दुई खर्ब बढीको अटो क्षेत्र समस्यामा, बैंकले ऋण नदिँदा स्टक गाडी समेत बिक्री भएनन्

काठमाडौं । आयात गर्न नपाएका व्यवसायीले आफूसँग स्टक रहेका गाडी पनि विक्री गर्न नपाएको गुनासो गर्न थालेका छन् । गाडी खरिद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध नगराउँदा स्टक गाडीको पनि विक्री रोकिएको व्यवसायीले बताएका हुन् । अटो बजारमा मन्दी आउनुमा सवारीसाधन कर्जा (अटो लोन) नपाउनु मुख्य समस्या रहेको व्यवसायी बताउँछन् । हाल नेपाली सवारी खरिदकर्तामध्ये ९० प्रतिशत अटो लोन लिएर मात्रै गाडी खरिद गर्ने रहेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्रकुमार उप्रती बैंकले अटोमा लोन नदिदा स्टक भएका सवारी साधन समेत बिक्री गर्न नसकिएको बताउँछन् । नेपालमा बैंक तथा वित्तीय संस्थाको सहयोग अर्थात् हायर पर्चेज कर्जाबाटै गाडी खरिद गरेका हुन्छन् । राष्ट्र बैंकले ६० प्रतिशत रकम तिरेर बाँकी ऋणमा गाडी खरिद गर्नसक्ने व्यवस्था गरेको छ । ‘आयातमा रोक लगाउँदाको असर अहिले नै देखिएको छैन, सोरुममा गाडी भएपनि बैंकले फाइनान्स नगर्दा बिक्री वितरण ठप्प जस्तै बनेको छ, बैंकले लोन नदिदा गाडी तथा पार्टस् बिक्री भएनन्,’ उनले भने । महासचिव उप्रेतीका अनुसार सवारी साधनसँगै पार्टसको विक्री पनि ठप्प छ । नयाँ सवारी साधन आयातमा रोक लगाएसँगै पार्टसको व्यापारमा मन्दी आउँदा अटो व्यवसाय नै धरासायी बनेको उनको भनाई छ । पार्टसको आयातमा सरकारले रोक लगाएको छैन । सवारी साधन बिक्री नै बन्दजस्तो हुँदा पार्टसको समेत बिक्री नभएको उनको भनाई छ । ‘अहिले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढेको छ, सवारी साधन हुनेहरुले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै अतिआवश्यक बाहेक सवारी साधन चलाउनै बन्द गरेको पाइएको छ, सवारी साधन चले पो पार्टसको बिक्री हुन्छ, फ्युलको पैसा बढेको भन्दै घरमा सवारी थन्काएपछि पार्टसको व्यापारमा समेत मन्दी भयो’, उनले भने । उनले गत वर्ष कोरोना महामारीको समयमा धमाधम बिक्री भएका सवारी साधन अहिले लामो समयदेखि ठप्प जस्तै भएको बताए । ‘कोरोना कालमा गाडीहरु सुचारु हुँदा उल्लेख्य मात्रामा सवारीहरु बिक्री भएका थिए, अहिले लामो समयदेखि ठप्पजस्तै भयो’, उनले भने । उपभोक्तासँग पैसा नहुँदा अटो मोबाइल क्षेत्रको व्यापार ठप्प भएको उनको भनाई छ । ‘उद्योग मन्त्रालयले राजपत्रमा सूचना नै निकालेर असार मसान्तसम्म गाडी लगायत अन्य वस्तुको आयातमा रोक लगाएको छ, सरकारले लगाएको रोकको असर अहिले नै बजारमा देखिसकेको छैन, अहिले नै आयात खुल्ला जस्तो देखिएको छैन, सरकारले ध्यान उद्योग व्यवसायतर्फ मात्रै रहेको पाइएको छ,’ उनले थपे । सरकारले सवारी साधन आयातमा रोक लगाउँदा अटो मोबाइल क्षेत्रको दुई खर्ब बढी लगानी जोखिममा परेको महासचिव उप्रेती बताउँछन् । विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा बैंक तथा वित्तीय संस्थाले सवारी साधन आयातको प्रतितपत्र बन्द गरेका थिए । राष्ट्र बैंकको मौखिक निर्देशनको भरमा अटो व्यवसायलाई मात्र निशानामा राखिएको भन्दै अटोमोबाइल्स व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री तथा डेपुटी गर्भनरलाई भेटेर आयात खुलाउनुपर्ने माग राखेका थिए । व्यवसायीहरुको माग पश्चात उद्योग मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरेर असार मसान्तसम्म गाडी लगायत विभिन्न वस्तुको आयातमा रोक लगाएको हो । सरकारले असार मसान्तसम्म आयातमा रोक लगाए पनि व्यवसायीहरुले प्रतिवन्ध अझै लामो समयसम्म जानेसक्ने बताउँदै आएका छन् ।

