मानव कर्मचारीभन्दा रोबोटसँगको सामिप्यतालाई बढी रुचाउँदै बिरामीहरु
काठमाडाैं । श्रम बजारमा योगदान गर्न सक्ने उमेर समूहको सिमित उपलब्धता तथा बुढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यामा आएको वृद्धिका कारण जापानका अस्पताल एवं विविध स्वास्थ्य केन्द्र, कार्यालय, शैक्षिक संस्थाहरु तथा अन्य विभिन्न क्षेत्रहरुमा रोबटको प्रवेश बढ्दो छ । समान समस्यासँग जुधिरहेका अन्य राष्ट्रहरुले जापानले के सिक्न सक्दछ ? जापानको सिनागावा, टोकियोस्थित एक विशालएवं सानदार स्वास्थ्य स्याहार केन्द्रको लञ्च ब्रेक समयको दृष्य हो यो । कार्यालयका केहि कर्मचारीहरु खानाखान बाहिरीरहेका छन् भने अन्य केहि कर्मचारीहरु खाना खाइसकेर कार्यालयतर्फ भित्रिरहेका छन् । आकर्षक सिसाको द्धारभित्र प्रवेश गरि रहँदा उनीहरुले प्रवेश स्थलमा ईमान्दारीतापूर्वक पूर्ण मौनताका साथ सबै कुराको निरिक्षण गरिरहेका दुईजना सुरक्षा गार्डलाई कटेर अगाडी बढिरहेका छन् । यदि तपाईँले यी सबै नियाली रहनु भएको छ भने अहिलेसम्मको कुनै पनि दृष्य तपाईँलाई असाधारण नलाग्न सक्छन् जबसम्म कम्पनीमा नियमित रुपमा पहरा दिन उभिरहेको ती दुईमध्ये एक पहरेदार रोबाेट भएको तपाईँले खुट्याउन सक्नुहुन्न । सर्सस्ती हेर्दा ठ्याक्कै मानवझैँ देखिने यस अमानव पहरेदारको नाम ‘उगो’ हो । प्रहरीले लगाउने नीलो क्यापमा सजिएको र खुट्टातर्फको भागमा चक्का जडित यस रोबोटको जम्मा उचाइ औसत मानिसको झैँ पाँच फिटको छ । करिब आधा कार्यालय दिनसम्म धान्ने ब्याट्रिले प्रदान गरेको ‘जिवनशक्ति’ को आडमा हेर्दा माया लाग्दो उगोले प्रत्येक दिनद्धारपालको काम गर्नेमात्र नभइ हरेक दुई घण्टाको अन्तरालमा कार्यालयको नियमित चौकीदारी (पट्रोलिङ्ग)पनि गर्दछ । यसका अलावायस अमानविय यन्त्रले आवश्यक बटन दबाएर कार्यालयको लिफ्ट पनि दक्षता पूर्बक संचालन गर्दछ । प्रायजसो उगोको डिजिटल अनुहारमा देखिने कार्टुनको जस्ता दुईवटा ठूल्ठूला निला आँखा कार्यालय समयभित्र भने जापानीज भाषामा लेखिएको ‘अन ड्यूटी’लिपिले प्रतिस्थापित हुने गर्दछ । ‘तपाईं’ त्रसित वा सशंकित नहुनुहोस् भनेर रोबोटलाई आकर्षक देखिनु महत्वपूर्ण छ,” उगोको निर्माता स्टार्ट अप कम्पनी मिरा रोबोटिक्सका प्रमुख कार्यकारी अधिकृत केन मात्सुई भन्छन् । हालका लागि पुलिस बोट मिरा रोबोटिक्सले जापान भित्र निर्माण गरेको रोबोटको मात्र दुईमध्ये एक महत्वपूर्ण नमूना संस्करण हो जसको इनबिल्ट क्यामराले सुरक्षा गार्डहरुलाई रोबोटको दृष्टिकोणमार्फत सुरक्षा वा बाहिरी परिवेशको निरिक्षण गर्न सघाउ पुर्याउँदछ । तथा पीमात्सुईले उनको कम्पनीद्धारा निर्मित रोबोट उत्पादनमा चीनिँया तथा दक्षिण कोरियाली कम्पनीहरुले चासो देखाएको जनाएका छन् र उनीहरु यस्ता रोबोटलाई व्यक्तिगत आवास तथा विद्यालयहरुको सरसफाइको काममा खटाउन इच्छुक छन् । सन् २०२० को गृष्मकालीन ओलम्पिकका लागि गत वर्ष प्रसिद्ध कार उत्पादक टोयोटाले सार्वजनिक गरेको राबोट । सो खेलको क्रममाजापानी अटोमोबिलले मावन सहायतामा संचालितहुने रोबोटको पनि उत्पादन गर्ने जनाएको छ। पत्रपत्रिका, विश्लेषक तथा राजनीतिज्ञहरुले पछिल्लो समय मानिसलाई जागिर क्षेत्रबाट बिस्थापित गर्ने रोबोटको निर्माणमा क्रान्ति आएको चेतावनी दिएता पनि रोबोट निर्माताहरुले भने उनीहरुको श्रृजनाले मानिसलाई जागिरक्षेत्रबाट बाहिर्याउने नभई उल्टै मानिसको परिपूरकको रुपमा योगदान गर्ने स्पष्ट पारेका छन् । जापानमा रोबोटको उपस्थिती कुनै आश्चर्यको विषय हैन । पछिल्लो समयत झन् धेरैभन्दा धेरै क्षेत्र तथा बर्गले रोबोट