सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक र र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसाेर्टमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

दैलेखकाे राकममा सय शैय्याकाे ‘ट्रमा सेन्टर’ बन्ने

दैलेख । दैलेखको आठबीस नगरपालिका स्थित राकममा १०० श्ययाको ‘ट्रमा सेन्टर ’(अस्पताल) निर्माण हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सो सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने रहको बताइएको छ । नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको नगरप्रमुख उपाध्यायले जानकारी दिए । “तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्याव लगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ”, उनले भने । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने निर्दशक गोसाईले जानकारी दिएका छन् । अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध तथा विस्तृत परियोजना प्रतिवेदन तयारी सुरु गरेको जनाएको छ । अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र एमडीजीपी तहका पठन पाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ । रासस

जीवननै समाप्त भयो भनेर सोच्नेहरुको पनि उपचार सम्भव बनायौंः रुपेश अधिकारी

काठमाडौं । स्पार्क हेल्थ होम आफ्नो स्थापनाको २७औं  वर्ष पूरा गरी २८ औं  वर्षमा प्रवेश गर्दैछ । सिमित श्रोत साधन र सानो कोठाबाट सुरु भएको यो संस्थाले नेपालमा प्राकृतिक चिकित्सालाई सुरु गरेको थियो । वि.स २०४८ सालबाट निरन्तर सेवा संचालन गरिरहेको छ । २८ वर्षको यो अवधिमा धेरै मानिसले सेवा लिइसकेका छन् । हाल अस्पतालले के कस्ता सेवाहरु दिइरहेको छ ? र सेवाग्राहीको उपस्थिति कस्तो छ भन्ने लगायतका विषयमा आधारित भएर विकासन्यूजकी डोमी शेर्पाले विगत १५ वर्षदेखि कार्यरत स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीसँग कुराकानी गरेकी छन् । प्राकृतिक चिकित्सक पद्धति र फिजियोथेरापी भनेको के हो ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी एक अर्काका परिपुरक हुन् । फिजियोथेरापी पनि स्वतन्त्र किसिमले उपचार गरिने पद्धति हो । फिजियोथेरापीमा एकदमै न्यून औषधिको प्रयोग गरेर उपचार गरिन्छ । यी दुवैमा मानिसलाई हानीरहित उपचार पद्धतिको प्रयोग गरिन्छ । त्यस्तै, प्राकृतिक चिकित्सा पद्धतिमा माटो, पानीबाट उपचार गरिन्छ । व्यायम, मसाज थेरापीबाट उपचार गरिन्छ । यी विभिन्न किसिमको उपचार पद्धतिहरु राखेर फिजियोथेरापीले प्राकृतिक चिकित्सा पद्धतिले फरक तरिकाले उपचार गरिन्छ । कुन–कुन स्थानमा हाल स्पार्कले सेवा दिदैँछ ? काठमाडौंमा मात्र स्पार्क हेल्थ होमको सतुंगल, चाबाहिल, सुर्यबिनायक र सोल्टीमोडमा गरेर ४ वटा शाखा रहेका छन् । सोल्टीमोडमा यसको प्रमुख कार्यलय रहेको छ । काठमाडौंबाहिर विराटनगर, बिर्तामोड, धरान, कास्की र दमौलीबाट यसले सेवा दिँदै आएको छ ।  