काठमाडौं । चीनको अटोमोबाइल ब्राण्ड ‘चांगन अटो’ नेपाली बजारमा भित्रिँदै छ । ब्राण्ड एक विश्वस्तरीय शोरुमसँगै काठमाडौं भित्रिन लागेको हो ।
चागन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुसले ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको कम्पनीको दावी छ । साथै, आफुलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुबिधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ।
काठमाडौं सहरको मुटुमा चांगनको शोरुम पर्याप्त पार्किंग क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिनेछ ।
कम्पनीको निर्माण हुन लागेको विलासी डिजाइनको शोरुम दुबै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दावी छ ।
उक्त शोरुमले गुणस्तरीय अनुभूतिको महशुस गराउँदै सम्पूर्ण नेपाली बजारमा एक बेग्लै किसिमको छाप छोड्ने कम्पनीको विश्वास छ।