सानिमा बैंकले माग्यो कर्मचारी
काठमाडौं । सानिमा बैंकले कर्मचारीको माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कर्पोरेट पदका लागि ट्रेनि जुनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि कर्मचारी माग गरेको जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर पुस २७ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
एलिट मर्चेन्ट क्यापिटलले माग्यो कर्मचारी
काठमाडौं । एलिट मर्चेन्ट क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले इन्भेष्टमेन्ट म्यानेरमा १ जना, कर्पोरेट एडर्भासरी हेडमा १ जना, एकाउन्ट फाइनान्स हेडमा १ जना र सिनियर असिस्टेन्टमा ४ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २१ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।
स्वदेशी रोजगारप्रति युवायुवतीको चासो
टङ्कीसिनवारी । प्रदेश नं १ सरकारले श्रम बजारमा स्थापित गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको प्राङ्गणमा जारी विराट एक्स्पो २०७९ मा सञ्चालनमा आएको रोजगार मेला स्टलमा युवायुवतीको चासो अत्यधिक देखिएको छ । प्रदेश नंं १ सरकारको उद्योग, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रोजगार सूचना केन्द्रले एक्स्पोमा स्टल राखेर रोजगार मेला २०७९ सञ्चालनमा ल्याएको हो । रोजगार मेलामा खटिएका कर्मचारीलाई स्वदेशमा पाइने रोजगारका बारेमा युवायुवतीको जिज्ञासा सम्बोधन गर्न भ्याइनभ्याइ छ । सामथ्र्य र पहुँच नभएका बेरोजगार युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको छ । योग्यता अनुसारको उपयुक्त उद्योग र व्यापारिक सङ्घ संस्थामा जागिर खानका लागि आवेदन दिनेको सङ्ख्या थेगिनसक्नु छ । रोजगार सूचना केन्द्रका संयोजक ललितकुमार यादवले रोजगारमा लागेर आफ्नै खर्च जुटाएर पढ्न चाहने गरिब, पिछडावर्गका युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको बताए । उनले पैसा नहुने तर काम गर्न चाहने युवायुवतीको लागि रोजगार सूचना केन्दले बायोडाटा बनाउनेदेखि अन्र्तवार्तासम्मको तयारी निःशुल्क गराउने बताए। रोजगार मेला सञ्चालनमा रहेको थाहा पाएर धनपालथान–१ का शिवनन्दन मण्डल रोजगारीका लागि एक्स्पोमा आवेदन दिन आएका थिए । उनले बेरोजगार युवायुवतीका लागि स्वदेशमा नै रोजगारी उपलब्ध गराउने गरी प्रदेश सरकारले सञ्चालन गरेको कदमको प्रशंसा गरे । उद्योग सङ्गठन मोरङका उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले प्रदेश सरकारको रोजगार मेलाले बेरोजगार युवायुवतीलाई व्यापक आकर्षित गरेको बताए । क्षमतावान युवायुवती वैदेशिक रोजगारीमा पलायन भइरहेको बेला रोजगार सूचना केन्द्रले स्वदेशमा नै रोजगारका लागि सहजकर्ताको भूमिका खेलेको राठीले बताए ।