विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण नि:शुल्क

काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निशुल्क गर्ने भएको छ । विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो । अस्पतालसहित लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर अस्पताल प्राङ्गणमा सो दिन निःशुल्क स्वास्थ्य शिविर पनि हुदैँछ । मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु मात्र निशुल्क हुने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए । उनका अनुसार सो दिन अस्पताल परिसरमा हुने निशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिनेछ । शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए ।

विश्व मुटुरोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने

काठमाडौं । विश्व मुटु दिवस २०१९ का अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलको मुटुरोग विभागले मुटुरोगीहरुका लागि असोज ११ गते शनिबार तालिम दिने भएको छ । बिशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमूलक कार्यक्रमको आयोजना गर्न लागेको अस्पतालले जनाएको छ । साथै उक्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित बिरामी÷अन्य व्यक्तिहरुलाई अस्पतालले आमन्त्रण गरेको छ । कार्यक्रम बिहान ८ बजेदेखि १० बजेसम्म हुने जनाइएको छ । उक्त कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जेपी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठले तालिम दिने अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले जनाएका छन् ।

वार्षिकोत्सवको अवसरमा सनराइजले विभिन्न स्थानमा गर्यो स्वास्थ्य परीक्षण

काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगढी शाखाबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको हो । त्यसैगरी बंैकले ९ गते राजबिराज र ११ गते बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर आयोजना गर्ने जनाएको छ ।