अवैध रुपमा वैदेशिक रोजगारीमा गएकालाई वैधता दिने सरकारको तयारी

काठमाडौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ । मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उनले यस्तो बताएका हुन् । उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न मुलुकमा पुगेको र एक पटकका लागि भने सरकारले वैधता दिनेगरी आफ्ना काम कारबाही अघि बढाएको बताए । उनले वैदेशिक रोजागारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमीकहरु बढी शोषणमा परेको बताए । उनले अवैध रुपमा विदेश गएका नेपाली नागरिकहरुलाई एक पटकका लागि वैधता दिन सरकारले अभियानकै रुपमा काम थालेको बताए । उनले भने, ‘महिलाहरुको गन्तव्यमुलुकको चोरी बन्द भएको छ, तर महिलाहरु विभिन्न मुलुकमा पुगेका छन्, अनि शोषण भएको छ । अहिले श्रम स्वीकृति नभएर कति विद्यार्थी, भिजिट भिसामा छिर्ने र काम गर्ने गरिरहका छन्, त्यसको लागि केही लिगल कुराहरु छन्, कुनैपनि भिसामा गएका नेपालीहरु काम गरिरहेका छन् भने तिनलाई पनि श्रम स्वीकृति दिने तयारीमा हामी छौँ ।’ कार्यक्रममा बोल्दै ओरेक नेपालका संस्थापक अध्यक्ष रेणु राजभण्डारीले महिलाहरुको श्रमको मूल्य पाउनेगरी सामाजिक सुरक्षा योजना आवश्यक रहेको बताए । उनले प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रमको आवश्यक्ता रहेको उल्लेख गरे । उनले भने, ‘योगदानमा आधारित, ह्वाट डु यु मिन बाइ योगदानमा आधारित ? योगदान भनेको काम गरेको भयो । घरेलु श्रमीकलाई कुन चाहीँ इम्प्लोयरले पैसा हाल्दिन्छ । शोषण सेक्युरिटि स्किम चाहियो । प्रपर सोसल सेक्युरिटी स्किम चाहियो ।’ कार्यक्रममा महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीबाट अलपत्र बनेर आएका महिलाहरुको व्यवस्थापनका लागि सातै प्रदेशले सोच्न जरुरी रहेको बताए । उनले वैदेशिक रोजगारीमा गइ अलपत्र परेका महिलाहरुको अभिभावकत्व राज्यले लिनुपर्ने बताए । उनले भने, ‘आज खुला नाकाबाट दिनदहाडै महिलाहरु बेचिइरहेका छन्, पारी गएपछि गर्भवती बनाएर वारी ल्याइएको छ, अब न बाबु, न राज्य न समाजले स्वीकारेको छ, उनीहरुको हालत हामीले देखिरहेको छौँ । राज्यको भुमिकामा सातै प्रदेशमा महिलाहरु वैदेशिक रोजगारीबाट अलपत्र आएभने राज्यले अभिभावकत्व लिनुपर्छ र व्यवस्थापन गर्नुपर्छ ।’ सदस्य खतिवडाले अहिले पनि खुला नाकाबाट महिलाहरु बेचिनुपर्ने अवस्था विद्यमान रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १३५ जना कर्मचारी

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोक सेवा आयोगको सहमतिमा १५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थानले ११ औं तहदेखि ५ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । प्राध्यापकका लागि २ जना, सह–प्राध्यापकका लागि ३ जना, सहायक प्राध्यापकमा लागि ३४ जना, लेक्चर ५ जना, नर्सिङ्ग सुपरभाइजर १ जना, नर्सिङ्ग अधिकृत ३ जना, ल्याब टेक्नोलोजिष्ट २ जना, फिजियोथेरापी टेक्नोलोजिष्ट, अडियोलाजिष्ट १ जना, अप्टोमेष्टिक १ जना, रेडियोलोजी टेक्नोलोजिष्ट २ जना, स्टाफ नर्सका लागि ५९ जना लगायत अन्य पदका लागि पनि कर्मचारी मागेको हो । अधिकृत पदको लागि २१ वर्ष तथा सहायक पदको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदको लागि ४२ वर्ष, सह–प्राध्यापक पदको लागि ४५ वर्ष, प्राध्यापक पदका लागि ५० वर्ष, प्राविधिक सेवा तर्फ ४० वर्ष, प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । बैशाख १५ गतेदेखि जेठ ४ गतेसम्म ४ गतेसम्म र दोब्बर दस्तुरमा जेठ ११ गतेसम्म आवेदन दिनुपर्ने बताइएको छ ।

समता घरेलु लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्तले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । संस्थाले विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अनुगमन तथा सुपरिवेक्षण विभाग, जोखिम विभाग, प्रशासन विभाग अन्तर्गत व्यवस्थापकीय अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । साथै, संस्थाले लेखा विभाग, वित्त विभाग, सूचना तथा प्रविधि विभाग लगायतका अन्य विभागमा वरिष्ठ सहायक पददेखि सहायक अधिकृत पदहरुमा १ १ जनाका दरले कर्मचारी माग गरेको छ । प्रशिक्षार्थी देखि अधिकृतसम्मका पदहरुका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाको अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, स्किलफुल तथा क्षमतावान उम्मेदवालाई बढी प्राथमिकता दिइने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।