डिशहोमको एक्सन स्पोर्टस च्यानलले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्र्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो । ९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उदघाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमने सामने हुनेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ । साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा नगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ । राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङको विशेष सहयोग रहेको छ। प्रतियोगिताको अफिसियल बैंक लुम्बिनी विकास बैंक तथा अफिसियल एयरलाइन्स बुद्ध एयर छन् । प्रतियोगिताका उत्कृष्ट ५ विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्राजोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा युकेद्वारा सौजन्य हुने आयोजकको भनाइ छ । प्रतियोगिता सञ्चालन गरेर बचत हुन आउने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिने बताइएको छ ।
खै ! म के खोजिरहेको छु ?
यदाकदा हारिरहेको छु । खोजौं, कसलाई खोजौं ? नखोजौं शताब्दीदेखि, कसलाई खोजिरहेको छु । कहिले पहाडको सुसाहटमा, आफैंलाई हराइरहेको छु । कहिले तराईका फाँटहरूमा, गौँथली बनी आफ्नै अस्तित्व खोजिरहेको छु । प्रेमको अर्थलाई शिव खोज्दै धर्तीमा आएँ, म खोइ के कुराको खोजीमा शताब्दीदेखि खोजिरहेको छु । आफू अनगिन्ती यात्रामा हिँडिरहेको छु । शब्दले शब्दको अर्थ खोजिरहेको छ, प्रश्नले उत्तर खोजिरहेको छ । यहाँ मान्छे मान्छेबिच फाटा छन्, धर्म त यहाँ त्यतिकै बदनाम भइरहेको छ । जातको निर्माण खोइ कसले गर्यो ? धर्मको स्थापना खोइ कसले गर्यो ? यहाँ मान्छे धर्म र जातका नाममा, एकले अर्कोलाई काटिरहेको छ । संकल्प र संकल्पका यात्रीहरू, आफ्नै संकल्पमा हिँडिरहेका थिए । खोइ म के संकल्प लिएर हिँडिरहेको थिए ? आफैं अलमलमा अल्झिरहेको छु । भगवानहरू भगवान्त्वको खोजीमा हिँडिरहेका बेला, म आफूभित्रको आत्मज्ञानलाई खोजिरहेको छु । दिब्यदृष्टीमा सबैले आफ्नो अस्तित्व खोजिरहेका छन् । म त्यही दिब्यदृष्टीमा संसारको अस्तित्व खोजिरहेको छु ।
आइएमई पे टिकेटिङ पार्टनर रहेको ‘कन्दरा’ को कन्सर्टमा १० हजार सहभागी
काठमाडौं । कन्दरा ब्यान्डले पोखरामा ‘कन्दरा- लाइभ इन पोखरा’मा प्रस्तुती गरेको छ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई सम्पन्न गरेको छ । संगीत, उर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’को नारा लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पुस २७ गते शुक्रबार प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम समापन गरेको हो । ‘पहिला घरदेश, अनि परदेश’ को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनि एल्फा स्क्वायर (ए.एस.क्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै भने, ‘सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको जनाउनु साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण हो ।’