यूगलाई सहर्ष स्विकारिरहेका छन्, चाहे त्यो उपनगर क्षेत्रमा अवस्थित नरसिङ्ग होमहरु हुन् या अबको केहि वर्षभित्र रोबोटको निर्माणमा १०० अर्ब येन (करिब १० करोड अमेरिकी डलर) खर्च गर्ने घोषणा गरिसकेको जापानी सरकार नै किननहोस् । यतिसम्म कि कति कम्पनी वा कार्यालयहरुले त नयाँ कर्मचारी नियुक्ती गर्ने प्रक्रियालाई छिटो वा प्रभावकारी बनाउन तथा उत्कृष्ट मानव शंसाधन हासिल गर्नका लागि रोबोटीक सहकर्मीको प्रलोभन समेत देखाउन थालेकाछन् । सन् २०२० को ओलम्पिक टोयोटाजस्ता कम्पनीहरुले खेल हेर्न आउने दर्शकसँग अन्तरक्रिया गर्ने तथा खेलाडी तथा प्रतिपर्धीहरुलाई विभिन्न कार्यमा सहायता गर्ने मावनको स्वरुपतथा स्वभावसँग मिल्ने रोबोटको उत्पादन तथा प्रदर्शनी गर्ने मञ्चको रुपमा लिइरहेको अवस्थामा यति बेला जापानले विश्वकै ध्यान आकर्षित गरिरहेको छ। र यहाँनिर चाख लाग्दो कुरा के छ भने संसारभरी नै बढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यादरमा आएको वृद्धि तथा बढ्दो स्वसंचालनको प्रक्रिया (अटोमेसन) को कारण आजको जापानको रोबोटमैत्री बर्तमान बाँकी विश्वको भविष्य हुन सक्ने वास्तविकतालाई नकार्न सकिन्न । यस पुलिस रोबोटले विभिन्न कोठामा रहेका मानव निरिक्षकहरुका लागि कान र आँखाको काम गर्दछ । चीन तथा दक्षिण कोरियाजस्ता राष्ट्रहरुले यस्तो प्रविधीमा चासो देखाएका छन् । बुढ्यौली उन्मुख जनसंख्या, नयाँ प्रविधी टोकियोस्थित सिल्भर विङ्ग नरसिङ्ग होमको साझाकक्षमा करिब दुई दर्जन बृद्धबृद्धा बसिरहेका छन् । कोठाको बिचमा उनीहरुलाई समूह खेल तथा ब्यायाम अभ्यास सिकाउनको लागि एकजना कर्मचारीका साथसाथै ‘पिपर’नाम गरेको एउटा रोबोट उभिएको छ । पिपर “सहिपात्र चिन्नुहोस्” नामक खेल खेलाउन तयार छ जसअन्तर्गत कोठामै एउटा ठूलो पर्दामा देखाइएका चीनिँयापात्रहरुमध्ये पिपरको निर्देशनअनुसार बृद्धबृद्धाहरुले ठूलो आवाजमा सहि पात्र को हो चिन्नुपर्नेछ । यस नरसिङ्ग होममा भर्ना भएका अधिकांश बृद्धबृद्धाहरु डिमेन्सिया रोगबाट पिडित छन् । “डिमेन्सिया रोगी बृद्धबृद्धाहरुलाई उनीहरु अहिले कहाँ छन् र उनीहरुले मानव कर्मचारी वा रोबोटमध्ये कोसँग संवादगरिरहेका छन् भनेर हामी सोधिरहेका छाैं,” सिल्भर विङ्गका निर्देशक किमियाइ सिकावा भन्छन्, “भर्ना भएका हरेक ब्यक्तिको ब्यक्तिगत जानकारी सम्झन मानव कर्मचारीहरुलाई निकै गाह्रो हुने भएकोले हामीले यहाँ गैरमानव यन्त्रको प्रयोग गरेका हाैं ।” त्यसो त नरसिङ्ग होमको यस साझा कक्षमात्र हैन जहाँ रोबोटलाई काममा लगाइएको छ । अस्पतालको माथिल्लो तल्लामा मानव कर्मचारीहरुले रोबोटिक एग्जोस्केल्टनलाई प्रयोगमा ल्याएका छन् जुन शरिरको कम्मर वा ढाडको पछाडीको तल्लो भाग अलचिलो वा कठोर भएर हिँडडुल वा बस्न तथा सुत्न अप्ठेरो भएका बिरामीहरुको सहजताको लागि प्रयोग गरिन्छ । “बुढौलीतर्फ उन्मुख जनसंख्यामा वृद्धि, न्यून सन्तान उत्पादन दर र परिणाम स्वरुप घट्दो जनसंख्याको कारण जापानले बृहत जनसांख्यिकिय चुनौतीको सामना गरिरहेको छ । यसले जापानमा रोबोट वा स्वचालित प्रविधीको प्रयोगलाई बढावा दिएको छ जुन समान समस्याबाट गुज्रिरहेको पश्चिमा राष्ट्रहरुका लागि राम्रो शिकाइको राम्रो अवसर हुनसक्दछ,” नर्वेको सेन्टर फर टेक्नोलोजी र सोसाइटीका रोबोट सोधकर्ता, रोजर ए सोरा भन्छन्, “बृद्धबृद्धा स्याहार केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य सेवा कर्मचारीहरुको गम्भिर कमी देखिनथालेको छ । यिकामगर्नका लागि पहिलेको जस्तो पर्याप्त मानव जनशक्तिको अभाव रहेको छ ।” ह्योगो नरसिङ्ग होमले ‘बकबके