नेपाल टेलिकममा काम गर्ने अवसर, यी १३ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल टेलिकमले विभिन्न १३ पदका लागि ७३ जना कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उपप्रबन्धकमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, कम्पनीले वरिष्ठ इन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, टेलिकम इन्जिनियर पद (इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन) मा १० जना, टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा ५ जना, टेलिमक इन्जिनियर (इलेक्ट्रिकल) पदमा ३ जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ । त्यसैगरी, कम्पनीले सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना, सहायक व्यापार अधिकृत ४ जना, टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र जुनियर टेक्निसियन पदमा १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले महिला, आदिवासी जनाजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समावेश गरेर विभिन्न पदमा कर्मचारी माग गरेको हो । टेलिकमअनुसार ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।    

हिमालयन एभरेष्ट इन्स्योरेन्समा आकर्षक रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले विजनेशमा स्नात्तक तह वा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले इन्स्योरेन्स कम्पनीको इमेल मार्फत फागुन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल क्लियरिङ हाउसले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  नेपाल क्लियरिङ हाउसले धेरै संख्यामा कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे । कम्पनीले सपोर्ट एनलाइस्टका लागि १ जना, स्टिम एनलाइस्टका लागि ४ जना, टेक्निकल एनलाइस्टका लागि १ जना, आइओएस डेभलपरका लागि १ जना, जुनियर एनड्रोयड डेभलपरका लागि १ जना, क्युए इन्जिनियरका लागि १ जना, विजनेश एनलाइस्टका लागि १ जना, फेलोसिप इन्ट्रन अन्तर्गत ९ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।