निजी स्वास्थ्य संस्थाको स्तर अनुसार रकम तोक्नु पर्छः प्रतिवेदन
काठमाडौं । निजी स्वास्थ्य संस्थाको स्तर व्यवस्थापन गर्नुपर्ने नेकपाका सांसद जीवनराम श्रेष्ठले सुझाव दिएका छन्। स्वास्थ्य तथा जनसंख्या समितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् । ठूला लगानी भएका र साना अस्पतालको शुल्क खासै फरक नभएको यस्तो व्यवस्था गर्नु पर्ने उनले बताए। यसरी शुल्क तोकिंदा बिरामीहरु ठगिनबाट बच्न सक्ने उनले बताए। उपसमितिले मंगलबार स्वास्थ्य समितिमा आफ्नो प्रतिवेदन पेश गरेको थियो। समितिको बिगतको बैठकहरुमा सम्बन्धित मन्त्रालयहरुले प्रस्तुत गरेको नीती, कार्यक्रम, काम, कारबाहीको अवस्था, विद्यमान चुनौती र समाधान सम्बन्धमा प्राप्त दस्तावेज अध्ययनको आधारमा आगामी दिनमा गर्नुपर्ने काम कारबाही सम्बन्धिमा प्रतिवेदन तयार गरिएको थियो। प्रतिवेदनको बुँदा यस्तो रहेको छ :
सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटीबीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता
कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महा प्रबन्धक विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकिङ्ग सेवाको अतिरीक्त नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुटका दिने जनाएको छ ।
एभरेष्ट र अल्काबीच नगद रहित सेवा सम्बन्धी सम्झौता
काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र अल्का हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अल्का हस्पिटलका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र एभरेष्ट इन्स्योरेन्सका सहायक महाप्रबन्धक मनोजसिंह भण्डारीले हस्ताक्षर गरे । सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमालेख लिएका ग्राहकहरुले अल्का हस्पिटलमा भर्ना भई उपचार गराउँदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् र उपचार पूर्व नगद जुटाउने झन्झटबाट मुक्त हुने छन् ।