प्रेम गीत ३ डिशहोममा प्रदर्शन हुँदै
काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने जनाएको छ । ‘प्रेम गीत ३’ यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा मा पनि यो चलचित्र उपलव्ध हुनेछ । यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।
कविता : धन कमाउँछु, घर जमाउँछु
आमा र बुबाको हाँसोका लागि मेरो खाँचो बन्न, रहर छ, करोडौं सपना सजाएको कोठाको साँचो बन्न । धन कमाउँछु, घर जमाउँछु, साथ बसाउँछु, छुट्ने छैन हाम्रो नाता, देऊ हात कसिलोसँग समाउँछु । नसुनाऊ कसले के गर्यो, कहाँ पुग्यो, के सफल भयो, लाग्छ आजसम्म मैले गरेको सबै प्रयास विफल भयो । देखेको र सोचेको त कैयौं कुरा हुन्छन्, केही गरेर देखाउन सकेको नि होइन, कुनै दिन त होला नि, अहिले पो मुखमा च्याप्ने एक खिल्ली खुसी पनि छैन । न त बन्न सके राम्रो नै न त छ मनमा चैँ-न भाग्य भए, भोलि त होला नि आज पो छैन । पैसा नै सबै थोक त हैन, तर पैसाको बिटो हातमा गन्नेछु, भाग्य भए, एक दिन सफल म पनि त बन्नेछु । छन् ! सपना सजाएर फाट्न लागेका झोला, के मैले देखेको, सोचेको, आँटेको र साँचेको रहर पूरा होला ?
नयाँ नेपाली सुपरहिट फिल्म डिशहोममा प्रदर्शन हुँदै
काठमाडौं । डिशहोममा नेपाली नयाँ नयाँ चलचित्र प्रदर्शन हुने भएको छ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र यक्सकुल्लुसिप प्रदर्शन हुने भएको छ । विभिन्न कारणबस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्ने कम्पनीले जनाएको छ । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोवाईल वाट एसयमएस पठाएर चलचित्र हेर्न सकिन्छ । डिशहोमको यो प्रयासले सपरिवार संगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।