेरो बहिनिको शव कहाँ लैजाउँ र अन्तिम संस्कार कसरी गरुँ ?’ भन्ने प्रश्न गरेका छन् । बहिनीको मृत्यु भएपछि धेरैसँग आफुले सहयोग मागेको तर कोहिले सहयोग नगरेको बताएका छन् । उनले हाल इटालीमा भएको हालतबारे आफुले देखाउन खोजेको भिडियोमा बताएका छन् ।अहिले कोरोना भाइरसले निम्त्याएको विपत र समस्याको बारे बोल्ने मानिसहरुको संख्या सामाजिक सञ्जालमा बढ्दै गएको छ ।

कोरोना संक्रमित नेपाली युवती अनुभवः निको हुने छाँटकाँटै छैन, तपाईहरु सावधान रहनुस् 

काठमाडाैं । कोरोना संक्रमित एक जना नेपाली युवतिले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कोरोना भाइरसको पीडा व्यक्त गरेकी छन् । हाल बेलायतको लण्डनमा बस्दै आएकी ती महिलाले आफुर्लाइ कोरोना भाइरस संक्रमण भएको १३ दिन बितिसक्दा पनि निको हुने छाँटकाँट नदेखिएको बताएकी छन् । लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको, तर छिट्टै निको हुने सम्भावना नदेखिएको भन्दै सावधान रहन आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै भनेकी छिन,‘१० दिनको सेल्फ आइसोलेसन पछि कोभिड १९ सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ सबैले साबधानी अपनाउन सक्नुहुनेछ, हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’ उनले कोरोना भाइरसको पीडा निकै भयानक भएको भन्दै सबैलाई सावधान र सचेत रहन अनुरोध गरेकी छन् । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) विश्वका १९५ देशमा पुगेको छ । कोरोना भाइरसका कारण बिहीबार अपरान्हसम्म २२ हजार २६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म यो भाइरसबाट ४ लाख ८७ हजार ४३४ मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमणमा परेका एक लाख १७ हजार ५६४ मानिस ठीक भएका छन् । यस्ताे छ उनकाे फेसबुक स्टाटस