किन पिउने नरिवलकाे पानी ? ताैल घटाउनेदेखि डिप्रेसन हटाउनसम्म उपयाेगी
काठमाडौं। पानी पिउँदाको फाइदाको बारेमा सबैजना अवगत नै हुनुहुन्छ। त्यस्तै पानी जस्तै अर्को फाइदाजनक पेय पदार्थ हो नरिवलकाे पानी। नरिवलकाे पानीको अनेकौ फाइदाहरु छन्। डाक्टर नखानु भएको खण्डमा बाहेक बच्चा, गर्भवती महिलादेखि लिएर वृद्धा मानिसहरु सबैले नरिवल पानी पिउन सक्छन् । नरिवल पानीको स्वाद वास्तवमा धेरै ताज़ा र मिठो हुन्छ। नरिवल पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव १. कम क्यालोरीयुक्त पेय पदार्थ नरिवल पानी प्रशाेधित फलफुलको जुसको सट्टा राम्रो र स्वस्थ विकल्प हो। चिनी र क्यालोरी कम भएको नरिवलको पानी मधुमेह रोगीहरूको लागि राम्रो औषधि हो। डा. रश्मी सुधा २. पाचन बढाउन नरिवल पानीमा फास्फेटेस, डायसेट (एन्जाइमहरूको एक समूह जसले शरीरको चिनीलाई टुक्राएर माल्टोज बनाउने गर्छ), फोलिक एसिड, र अन्य एंजाइमहरूको उत्कृष्ट स्रोत हो जुन पाचन प्रकृयामा मद्दत पुर्याउछ। डिहाइड्रेसन भएका व्यक्तिहरुले नरिवलको पानीबाट अत्यन्त लाभ उठाउन सक्छन्। नरिवल पानीले शरीरमा गुमाएको इलेक्ट्रोलाइट र प्लाज्मा ब्यालेन्स पुनर्स्थापना गर्ने काम गर्छ। ३. कपाल झर्न राेक्छ, छिटाे बुढाे भइँदैन नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ। यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ। ४. डिप्रेसनबाट मुक्ति रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छ जसले तपाईंको मुडलाई ताजा बनाउँदछ। ५. शरिरकाे ताैल घटाउन कम-क्यालोरी भएको पेय पदार्थ हुनाले नरिवल पानी डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि स्वस्थ विकल्प हो। ६. शरिर मजबुद बनाउन क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले तपाईंको हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न सहयाेग गर्दछ। ७. मिर्गाैलाकाे पत्थरी गायव नरिवल पानी मिर्गाैलाकाे पत्थरीको समस्या समाधान गर्न एक प्राकृतिक तरिका हो। नरिवल पानीमा धेरै मात्रामा पाइने पोटासियमले पत्थरीलाई निको पार्नुको साथै फेरि पत्थरी नहुने सुनिश्चित गर्छ। ८. सन्तुलित रक्तचाप नरिवल पानी उच्च रक्तचाप भएको मानिसको लागि वरदान नै हो। नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनिरलहरुको साथै भिटामिन-सी ले रक्तचाप स्वस्थ राख्न मद्दत गर्दछ। ९. माइग्रेनकाे दुखाईमा कमी नरिवल पानीमा पाइने म्याग्नेसियमले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ।
त्रिकोणले गलेश्वर आश्रमलाई दियो थेरापी मेसिन
काठमाडौं । त्रिकोण एडभरटाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी लाई मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गरेका हुन् । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएको उनले बताए । ‘यसबाट आश्रमलाई औषधोपचारका क्रममा आवश्यक पर्ने थेरापीगर्न मद्दत मिल्छ,’प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीले लामो समयदेखि नै निरन्तरतादिइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेका हौं । भविष्यमा पनि यस्ता कल्याणकारी कार्य जारी राख्छौं । उक्त आश्रममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आश्रम प्रमुख स्वामी आत्मानन्द गिरीले उक्त सहयोगका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उक्त उपकरणले थेरापी आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने बताए ।
मेगा बैंकका ग्राहकहरुलाई ब्लुक्रस अस्पतालमा २० प्रतिशत छुट
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाडौँको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मेगा बैंक नेपालको सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले ब्लु क्रस अस्पतालमा इसीजी, इको, कोलोनोस्कपी, प्याथोलोजी, अल्ट्रासाउण्ड र सिटी स्क्यान परीक्षण गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, आइसीयू, क्याबिन र वार्डमा ७ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसैगरी, मेगा बैंकका ग्राहकलाई कुनै शल्यक्रिया गर्न परेमा अस्पतालले शल्यक्रिया शुल्क, बेड र मेडिकल शुल्कमा १० प्रतिशतसम्म छुट दिने भएको छ । दाँत परीक्षणमा २० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनगर राख्दै मेगा बैंकले यसअघि मेगा बैंकले काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालसँग सम्झौता गरी विशेष छुटको व्यवस्था गरिसकेको छ ।