अल्फा अटोमोटिभद्वारा सगरमाथा आरोहीलाई सहयोग

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले सगरमाथा आरोहीलाई सहयोग गरेको छ । गुफी नामले परिचित प्रमोद श्रेष्ठले यस सिजनमा बालिकालाई बालविवाहविरुद्ध शिक्षा अभियानलाई सफल पार्न भन्दै सगरमाथा आरोहण गर्दैछन् । उक्त आरोहणमा अल्फा अटोमोटिभ जोडिएको हो । अटोमोटिभका राइडरसमेत रहेका श्रेष्ठलाई निर्देशक हर्ष संघाइले ५ लाख बराबरको चेक आज हस्तान्तरण गरी सहयोग गरेका हुन् । साथै संघाइले सफल आरोहणका लागि शुभकामना दिएका छन् ।

अटो क्षेत्रलाई आतंकित पारिएको व्यवसायीको आरोप, नाडाले बोलायो आपतकालिन बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशनले आफूहरु आतंकित बनेको प्रतिक्रिया अटो व्यवसायीहरुले दिएका छन् । सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेतीले राष्ट्र बैंकको निर्देशनले व्यवसायीहरु हतोत्साही भएको बताए । उनले राष्ट्र बैंकले अटो व्यवसायीलाई आंतकित पार्ने काम गरेको आरोप पनि लगाए । ‘गाडी आयातमा गरिएको कडाईको विषयमा आधिकारिक रुपमा पत्र पाइसकेका छैनौं, राष्ट्र बैंकले निर्देशन दिएको भन्ने हामीले विभिन्न मिडियाबाट सुनेका छौं, सो निर्देशन सुन्नासाथ हामी व्यवसायीहरु आतंकित बनेका छौं, आयात नै बन्द गर्ने राष्ट्र बैंकको निर्णयबाट देश डुब्न लागेको संकेत बुझिएको छ, मान्छेहरुलाई आतंकित बनाएपछि उनीहरुले आफूसँग भएको रकम बैंकमा जम्मा नगर्ने, भएको निकाल्ने गर्छन्, त्यसले झनै समस्या चर्कन सक्छ,’ उनले भने । महासचिव उप्रेतीले राष्ट्र बैंकले दिएको निर्देशनले देश डुब्न लागेको संकेत दिएको भन्दै व्यवसायीहरुले देश छोड्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘बैंकले फाइनान्स गर्न सक्छ भने गाडी आयातमा किन कडाई, राष्ट्र बैंकसँग पैसा भएर नै बैंकले फाइनान्स गरेर दिन खोजेको हो कि, देशमा आयात हुने अटोमोबाइल क्षेत्र मात्र हो र, अन्यमा कडाई नगरी किन अटोमोबाइल क्षेत्रमा मात्र कडाई, देशमा अटोमोबाइल नै भएन भने अतिआवश्यक वस्तुको ढुवानी कसरी हुन्छ, जबसम्म अटोमोबाइल क्षेत्र चलायनमान हुँदैन तबसम्म देश समृद्ध बन्न सक्दैन्,’ महासचिव उप्रेतिले भने । बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक तथा नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालकी सदस्य यमुना श्रेष्ठ अटो क्षेत्रमा मात्र राष्ट्र बैंकले कडाई गर्नुका पछाडी सन्देह रहेको बताइन् । आर्थिक रुपमा अप्ठेरो अवस्था सिर्जना भएकोले आयातमा कडाई गरिएको भए गाडीसँगै अन्य वस्तुको आयातमा पनि कडाइ हुनुपर्ने उनको तर्क छ । ‘मैले सुनेअनुसार नुन तेल बाहेक सबै वस्तुको आयातमा कडाई गर्ने भनिएको रहेछ, अब सबै क्षेत्रमा कडाई गरिएको भए अटो व्यवसायी बोल्ने कुरै भएन, यदि मैले सुनेभन्दा फरक भयो भने नाडाबाट प्रतिवाद गछौँ’, उनले भनिन । राष्ट्र बैंकले गाडी आयातको एलसी रोक्न दिएको निर्देशन पश्चात नाडाले मंगलबार दिउँसो कार्य समिति बैठक बोलाएको छ । सो बैठकमा राष्ट्र बैंकले दिएको निर्देशकका विषयमा पनि छलफल हुनेछ । यसअघि बैंकले विदेशी मुद्राको संचिति कम भएको भन्दै गाडी आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । यस्तै बैंकले विभिन्न ४७ वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।