पारो’ नाम गरेको सहित अन्य धेरै रोबोटलाई काममा लगाएको छ । यहाँ भर्ना भएका बिरामीहरु बकबके पारोलाई खुब मन पराउँछन् किनकी यो सुन्दर र सफा छ, उसले मानवझै“ खानाको अपेक्षा राख्दैन भने उससँगको भौतिक अन्तरक्रियाले बिरामीहरुमा एलर्जी पैदा गराउँदैन । तथापी यस नरसिङ्ग होममा सबैभन्दा धेरै चर्चित रोबोटको संस्करण भनेको टेलेनोइड हो । झट्ट हेर्दा बच्चाजस्तो देखिने यस रोबोटको खुट्टा छैनन्, छन् त केबल सानाहातहरु । कर्मचारीहरुले एकै स्थानमा बसेर विभिन्न स्याहार कोठामा रहेका बिरामीहरुसँग यसै रोबोटको सहाराले संवाद गर्दछन् । नरसिङ्ग होममा २७ वर्षदेखि कार्यरत एक कर्मचारी मिनामीओकाबेले जसै टेलेनोइडमार्फत जापानीलोक संगीत बजाउँछन्, तब डिमेन्सियाबाट ग्रसित एक बृद्धा बिरामीले सो रोबोटलाई आफ्नाे अंगालोमा बाँध्न थाल्छिन् । बच्चालाई जस्तो काखमा राखेर चम्किोलो मुहार लगाउँदै ती बिरामी बृद्धा भन्छिन्, ‘एक पटकफेरी गीत गाउन, बाबु ।’ ओकाबेलेले अधिक समय चुपचाप बस्ने यी बिरामी बृद्धा टेलेनोइडसँग गफ गर्न रमाउने बताउँछन् । “यस्तो देख्दा हामीलाई पनि रमाइलो लाग्दछ,” उनी भन्छन्, “बिरामीहरुले रोबोटसँग हामी मानव कर्मचारीहरुसँग भन्दा छुट्टै तरिकाले ब्यवहार गर्छन् ।” कतिपय अवस्थामा त बृद्ध बिरामीहरुले मानव कर्मचारीसँगभन्दा रोबोटसँगको सामिप्यतालाई बढी रुचाएका छन् । अन्य राष्ट्रहरु भन्दा जापानमा बुढ्यौलीतर्फ उन्मुख जनसंख्याको दर तीव्र भएको कारण त्यहाँको सरकारले रोबोटको विकासलाई प्राथमिकतामा राखेको बीबीसीले जनाएको छ । आफ्नै स्वरुपको नक्कल गरी रोबोट निर्माण गरेर बिख्याती कमाएका हिरोसी इसिगुरोले जापानमा चाँडै नै सबैतिर रोबोटिक समाधान लागू हुने बताएका छन् । सिल्भर विङ्गकाइ सिकावाले मानिसहरुमा आएको स्वास्थ्य परिवर्तन तथा सोका लागि आवश्यक स्याहारका विधीमा आउने परिबर्तनलाई पहिचान गर्ने वा प्रक्षेपण गर्नसक्ने क्षमता सहितको सामाजिक रोबोेटको निर्माणका लागि प्रमुख अनुसन्धान अघि बढिरहेको बताए । उदाहरणको लागि, डिमेन्सियाका बिरामीमा आएको सुधारलाई पहिचान गर्न मानव स्वास्थ्य स्याहारकर्ता र बिरामीबीचको संवादलाई रेकर्ड गर्ने रोबोटले गम्भिर संकेतहरुको पनि अवलोकन गर्ने र आर्टिफिसीयल इन्टेलिजेन्सको प्रयोग गरी सो तथ्यांकको लक्षणसम्बन्धी सुरुवाती डाटावेससँग तुलना गर्ने, रोगको सुरुवाती तथा बर्तमानको अवस्थाबिचको सहसम्बन्ध निकाल्ने तथा रोग झन् बिग्रेर जाने जोखिमयुक्त सम्भावनाको गणना गर्ने ।
राष्ट्रिय दादुरा-रुबेला अभियानका लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा-रुबेला अभियान २०७६/७७ मा सघाउने भएकोछ । यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ (बिहीबार) गते शुरु भई फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १,२ र ५ का बालबालिकालाई दादुरा र रुबेलाखोप लगाईनेछ । त्यसैगरी दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म संचालन हुनेछ र यो चरणमा बाँकीप्र देशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाईनेछ । “दादुरा रुबेला विरुद्धको खोप शतप्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ । त्यो सहयोगको लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छाैं । भविश्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं, ” परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने । “राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेलाखोप अभियान अन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्यतथा जनसंख्या