डब्ल्यूएचओले भन्यो: जुनसुकै बेला पनि सकरात्मक समाचार आउन सक्छ, ६ प्रकारका औषधिको महापरीक्षण सुरु
काठमाडौं। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) संसारभरका देशलाई महामारीको लागि औषधिको महापरीक्षण गर्न आग्रह गरेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिको महापरीक्षणका लागि आग्रह गरेको हो । यी अौषधिको प्रयोगले कोरोना भाइरसको संक्रमण निको भएका थिए । कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको महापरीक्षण सुरु भएको हो । विश्व स्वास्थ्य संगठन ले यी ६ प्रकारका औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी औषधिबाटै कोरोना भाइरसलाई हराउन सक्ने विश्वास डब्ल्युएचओको लिएको छ । रेमडेसिवीर, क्लोरोक्विन, हाइड्रोक्सीक्लोरोक्विन, रिटोनावीर, लोपिनावीर र इन्टरफेरान औषधिसँगै संसारभरका वैज्ञानिक तथा चिकित्सकहरुले अन्य औषधिमा पनि अनुसन्धान जारी राखेका छन् । यी औषधिले कोरोना भाइरसका संक्रमित, उपचारमा संलग्न चिकित्सक र रोगीका परिवारलाई सहयोगी बन्नसक्ने अपेक्षा डब्ल्युएचओले गरेको छ । डब्ल्युएचओका अनुसार चीन, अमेरिका, फ्रान्स, स्पेन, इरान, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायतका देश अहिले महापरीक्षणमा जुटिरहेका छन् । अबको एक महिनामा कुनै नतिजामा पुग्न सकिन्छ । अहिले सबै समयमा खराब समाचार मात्र आएको र अब भने जुुनसुकै समयमा सकरात्मक समाचार आउन सक्छ । के काम गर्छ महापरीक्षणका भइरहेका औषधिले ? रेमडेसिवीर : रेमडेसिवीरले जिलिड साइन्सेजले इबोलाको उपचारका लागि बनाएको हो । यसले भाइरसलाई मानिसको शरीरमा पुगेर नयाँ भाइरस बनाउन रोक्छ । अमेरिकाको सबैभन्दा पहिलो कोरोना संक्रमित व्यक्तिमा रेमडेसिवीर नामक औषधि चलाइएको थियो । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन : यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने भाग नष्ट हुने र भाइरस आक्रमणका लागि असफल तथा कमजोर हुन्छ । क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विन औषधिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वकालत गरेका थिए । उनले यो औषधिलाई गेम चेन्जर भनेका थिए । डब्ल्युएचओको वैज्ञानिक समितिले यो औषधि खारेज गरेको थियो । तर जेनेभामा भएको डब्ल्युएचओको वैज्ञानिको बैठकले यो औषधि महापरीक्षणका लागि पठाउने निर्णय भने गरेको छ । यो औषधिको विषयमा संसारभरबाट माग आएपछि महापरीक्षणका लागि पठाइएको हो । रिटोनावीर लोपिनावीर : यो औषधि चीनको वुहानमा प्रयोग गरिएको थियो । एचआइभी रोक्नका लागि यसको प्रयोग गरिएको थियो । हल्का संक्रमणका लागि रिटोनावीरको र धेरै संक्रमण भएमा लोपिनावीरको प्रयोग गरिन्छ । यो औषधिले शरीरमा भाइरसको आक्रमण हुने ठाउँमा पुगेर भाइरस र मानिसको कोशिकालाई छुट्टाउने काम गर्छ । इन्टरफेरान–भिटाका : यो औषधि साउदी अरेबियाले मिडिलइष्ट रेस्पिरेटरी सिन्ड्रमको समयमा संक्रमित बिरामीमा प्रयोग गरिएको थियो । यो औषधिले मानिसको शरीरमा भाइरसले आक्रमण गर्ने टिस्युलाई नोक्सान पुर्याउँछ । त्यसको असरस्वरुप भाइरसको प्रभाव कम हुँदै जान्छ । एजेन्सी ।
