साहस उर्जाको सेयर मूल्यमा लाग्यो सर्किट, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै साहस उर्जाको सेयर मूल्यमा सर्किट लागेको छ । नियमित समयमा कारोबार शुरु भएको केही समयमै संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । संस्थाको पहिलो कारोबार प्रतिकित्ता ४०५.३० रुपैयाँमा भएको थियो । त्यसको केही बेरमै संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता ४४५.८० रुपैयाँ पुगेको छ । सेयर बिक्रीकर्ता भन्दा खरिदकर्ताको चाप बढी भएसँगै संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म कूल ३ लाख २१ हजार ९८९ कित्ता सेयर खरिदको लागि लगानीकर्ताहरु इच्छुक देखिन्छन् भन्ने बेच्न इच्छुक कोही पनि छैनन् । हालै आईपीओ जारी गरेको संस्थाको कूल ३ करोड ५० लाख कित्ता साधारण सेयर गत बिहीबार (कार्त्तिक ११ गते) नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको थियो । नेप्सेले दोश्रो बजारमा कारोबार गर्नको लागि संस्थाको स्टक सिम्बोल एसएएचएएस तोकिएदिएको थियो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्यूनतम १३५.११ र अधिकतम ४०५.३३ रुपैयाँ तोकिदिएको थियो । यससँगै आईतबार संस्थाको पहिलो कारोबार अधिकतम मूल्य अर्थात ४०५ रुपैयाँबाटै शुरु भएको हो ।

सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०४.२९ रुपैयाँ कायम भएको छ । यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १४३३.१० रुपैयाँमा भएको थियो ।

नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक १२ गते एकैदिन आशा लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १५१९.९२ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १८९९.९० रुपैयाँमा भएको थियो । त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । पछिल्लो कारोबारमा प्रतिकित्ता १५९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता १२७२ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी दुबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यदेखि नै हुने छ ।

कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १८.५० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँमा झरेको छ । यससँगै बुधबारको पहिलो कारोबारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ६०७ रुपैयाँ हुने छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ७१९ रुपैयाँमा कारोबार भएको थियो ।

गुराँस लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १६.९०६४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४८.०९ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३४८.०९ रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १५७६ रुपैयाँमा भएको थियो ।

बोनसपछि कुमारी बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । कुमारी बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता २६४.१५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६४.१५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता २८० रुपैयाँमा भएको थियो ।