सर्लाहीमा ट्रियो इलेक्ट्रिक अटोकाे बुकिङ खुला

काठमाडाैं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सर्लाहीमा सार्वजनिक गरेको छ । महिन्द्रा समूहको एक हिस्सा रहेकाे यस कम्पनीले बिहीबार  मलंगवा–३, सर्लाहीमा उक्त इलेक्ट्रिक अटो सार्वजनिक गरेकाे हाे । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जानकारी दिएकाे छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख (पेट्रोल अटोको तुलनामा) रुपैयाँ बचत गर्नसक्ने कम्पनी बताउँछ । भारतमा महिन्द्रा ट्रियो १० हजारभन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । याे पहिलाेपल्ट २०१८ मा सार्वजनिक गरिएकाे थियाे । ट्रियो ठूलो मात्र नभइ विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस अटाेमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध हुनुकाे साथै यस अटाेले पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी देखाउँछ । यसकाे अटाेकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।  

फागुन १३ र १४ गते चांगन अटोको एक्सेन्ज क्याम्प हुने

काठमाडौं । चांगन अटोले आफ्नो नक्शाल सोरुममा एक्सेन्ज क्याम्प गर्ने भएको छ । कम्पनीले फागुन १३ र १५ अर्थात शुक्रबार शनिबार एक्सचेन्ज क्याम्प गर्न लागेको हो । यस मेलामा ग्राहकहरुका निम्त्ति विभिन्न अफरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार अफरमा ग्राहकहरुले आफ्नो गाडीको राम्रो मुल्याङकन पाउनुका साथै दुई लाखसम्मको एक्सेन्ज टपअप प्राप्त गर्नेछन् । यो सँगसँगै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा निःशुल्क प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकहरुले हरेक टेस्ट राईडमा आकर्षक उपहार प्राप्त गर्नुको साथै तीन जना भाग्यमानी ग्राहकहरुले दुई वर्षको नि:शुल्क सर्भिसिङ्ग भाउचर पनि प्राप्त गर्नेछन् ।  

चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपालमा सार्वजनिक गर्दै

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिकअप हन्टर नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चांगन हन्टरलाई जनवरी २०२२ सम्म नेपालमा सार्वजनिक गर्ने जनाएको छ । हन्टरमा १।९ टर्बोचार्ज्ड इन्जिन रहेको छ जसमा १९१० सीसीको डीसप्लेसमेन्ट रहेको छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ। हन्टरको ३९१० एमएमको व्हील बेस रहेको छ र यो २३० एम एम ग्राउन्ड क्लियरेन्स सहित आउँदछ जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको कम्पनीले दावी गरेको छ । कम्पनीको अनुसार यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुन सक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सकिन्छ । हन्टरमा पुष इन्जीन स्टार्ट बटन जडान गरिएको छ । अझ सुविधा युक्त बनाउन हन्टरमा क्रूज कन्ट्रोल सुविधा रखिएको  छ । क्रूज कन्ट्रोलले बाटोको अवस्था अनुसार मिल्दो स्पीड ,सुनिस्चित गर्न मदत गर्दछ । हन्टर ६(स्पीड अटोमेटिक गेयर ट्रान्समिसनको साथमा आउने गर्दछ, जसले आँफै नै रोडको कन्डीसन अनुसार गेअर बदल्न मदत गर्दछ । यस प्रिमियम पिकअपले इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम मार्फत तपाईंको र तपाईंको गाडीको उचित खयाल राख्दछ । येसमा अटो स्टप क्लाईम्ब सुविधा भएकोले गर्दा ग्राहकहरुले उकालो पहाड चढ्दा कुनै पनि किसिमका समस्याहरुबाट नपर्ने कम्पनीले जनाएको छ ।

२०२२ मा विश्व अटो बजारमा आउने उत्कृष्ट ५ कार, यस्तो छ मूल्य

काठमाडौं । अंग्रेजी वर्ष २०२२ आउन अब एक दिन मात्र बाँकी छ । मानिसहरु सन् २०२१ लाई बिदाई गर्दै २०२२ को स्वागत गर्ने पखाईमा छन् । नयाँ वर्षको अवसर पारेर विश्व अटो बजार निकै तात्ने गरेको छ । नयाँ वर्षको अवसर पारेर नयाँ गाडी खरिद गर्नेहरुको चहल पहल पनि निकै बढेको देखिन्छ । कम्पनीहरुले ग्राहकलाई आकर्षण गर्नको लागि स्वरुमहरुमा बिक्री देखि देखाउनकै लागि पनि कन्सेप्ट कार राख्ने गरेका छन् । वर्षेनी गाडी उत्पादक कम्पनीहरुले नयाँ वर्षका लागि उत्कृष्ट कारहरु सार्वजनिक गर्ने गरेका छन् । अहिले पनि २०२२ का लागि नयाँ कारहरु सार्वजनिक भइरहेका छन् । अहिले विश्व अटो बजारमा इलेक्ट्रीक कारको माग र चर्चा पनि बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा इलेक्ट्रिक कार तथा सवारी साधनको चर्चा चुलिँदो छ । मानिसहरु अहिले इलेक्ट्रिक सवारी साधनमै केन्द्रित भएका छन् । हामीले २०२२ का