चीनियाँ कम्पनीकाे नेपाललाई २ हजार किट उपहार हस्तान्तरण
काठमाडौं । चीनको बेइजिङ म्यानुसिपाल ट्रेड र कर्मश ब्युरोले ३० हजार अमेरिकी डलर मूल्य बराबारको २ हजार टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ । कोरोना भाइरस अर्थात कोभिड १९ को परक्षणको लागि पर्याप्त सामाग्री नभएको कारण टेस्ट किट बेइजिङ स्थित नेपाली दुतवासलाई बुधबार हस्तान्तरण गरिएको हाे । उक्त किट नेपाल सरकारलाई चाइनिज कम्पनीले उपहार स्वरुप प्रदान गरेको हो । बेइजिङ म्यानुसिपाल ट्रेड र कर्मश ब्युरोको लागि काठमाडौंबाट काम गरिरहेको ईन्टरनेसनल ईन्भेस्मेन्ट एण्ड कर्पोरेशन कन्सल्टिङ सर्भिसेस कम्पनि प्राईभेट लिमिटेडका अनुसार उक्त किट कोरोनाको पर्याप्त परीक्षण हुन नसकेको कारणले प्रदान गरिएको जनाइएको छ । राजदुतावासले किट बिहिबार तिब्बत आइपुग्ने र त्यहाँबाट स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारीमा रहेको जनाएको छ । एजेन्सीकाे सहयाेगमा
घरमा बसेर कोरोना मात्रै यादमा आउँछ ? छिनमै भुल्ने विशेषज्ञ डाक्टरको सल्लाह यस्ताे छ
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहँदा सबै यो देखेर त्रसित छन् । कतै मलाई पनि कोरोना लाग्ने त होइन भन्ने डर मानिसमा बढ्दै छ । सरकारले पनि कोरोनाको जोखिम न्युनिकरणका लागि देशैभर लकडाउनको घोषणा गरिसकेको छ । अहिले सबै मानिसहरु घरमा छन् । यो समय अरुभन्दा पनि कोरोनाको डरले कोरोना मात्रै यादमा आएको पनि हुन सक्छ । यदि तपाइलाई पनि यस्तै हुन्छ भने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले कोरोनालाई मनबाट हटाउन र घरमा बसेर निम्ललिखित कार्यहरु गर्न सकिन्छ भनेर सुझाव दिएका छन् । कोरोनाको संक्रमण रोक्न र भुल्न घरभित्र के गर्ने? ड्ड कोरोना भाइरस ओसिलो ठाउँ, फलाम, प्लास्टिक, घाम नलाग्ने कोठा तथा सवारीसाधनमा ४ घण्टादेखि १ हप्तासम्म बाँच्न सक्छ। यो लक डाउनको अवधिमा साबुन पानी वा स्प्रिट कपासले गाडी, ढोकाको ह्यान्डल, ग्रिल, टेबल, कुर्सि लगायतका सामान सफा गरौँ । -लगाउने तथा ओच्छ्यानका कपडा दैनिक घाममा सुकाउने गरौँ । – कोठामा घाम, हावा ओहोरदोहोर गर्ने व्यवस्था गरौँ । – आफूले लगाएका औंठी, सिक्री, डोरी, घडी, ब्रासलेट आदि सफा गरौँ । – परिवारका सबै सदस्यको लागि १÷१ वटा निजी साबुन र साना सफा टाबेलको व्यवस्था गरौँ । – घरमा रहेका ड्रम, बाल्टिन, मग, बाटादेखि अन्य भाँडाकुँडा माझेर घाममा सुकाउने गरौँ । – दैनिक नुहाउने र घाम ताप्ने गरौँ । – भर्यांङ तथा कौसीको रेलिङ सफा गरौँ । – आफ्ना निजी सामान जस्तै मोबाइल फोन, ब्याग आदिलाई सफा गरेर घाम सुकाऔं। – पटकपटक हात धुने गरौँ । – सफा गर्दा डेटोल, स्प्रिट, साबुन पानी प्रयोग गर्न सकिन्छ। – घरमा बस्दा स्यानिटाइजरको प्रयोग नगरौं। साबुनपानी नै हितकारी हुन्छ। – घरमा बसेर अध्ययनशील बनौं यी सबै कार्य गर्यो भने तपाई व्यस्त हुन सक्नुहुन्छ र तपाइलाई कोरोनाको याद आउँदैन । यी कार्य गर्दा काेराेनाबाट बच्न पनि सकिन्छ । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेको फेसबुक पेजबाट