स्वावलम्बन लघुवित्तले माग्यो ५० जना कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी मागेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम एसईई वा सो सरह उत्तीर्ण भएको शैक्षिक योग्यता हुनपर्नेछ । साथै एसईईमा न्यूनतम १.६ ल्याएको हुनुपर्नेछ । साथै, कम्तिमा ३ महिना आधारभूत कम्प्युटर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । लघुवित्त संस्थाहरुमा काम गरेको अनुभव भएका तथा मोटरसाईकल तथा स्कूटरको चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ । ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।

सांग्रिला डेभलपमेन्ट बैंकमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि आवेदकले कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ ६ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।    

महुली लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै वरिष्ठ सहायकका लागि केही र कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र  संस्थाको वेवासाइट मार्फत आवेदन दिन सक्ने छन् ।