भारतमा विद्युतीय चुरोट प्रतिबन्ध, नागरिकको स्वास्थ्यप्रति चासो
नयाँ दिल्ली । भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताए । “केन्द्रीय मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यसको अर्थ विद्युतीय चुरोट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न नपाउने पनि हो,” उनले भने । संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै अर्थमन्त्री सीतारमणले सन् २०११ र २०१५ देखि २०१६ सम्ममा विद्युतीय चुरोट प्रयोगकर्ताको सङ्ख्या ९०० प्रतिशतले वृद्धि भएको बताए । विद्युतीय चुरोट प्रतिबन्ध निर्देशिका २०१९ मा विद्युतीय चुरोट प्रयोग गरेमा के के कारबाही हुने भन्ने व्यवस्था गरिएको छ । विद्युतीय चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा अझ कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । सूचना तथा प्रसारणमन्त्री प्रकाश जाभादेकरले विद्युतीय चुरोट प्रतिबन्ध लगाउनुपर्ने बेला भएको बताए । उनले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पर्याप्त छलफलपछि मन्त्री परिषद्मा पेस भएको र पारित गरिएको पनि जानकारी दिनुभयो । “यो एकदमै स्वागत योग्य कदम भएको छ, यस्ता व्यवस्थाले जहिले पनि राम्रो गर्नेछन्,” उनले पत्रकारहरुसँग भने । रासस/एएनआई
सनराइज बैंकको १२ औँ वार्षिकोत्सव, सीईओ पौड्यालसहित १५० भन्दा बढीले गरे रक्तदान
काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौको गैरीधारा स्थित प्रधान कार्यालयबाट कार्यक्रमको सुरुवात गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । बैंकले काँकडभिट्टा, लहान र बुटवल शाखामा पनि रक्तदान कार्यक्रम गरेको छ । बुधबार बैंकले आयोजना गरेको कार्यक्रमहरुमा १५० भन्दा बढीले रक्तदान गरेका छन् । बैंकले असोज महिनालाई १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।
नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ । जनरल, जीआई एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्य चिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय अञ्जु बुढाथोकीमा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।