राष्ट्रिय बीमा संस्थानले माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर खुलाएकाे छ । संस्थानले सहायक व्यवस्थापकमा २ जना, र सहायकमा दुईजना कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले सोही सुचनामा मार्फत जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने संस्थानले जनाएको छ । यस्तै, दोब्बर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन अर्थात वैशाख ३० गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्ता फाराम भने संस्थानको वेवसाइटबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएकाे छ ।

सेनाले माग्यो विभिन्न पदमा १५५ जना कर्मचारी, डाक्टरदेखि प्लम्बरसम्म

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो । सेनाले  डाक्टर, नर्स, लेखा, पुजारी, प्लम्बर, भेटेरीनरीदेखि लिएर विभिन्न पदका लागि १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको छ । दरखास्त पेस गर्ने अन्तिम मिति वैशाख २३ गतेसम्म तोकिएको छ । निर्देशनालयको अनुसार १० रुपैयाँको टिकट टाँसेर स्वयम उपस्थित भई नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त फारम बुझाउन सकिनेछ । यस्तै, दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म आवेदन फारम बुझाउन सकिने पनि निर्देशनालयले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारी माग गरेको छ । बैंकले एसोसियटस् डिरेक्टर, डिरेक्टेड लेण्डिङका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बैंकको इमेलमार्फत दरखास्त दिन सकिने कम्पनीले जनाएकाे छ ।