एनआईसी एशियाका ग्राहकलाई ग्राण्डी अस्पतालमा ७.५% सम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रालि धापासी, काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।
बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा, तत्काल १५ उद्योगको उत्पादनमा रोक्का गर्न निर्देश
राँझा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिङ्किङवाटर र पञ्चकन्या ड्रिङ्किङवाटर उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा खाद्य स्वच्छता तथा गुणस्तर अभियान अनुसार संयुक्त अनुगमन टोलीबाट निरीक्षणका क्रममा मापदण्ड उल्लङ्घन गर्ने अन्य १५ पानी उद्योगको उत्पादन रोक्का गरी मुद्दा दायर प्रक्रियामा रहेको छ । मापदण्ड पूरा गरी गुणस्तर सुधार गर्ने उद्योगको उत्पादन रोक्का फुकुवा गरी नियमित अनुगमन गरिने उल्लेख गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख श्रेष्ठले भने, “पानी उद्योगले न्यूनतम मापदण्ड पनि पूरा नगरेको अनुगमनमा पाइएको छ, त्यस्ता उद्योगमाथि मुद्दा दायर गरिनेछ ।” कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर अभियानअन्तर्गत आव २०७५/७६ मा दुग्धजन्य पदार्थको एक, प्रशोधित पिउने पानीको ११, तेल तथा घ्यूका ३२ नमुना परीक्षण गरेकामा पानीको १ र घ्यूको चार नमूना प्रतिकूल भेटिएको जनाएको छ । खाद्य ऐन, २०२३ अनुसार न्यूनस्तरका खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्ने तीन जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरिएको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार, खाद्य ऐन, २०२३ विपरीत न्यूनस्तरको घ्यूसम्बन्धी बाबादिन अहिर, कुन्नीलाल यादव र मञ्जुदेवीविरुद्ध मुद्दा दायर गरिएको हो । यो अवधिमा गुणस्तर परीक्षणका लागि सङ्कलित दूध तथा दुग्धजन्य पदार्थको ५६, प्रशोधित पिउने पानीको १० र खाने तेल तथा घ्यूको ३४ नमूनामध्ये प्रयोगशाला परीक्षण गर्दा खुला दूधको १६ र सूर्यमुखी तेलको एक नमूना प्रतिकूल भेटिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले पानी उद्योगले गुणस्तरमा लापरवाही गर्ने गरिएको पाइएको बताए । उद्योगको पूर्वाधार र गुणस्तरसम्बन्धी न्यूनतम मापदण्ड पनि पूरा नगरी पानी बजारमा पठाउने गरेको अनुगमनका क्रममा भेटिएको उनले उल्लेख गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले सञ्चालन गरेको खाद्य स्वच्छता तथा गुणस्तर अभियान प्रभावकारी भए पनि अझै थप क्रियाशील हुनुपर्ने बताए । उनले उजुरी र बजार अनुगमनका क्रममा मात्र नभई नियमित रूपमा पानी, दुग्धलगायतका खाद्य उद्योगको अनुगमन र कानूनी कारवाही हुनुपर्नेमा जोड दिएका हुन् । कार्यालयले खाद्य तथा दाना पदार्थमा अवाञ्छनीय मिसावटलगायतका अन्य गुणस्तरमा ह्रास आउने काम हुन नदिन खाद्य एवं दाना पदार्थको गुण नियन्त्रण, खाद्य एवं दाना पदार्थको गुणस्तर जाँच परीक्षण, खाद्य प्रविधि विकास एवं प्रसार, खाद्य उद्योग स्थापनाका लागि सहजीकरण र नियमन तथा उपभोक्ता केन्द्रित चेतनामूलक कार्यक्रमको माध्यमबाट खाद्य स्वच्छताको प्रबर्धन गर्ने कार्य गर्दै आएको छ । रासस
एन आई सी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सेवासम्बन्धी सम्झौता
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्राइभेट लिमिटेड ग्वार्कोबीच सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका हुन् । उक्त बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकले मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।