मन्त्रालयसँ सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं । हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रहाम्रो प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्नेअवसर दिइएकोमा निकैनै गौरवान्वित छौं,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा रुबेला रोगकाघटनाहरु निकैनै बढ्दो क्रममा रहेको देखाउँछ । नेपालजनसांख्यिकतथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार १२ देखि २३ महिनाकाबालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७प्रतिशत (२०११) रहेकोमा सन् २०१६ सम्ममा७८ माप्रतिशतमा घटेको छ । सरकारसँग एनसेलको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा-रुबेला निवारण गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याउने छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू जस्तै अन्धोपना, इन्सेफ्लाईटिस्, पखाला र न्युमोनिया हुनका साथै मृत्यु समेत हुन सक्छ । रुबेलाले हाडजोर्नीहरु सुन्निने वादुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्ग जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ । एनसेलले आफ्नो व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ साल असोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको यहि समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेलाखोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिकालागि सरकारलाई सहयोग गरेको हो । यस अघि एनसेलले स्वास्थ्य सम्बन्धि जनसचेतना अभिवृद्धिको सहकार्य अन्तर्गत डेङ्गीको बारेमा जनसचेतना अभिवृद्धिको लागि सहयोग गरेको थियो ।
उदयपुरका साढे तेतीस हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै
गाईघाट । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । आज देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका बालबालिकालाई खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएपछि फागनु १५ गतेदेखि २० गतेसम्म दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए । पहिलो चरणको खोप सञ्चालनका लागि सबै क्षेत्रमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिसकिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । दोस्रो चरणको खोप कार्यक्रममा जिल्लाको पाँच स्थानीय तह त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा खोप कार्यक्रम सञ्चालनको तयारी रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । दुई चरणमा सञ्चालन गरिने खोप कार्यक्रमका दागि जिल्लामा ४९० खोप केन्द्र, ५५१ स्वास्थ्यकर्मी र ९३७ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । प्रदेश नं १ का जिल्लामा सन् २०१९ मा ५३१ जना बालबालिकामा दादुरा तथा रुबेला रोग देखापरेको थियो । उदयपुरमा भने दुई जना बालबालिकामा मात्र यो रोग देखापरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । प्रदेश नं १ का चौध जिल्लामध्ये उदयपुरमा दादुरा तथा रुबेलाको प्रभाव ज्यादै न्यून रहेको भए पनि सबै पाँच वर्षभन्दा मुनिका सबै बालबालिकामा यो खोप प्रयोग गर्न लागिएको पनि स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । नेपाल सरकारले सन २०२३ देखि नेपालबाट दादुरा तथा रुबेला पूर्ण रुपमा उन्मूलन सम्पन्न गर्ने अभियान तथा लक्ष्य राखेर खोप सञ्चालन गर्दा कार्यक्रम देशभरि नै गर्दै आएका कारण उदयपुरमा पनि यस वर्ष पनि खोप कार्य सञ्चालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । रासस