लागि उत्पादन भएका उत्कृष्ट १० इलेक्ट्रिक कारहरुको चर्चा गरेका छौं । यस्ता छन् २०२२ का उत्कृष्ट १० इलेक्ट्रिक कार लुसिड एयर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बिक्री केही मात्रामा सुस्त रहेको लुसिडले सन् २०२२ का लागि विद्युतीय नयाँ गाडी बजारमा ल्याउने बताएको छ । कम्पनीले नयाँ विद्युतीय सुडान कार बजारमा ल्याउने प्रतिवद्धा गरेको हो । जसको मूल्य ७७ हजार ४०० अमेरिकी डलर पर्न सक्ने कम्पनीको भनाई छ । यो कारले ४०६ किमी माइलेज दिने कम्पनीको दावी छ । एस्टोन मार्टिन भ्यान्क्विस एस्टोन मार्टिन कार भारतीय अटो बजारमा उपलब्ध छ । कम्पनीले यसको मूल्य मूल्य ४ लाख ५० हजार अमेरिकी डलर तोकेको छ । कम्पनीले नाम पूरानै राखे पनि नयाँ प्रविधि र इक्विपमेन्टहरु राखेर नयाँ गाडीहरु सार्वजनिक गरेको हो । हुण्डाई यूनिक प्रख्यात गाडी उत्पादक कम्पनी हुण्डाईले केही महिना अगाडि मात्रै ‘हुण्डाई यूनिक ५’ विद्युतीय गाडी सार्वजनिक गरेको छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने कम्पनीको दावी छ । यो गाडी नेपालमा पनि भित्रिसकेको छ । यसमा २८ किलोवाट लिथियम–वाट पोलिमर ब्याट्रीसहित ८८ किलोवाटको इलेक्ट्रिक मोटर छ । जसलाई एकपटक चार्ज गरेपछि गाडी २५० किलोमीटरसम्म गुडाउन सकिन्छ । सेमी अटोमेटिक ट्रान्समिशन विशेषताको यो गाडीमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा रहेको कम्पनीको भनाई छ । ‘यूनिक’मा एअर ब्याग, ब्लाइन्ड स्पट डिटेक्शन, अटोनोमश डिटेक्शन, लेन चेन्ज असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल लगायतका सुरक्षा विशेषता छन् । ड्राइभिङ डाइन्यामिक्सका साथ ‘यूनिक’ लुक्स र पर्फरमेन्समा पनि उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ । इन्फिनिटी फ्ल्यागसिप इन्फिनिटी फ्ल्यागसिपले विद्युतीय अटो बजारमा नयाँ भविश्य सिर्जना गर्ने उद्धेश्यका साथ नयाँ इन्फिनिटी सेडान नामक कार सार्वजनिक गर्ने योजना बनाएको छ । सन् २०२२ को सुरुमै यो कार सार्वजनिक गर्ने कम्पनीको तयारी छ । जसको मूल्य ७५ हजार अमेरिकी डलर पर्ने कम्पनीको प्रारम्भिक अनुमान छ । निशान–४०० जेट निशानले पनि नयाँ विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको छ । निशान–४०० जेट नामक नयाँ कारले विद्युतीय अटो बजारमा नयाँ उत्साह दिने कम्पनीको दावी छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने अनुमान गरेको छ । यो कारको १ पटक चार्ज गरेमा ४०० किमि माइलेज दिने कम्पनीको भनाई छ ।  

भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन

काठमाडाैं । भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेकाे छ । सात सदस्यीय एसोसिएसनको सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् भने सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरमा अटोमोबाइल्स सम्वन्धि काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको लागी एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले बताए । एसोसिएसनले भावी दिनहरुमा व्यवसायीहरुको हकहितका साथै सामाजिक कामहरु पनि गर्ने योजना रहेको उनले सुनाए । साथै व्यवसायीहरुको लागि शीपमूलक तालिम दिने योजना रहेको पनि उनले बताए । उपभोक्ता हाम्रा देवता हुन्, अध्यक्ष खर्वुजाले भने, त्यसकारण उनिहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं । अटोमोबाइल्ससँंग सम्बन्धित अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोवाल्स पार्ट तथा लुब्रिकेन्टस् विक्रीवितरण, मर्मत तथा वर्क सप (अटोमोबाइल्स मर्मत तथा सम्भार)मा काम गर्ने व्यवसायीहरु एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ ।

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो !

काठमाडाैं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो धनगढीमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले शुक्रबार इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ । यस अटाेले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेकाे छ ।    

तरलताको अभाव र खर्च नउठ्ने भएपछि नाडा अटो शो सर्याे, अब दशैंमा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयाेजना गर्ने नाडा अटो शो पुनः सरेको छ । यसअघि एशोसिएशनले फागुन ९ गतेदेखि १४ गतेसम्म गर्ने भनेको नाडा अटो शो अब भने दशैंमा मात्रै हुने भएको हो । अहिले बजारमा तरलताको अभाव, शोमा सहभागीहरुको कम र शोको लागि गर्ने खर्च नै नउठ्ने देखेपछि नाडा अटो शोलाई सार्नु परेको नाडा सचिवालयले बताएको छ । नाडा सचिवालयका फागुनमा हुने भनिएको शोका लागि स्टल बुकिङ खोल्दा कमै सहभागी हुने देखिएपछि सारिएको हो ।  ‘अहिले बजारमा तरलताको पनि अभाव छ, हामीले गरेको खर्च पनि उठ्ने देखेनौं, सहभागी पनि कमै हुने भए तयसैले पनि सानु पर्यो,’ नाडा सचिवालयले भन्यो । व्यवसायीहरुले एकै वर्ष २ पटक अटो शो हुने भएको भन्दै दशैंमा समयमा उचित हुने सुझाव दिएका थिए । यसअघि नाडाले प्रत्येक वर्ष सेप्टेम्बरमा अटो शो गर्ने गरेको थियो । तर कोभिड–१९ महामारीपछि अटो शो हुन सकेको छैन् । केही दिनअघि अटो शोको लागि स्टल बुकिङ खुल्ला भएको थियो । नोभेम्बर १८ तारिखदेखि २२ तारिकसम्मको समय राखेर खुल्ला भएको स्टल बुकिङमा मोटरसाइकल र पार्टस्का स्टल बुकिङ भएपनि कार सेग्मेन्टमा अत्यन्त न्यून बुकिङ भएको थियो ।

हेटौंडा पुग्याे ट्रियो इलेक्ट्रिक अटो

हेटौंडा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो  हेटाैडामा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले बुधबार इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ । यस अटाेले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेकाे छ ।  

अग्नि ग्रुपकाे ट्रियो इलेक्ट्रिक अटो चितवनमा पनि, वार्षिक २ लाख रुपयाँ बचाउने

चितवन । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो  चितवनमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले मंगलबार इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ । यस अटाेले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेकाे छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८० हजार किमी वारेन्टीसहित आउँछ । यो हाल नेपालमा अन्य अटोहरूभन्दा धेरै रहेकाे कम्पनीकाे दावी छ । महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू १. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने – इन्धनको बढ्दो भाउबाट अलग्गै रहने, पेट्रोल थ्री व्हीलरका तुलनामा वार्षिक २ लाख बचत गर्ने – पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत – दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने रकम १०० रुपैयाँभन्दा कम – फूल चार्ज आठ युनिट, प्रति युनिट १२ रुपैयाँले १२० किमी गुड्ने २. उत्कृष्ठ पर्फेमेन्स – उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क – बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने । –प्राविधिक रूपमा उन्नत आइपी६७ जसले रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ । – प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा ३. उन्नत लिथियम आयोन ब्याट्री – मर्मत–सम्भारमुक्त, १,५०,०००+ किलोमिटर ब्याट्रीको आयु – ट्रियो अटो चार्ज गर्न तपाईंकोे मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो छ । घरैमा १५ एम्पियर सकेटमा जोडेर यसलाई सजिलै चार्ज गर्न सकिन्छ ।            

चांगन अटोकाे प्रिमियम कार ‘एल्सभीन’ सार्वजनिक, ४२ लाख पर्ने

काठमाडाैं । चांगन अटोले आफ्नो प्रिमियम सेडान गाडी ‘एल्सभीन’ सार्व‍जनिक गरेको छ । कम्पनीले यसकाे मूल्य ४२ लाख ताेकेकाे छ र हालकाे लागि सोल्टी क्राउन प्लाजामा पप-अप शोरुम राखेकाे छ । चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड रहेकाे चा‌ंगन अटाेले नेपालमा आफ्नो पहिलो गाडीकाे रुपमा ‘एल्सभीन’ सार्व‍जनिक गरेको हाे । एल्सभीनले अधिकतम सुरक्षा र आरामदायी ड्राइभिङको अनुभव प्रदान गर्ने कम्पनीले दावी गरेकाे छ । यसमा एन्टि लक ब्रेकिङ सिस्टम र फ्रोंटल डुअल एयरब्यागसँगै डाइनामिक लाइन र प्रोक्सिमिटी अलार्म सहितको पार्किङ सेन्सरसहितको रियरभ्यू क्यामेरा रहेकाे छ । यस कारमा पार्किङ र रिभर्सिङ दुवैका लागि चेतावनी बत्तीहरु पनि छन् । एल्सभीनमा आकर्षक इन्टेरियरका रहेकाे छ । यसमा प्रिमियम लेथरेट सीट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले, डिजिटल डिस्प्लेको साथ आवश्यकता अनुसार तापक्रम सेट गर्न यचभीएसी पनि रहेकाे छ ।  

