अछामका महिलालाई घरेलु सेनिटरी प्याड उत्पादन तालिम
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुलाई सेनिटरी प्याड उत्पादन तालिम सुरु भएको छ । पुनः प्रयोग गर्न मिल्ले गरी प्याड उत्पादन गर्ने तीन दिने तालिम आइतबारदेखि सुरु भएको हो । छाउपडी प्रथाबाट प्रभावित नगरका महिलाहरुलाई नौ वटा समूह बनाएर तामिल दिन लागिएको छ । यो तालिमले महिलाहरुलाई महिनावरी हुँदा सुरक्षित बनाउको साथै उद्दमशीलता समेत बनाउने छ । नगरपालिकाको आर्थिक सहयोग र संवाद डबलीको समन्वयमा सुरु भएको तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ । नगरपालिकाका ९ वटै वडामा एउटा–एउटा समूह बनाइएको छ । प्रत्येक समूहमा तीन-तीन जना महिला हुने संवाद डबलीका सचिव धनन्वय बुढाले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवराज देबकोटाले सहभागिले बढीभन्दा बढी महेनत र क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । देबकोटाले विगतमा पनि यस्ता धेरै कार्यक्रमहरु हुँदै आएको भएपनि यो कार्यक्रबाट क्षमताको विकास गरेर विशेष उपलब्धि हुनुपर्ने धारणा राखे । समूहले उत्पादन गरेको प्याड वडाका महिलाहरुको साथै आसपासका क्षेत्रमा पनि बजारीकरण गर्नेछन् । जसले छाउपडी प्रथाविरुद्धको अभियानसँगै महिलाहरुलाई उद्यमशील समेत बनाउने छ ।
अजोडको प्रथम वार्षिकोत्सवः सिइओ खत्रीसहित ५९ जनाले गरे रक्तदान
काठमाडौ । अजोड इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमारबहादुर खत्रीले रक्तदान गरेर उक्त कार्यक्रमको सुरुवात गरेका हुन् । राजधानीको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा भएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । अजोड इन्स्योरेन्स कम्पनीको १७ वटा बीमा काउन्टर रहेको छ । यस्तै, एउटा ग्राहक सेवा केन्द्रबाट बीमा सेवा प्रवाह गरिरहेको कम्पनीले ३३ वटा बैंक तथा वित्तीय संस्थामा आफ्नो संस्थागत अभिकर्ता आवद्ध रहेको जनाएको छ । कम्पनीका सिईओ खत्रीले विकासन्युजसँग भने–‘हाम्रो कम्पनीको एक बर्षमा ४० करोड रुपैयाँ बीमा शुल्क प्रिमियम संकलन भएको छ ।’ खत्रीले हालसम्म आफूहरु आवश्यक पूर्वाधार निमार्णमा जुट्दै आएकाले आगामी दिनमा भने बीमा सेवा प्रवाहमा लाग्ने बताए । उनले डिजिटल रुपमा सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए । यस्ता छन् अजोडका प्रडक्टहरु कम्पनीले विभिन्न शीर्षकमा बीमितलाई बीमा सेवा प्रदान गर्दै आएको छ । हाल प्रपटी इन्स्योरेन्स, मोटर भेइकल इन्स्योरेन्स, म्यारिन–ट्रान्जिट काग्रो इन्स्योरेन्स, मिस्सिलीनिअस इन्स्योरेन्स, इन्जिनियरिङ् इन्स्योरेन्स, एभियसन इन्स्योरेन्स, एग्रीकल्चर इन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स शीर्षकका बीमितलाई बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
नेबिको प्रालिले गर्यो निःशुल्क स्वास्थ्य शिविर, सयौँले गराए स्वास्थ्य परीक्षण
काठमाडौँ । नेपाल कै जेठो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन नेबिको प्रालिले स्वास्थ्य जीवन, सफल जीवन भन्ने नारा सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बालाजु स्थित कम्पनी परिसरमा आयोजित स्वास्थ्य शिविरमा सयौँ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको हो । पिपुल्स डेण्टल हस्पिटलसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरिएको हो । कम्पनीले ५५ औँ वर्षगाँठ मनाइरहँदा सामाजिक कार्यलाई निरन्तरता दिंदै आएको कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले बताए ।