यहाँहरुले प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापीबाट हुने उपचार  गर्नु पर्छ भन्ने मनासाय कसरी बनाउनु भयाे ? यो संस्था सुरुमा योग तथा प्राकर्तिक अनुसन्धानको रुपमा सुरु भएको थियो । अध्यक्ष टंकनाथ पौडेल, प्रबन्ध निर्देशक हरिशरण रिजाल र ईन्चार्ज संगिता श्रेष्ठले संस्थाको सुरुवात गरेका थिए । जुन उद्धेश्यले सुरुवात भएको थियो त्यही अनुरुप अगाडि बढाइरहेका  छौं । कस्तो रोग लागेको मानिसलाई यो उपचारको पद्धतिबाट सञ्चो हुन्छ ? प्राकृतिक चिकित्सा पद्धति र फिजियोथेरापी हुने उपचार धेरै किसिमको हुने गरेको छ । विशेष गरेर हाल अस्पतालको सेवामा मानिसहरुले नर्सने रोगहरु जस्तै प्यारालाईसिस,   पक्षघात, हाडजोर्नी, नशाका समस्या, हड्डी खिइने, युरिक ऐसिड, पेटसँग सम्बन्धित विभिन्न समस्याहरु, स्पोर्टस ईन्ज्युरीको रिहाबिलिटेसनका प्याकेजहरु सबैभन्दा बढि रुचाएका छन् । उनीहरुले यो पद्धतिबाट उपचार गराएपछि सञ्चो भएका छन् । तपाईले एकदमै सम्झन लायक केसहरु केही छन्, जसको उपचार यहाँ आएपछि मात्र सम्भव भयो ? त्यस्ता केसहरु धेरै ने छन् । हामीले लगभग एक वर्षमा ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिन्छौं । त्यसमा ९० प्रतिशत सेवाग्राही हामीबाट सन्तुष्ट छन् । कहिले उठेर हिँड्न नसकेर आएका मानिसहरु हिँडेर गएका छन् । जिवन नै समाप्त भयो भनेका मानिसहरु हाँसी खुसी घर फर्किएका छन् । अन्य प्राकृतिक उपचार पद्धतिबाट सेवा दिने अस्पतालहरुको दाँजोमा तपाईहरु कहाँ हुनुहुन्छ? पछिल्ला समय चिकित्सा पद्धतिबाट उपचार गर्ने  संस्था खोल्न बाढी नै आए जस्तो भएको छ । हामीसँग रजिस्टर्ड प्राविधिक, चिकित्सक, कर्मचारीको राम्रो टिम छ । राम्रो वातवरण, राम्रो उपकरणहरुको प्रयोग गर्दै हामीले सेवा दिइरहेका छौं । विभिन्न देशबाट यही विषयमा मास्टर्स सिध्याएर आएका एकदमै पोख्त चिकित्सकहरु एकै छानामुनि रहेको कारण हामी अन्यको दाँजोमा धेरै माथि छौं । हामी सरह पनि केही संस्थाहरु हुनुुहुन्छ । त्यही पनि फिजियोथेरापी पद्धतिमा सबैभन्दा धेरै कर्मचारी, पुर्वाधार र लगानीको कारणमा नेपालकै नम्बर एक र सबैभन्दा पहिला रजिस्टर्ड संस्थामा पर्दछौं । अगामी दिनमा के गर्ने योेजना छ ? आगामी दिनमा हामीले अत्याधिक व्यस्त रहेका मानिसहरुलाई केन्द्रित गर्दै आउँदो बैशाखबाट डिलक्स उपचारको सेवा सुरु गर्ने भएका छौं । यस अन्तगर्त अति व्यस्त रहने मानिसले अपाेइमन्६ जुन पनि समयमा सेवा लिन पाउनेछन् । यस्तै स्पा थेरापी भनेर भिन्नै स्पाका प्याकेजमाहरु हामी ल्याउँदैछौं । प्राकृतिक चिकित्सा र अकुपन्चर जियोथेरापीलाई सिटिइभिटी सँग समन्वय गरेर त्यसका कक्षाहरु संचालन गर्न तयारी गर्दैछौं । काठमाडौंमा  थप शाखा  विस्तार गर्नलाई ठाउँहरु हेर्दैछौं । यो सेवालाई अझ व्यवस्थित किसिमले संचालन गर्न ऐलोपेथी, आर्युवेदका विज्ञहरु, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागहरुसँग समन्वय गर्न र सर–सल्लाह लिने र वृहत तयारीमा छौं ।