महिन्द्राको विद्युतीय ट्रियो अटो बजारमा, वार्षिक २ लाख रुपैयाँको पेट्रोल बचाउने

काठमाडौं । महिन्द्र समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक लिमिटेडले ट्रियो नामक लिथियम आयइओन संचालित इलेक्ट्रिक थ्रि ह्विव्लर अटो सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकेको छ । कम्पनीको अनुसार महिन्द्रा ट्रियो पुर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउँदछ । यो गाडी महिन्द्राको भारतको बैंगलरस्थित फ्रयाक्ट्रीमै निर्माण भइरहेको छ । कम्पनीले दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही स्थानमा अटो वितरण गर्न बुकिङ्ग खुला गरेको छ । महिन्द्रको अधिकृत इभी वितरक अग्नि इनर्जिले नेपालमा ट्रियो वितरण गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोलको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ट्रियो ठुलो मात्र नभई विद्युतिय साधन उद्योगकै सबैभन्दा राम्रो २०७३ मिलिलिटर व्हिलबेसको साथ जस्तोसुकै कच्ची सडकमा पनि आरमदायी सवारीको लागि अगाडि अनइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ्को प्रयोग गरिएको छ । यसमा राम्रो रोक्ने क्षमता भएको हाइड्रोलिक ब्रेक पनि रहेको छ । साथै यसले चार्जको अवस्था, गाडी चलाउने दायर गित ड्राइभ मोड र अन्य विभिन्न सूचनाहरु डिजिटल रुपमा प्रस्तुत गर्दछ ।  

‘फ्रि सर्भिस क्याम्प’ गर्दै गिरी ब्रदर्स अटोपाटर्स, अन्य सेवामा पनि विशेष छुट

काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ । यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिन लागेको हो । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए । उक्त अवधिभर ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् ।  

अटो व्यवसायीको ध्यान चिनीयाँ विद्युतीय गाडीमा, ३ दिनमै ल्याए करोडौंका १०० कार

काठमाडाैं । पछिल्लो समय नेपाली अटो व्यवसायीले चिनीयाँ विद्युतीय गाडी खरिद गने क्रम बढेको छ । पहिले भारत लगायतका देशहरुबाट विद्युतीय गाडी र त्यसका पाटपुर्जाहरु आायात गर्ने गरेको भएपनि केही समययता भने उनीहरुका ध्यान चिनीयाँ विद्युतीय गाडीमा गएको हो । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनीयाँ विद्युतीय कार आयात गर्न थालेका हुन् । आवाज एवं धुँवारहित चिनीयाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत  १० करोड ९८ लाख रूपैयाँभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ । रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए। डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ । गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए । ठूलो सङ्ख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रबार राजमार्गमा निकै आर्कषण बढेको थियो ।

आधुनिक शोरुमसँगै भित्रिँदै चीनको ‘चांगन अटो’, छुट्टै छाप छोड्ने दावी

काठमाडौं । चीनको अटोमोबाइल ब्राण्ड ‘चांगन अटो’ नेपाली बजारमा भित्रिँदै छ । ब्राण्ड एक विश्वस्तरीय शोरुमसँगै काठमाडौं भित्रिन लागेको हो । चागन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुसले ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको कम्पनीको दावी छ । साथै, आफुलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुबिधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ। काठमाडौं सहरको मुटुमा चांगनको शोरुम पर्याप्त पार्किंग क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिनेछ । कम्पनीको निर्माण हुन लागेको विलासी डिजाइनको शोरुम दुबै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दावी छ । उक्त शोरुमले गुणस्तरीय अनुभूतिको महशुस गराउँदै सम्पूर्ण नेपाली बजारमा एक बेग्लै किसिमको छाप छोड्ने कम्पनीको विश्वास छ।

नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुन्छ: नाडा

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे धारणा राखेकाे छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे उल्लेख गरेकाे हाे । अर्थमन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन बजेट मार्फत एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था सकारात्मक रहेकाे नाडाकाे धारणा छ । नाडाले झण्डै एक दशकअघि देखि नै सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएको थियाे । तर त्यस्ता सवारीसाधनहरु उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्याेगहरुलाई कुनै असर पर्न नहुने धारणा विज्ञप्तिमा उल्लेख छ । ‘आजको यस्तो कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्राय प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता नीजि सवारी साधनहरुले नै विरामी लगायत आवश्यक उपभोग्य बस्तुहरु समेतको ओसार पसार गर्नु पर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्याधिक बृद्धि भएको छ र सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने देखिन्छ,’ विज्ञप्तिमा लेखिएकाे छ । यस्तै नाडाले वर्तमान बजेटले मोटरसाइकलको सेगमेन्टमा सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा गरेकाे वृद्धिले प्रयोगकर्तालाई थप आर्थिक भारका साथै अलमलमा समेत पार्ने भएकोले गतवर्ष कायम गरिएकाे व्यवस्थालाई नै निरन्तरता दिन सरकारसँग अनुराेध गरेकेा छ ।

आइएमई अटोमोटिभ्सले पायो ‘बेस्ट पर्फमिङ् व्यापार’ अवार्ड

काठमाडौं । आइएमई अटोमोटिभ्सले बेस्ट पर्फमिङ् व्यापार अवार्ड पाएको छ । एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले उक्त अवार्ड पाएको हो । हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्धारा विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ् बिजनेश पार्टनरको रुपमा सम्मानित गरिएको छ । अघिलो वर्षमा आइएमईले गरेको मार्केट सेयरको बृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठुलो भुमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताए । आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । बेस्ट पर्फमिङ् अर्वाड आइएमई अटोमोटिभ्स् टिमको मिहिनेत र कुशल कार्यक्षमता प्रमुख रहेको कुरामा जोड दिँदै सबै टिमलाई यस अवार्डको लागि धन्यवाद पनि दिए । आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्रीबितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुबिधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्टसको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले जनाएको छ ।

चिनियाँ अटो कम्पनी ‘च्याङ्गन’ का कारहरू नेपाली बजार भित्रिँदै

काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ अब छिट्टै नेपाली बजारमा आउने भएको छ । औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाईट, फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले चाँडै नै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो । नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ । ‘च्याङ्गन नेपाल’ ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचारसामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ । कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरुमार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ । ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरुमार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन् । अटोमोबाईल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘च्याङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ । विगत १५८ वर्षमा कम्पनीले ‘स्थायीसुरक्षा’ को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाईल ब्रान्डको रुपमा स्थापित गरेको छ । विश्वका विभिन्न सातवटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीनवटा विकासकेन्द्रहरु, तथा अठारभन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न भएको तथ्यबाटै च्याङ्गन एक उत्कृष्ट अटोमोबाईल निर्माता कम्पनी हो भन्ने दाबी कम्पनीले गरेकाे छ । साथै, कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरुमार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा सानो प्रतियोगिता पनि संचालन गरेको छ । जसअन्तर्गत कम्पनीले पहिलो १०० जना फलोअरमध्येबाट भाग्यशाली १० विजेता छानेर आकर्षक पुरस्कार प्रदान गर्नेछ । ‘भविष्यउन्मुख, सदैव’ भन्ने नाराका साथ कम्पनीले नेपाली अटो बजारमा आफ्नो उपस्थिति जनाउने निर्णय गरेको छ ।