बेष्ट फाइनान्स सहि ट्रयाकमा, सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । लामो समयदेखि संकट भोग्दै आएको बेष्ट फाइनान्स ट्रयाकमा आएको छ । फाइनान्सको खराव कर्जा ५ प्रतिशत भन्दा कम भएको छ । अब फाइनान्सका व्यवसाय विस्तारका सबै क्रियाकलाप नियमित रुपमा सञ्चालन हुने भएका छन् । ४ वर्षअघि जनरल फाइनान्स र सिनर्जी फाइनान्स मर्ज भएर बनेको बेष्ट फाइनान्सको तत्कालिन वित्तीय अवस्था खराव थियो । समस्याग्रस्त जनरल फाइनान्समा गैरआवासीय नेपालीहरुको समूहले लगानी गरेपछि दुई फाइनान्स मर्ज भएका थिए । फाइनान्सले पहिलो त्रैमासमा १२ करोड ११ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा फाइनान्स ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा थियो । फाइनान्सले असोज मसान्तसम्ममा १३ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । पुरानो खराब कर्जा असुलीसँगै फाइनान्सको खराब कर्जा अनुपात घटेको छ । असोज मसान्तमा खराब कर्जा अनुपात ४ प्रतिशतमा झरेको छ । असार मसान्तसम्ममा कुल कर्जाको १४.२६ प्रतिशत खराब थियो । तरलताको अभावका बीचमा पनि फाइनान्सको सीडी रेसियो ८० प्रतिशत छ । फाइनान्समा निक्षेप ३ अर्ब ९ करोड रुपैयाँ छ भने कर्जा सापटी २ अर्ब ३७ करोड रुपैयाँ छ । सेयरमा लगानी ६९ करोड रुपैयाँ छ । पुँजी पर्याप्तता अनुपात २५ प्रतिशत छ । फाइनान्सले स्प्रेडदर ४.५३ प्रतिशत कायम राखेको छ । फाइनान्सको बेसरेट करिब साढे १० प्रतिशत छ । सुधारिएको वित्तीय विवरण फाइनान्सले आइतबार प्रकाशित गरेको छ । वित्तीय विवरण प्रकाशित भएकै दिन फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गत बिहीबारको अन्तिम कारोबार ४०१ रुपैयाँमा भएको थियो । आइतबार पहिलो कारोबार ४०९ रुपैयाँमा भयो । अन्तिम कारोबार ४४१ रुपैयाँमा कारोबार भएको छ । मध्यान्नमा फाइनान्सको सेयर किन्ने अडर १ लाख ५९ हजार २२६ कित्ता छ । तर बिक्रेता कोही पनि छैनन् । कम्पनीको सेयर गत साउनमा प्रतिकित्ता ६३० रुपैयाँसम्ममा कारोबार भएको थियो । असोजमा ३७५ रुपैयाँसम्म झरेको थियो । कम्पनीको आर्थिक अवस्थामा सुधार भएकोले कात्तिकमा सेयर मूल्यमा सकारात्मक प्रभाव परेको हुनसक्ने कम्पनीका सहायक महाप्रबन्धक शैलेन्द्रबादे श्रेष्ठले बताए । साथै, सेयर मूल्यमा प्रभाव पार्ने खालकाे नयाँ निर्णय कम्पनीले नलिएकाे उनले जानकारी दिए । यस फाइनान्सको सेयर पुँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको छ । यस वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ छ । विगत एक दशक भन्दा बढी सेयरधनीलाई लाभांश दिन नसकेको यो कम्पनीको संचित नोक्सान भने अझै २७ करोड २५ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको संचित नोक्सानी पूर्ति हुने र आगामी आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश दिने अवस्थामा पुग्ने विश्वास गरिएको नायव महाप्रबन्धक श्रेष्ठले बताए । गत पुस १ गतेदेखि बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बैंकर्स उमेशसिंह भण्डारी छन् । उनको नेतृत्वमा फाइनान्स सहि ट्रयाकमा अगाडि बढिरहेको जानकारहरु बताउँछन् ।

माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । कार्त्तिक ७ गते एकैदिन माछापुच्छ्रे र सानिमा बैंकको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३२२.०७ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा बैंकको सेयर मूूल्य प्रतिकित्ता ३६४.९० रुपैयाँ रहेको थियो । सानिमा बैंकको पनि १७ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४१७.७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४८८.८० रुपैयाँमा भएको थियो । यससँगै यी दुबै बैंकको पहिलो कारोबार सामायोजित मूल्य बाटै शुरु हुनेछ ।

बोनसपछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३४.५५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३४.५५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६८ रुपैयाँमा भएको थियो ।

बोनसपछि साधना लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४१५.२० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४१५.२० रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७६९ रुपैयाँमा भएको थियो ।

५१ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो, सरकारप्रति लगानीकर्ता रुष्ट

काठमाडौं । सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार बन्द हुँदा सेयर बजार ६९.५१ अंकले घटेको छ । सोमबार २ अर्ब ९६ करोड रुपैयाँ मूल्य बराबरको सेयर किनबेच भएको छ । ४० हजार ४०० वटा सेयर कारोबारमा ८७ लाख ७६ हजार खरिदबिक्री भएका छन् । १८६ वटा कम्पनीको धितोपत्र कारोबार भएकोमा १८२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । सोमबार महालक्ष्मी विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, यूनिलिभर र सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य थोरै बढेको छ । गाम्दी हाइड्रोको १० प्रतिशतले मूल्य घटेको छ । ५१ वटा कम्पनीको सेयर ५ प्रतिशतभन्दा बढीले घटेको छ । समग्रमा सेयर बजार भने २.६२ प्रतिशतले घटेको छ । नेप्से परिसूचक २५८७ अंकमा झरेको छ । यो गत असार यताको सबैभन्दा कम अंक हो । दशैंअघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो । पहिलो दिने नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छ । बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म व्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएको जानकारहरूले बताएका छन् । कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत व्याज अफर गरेको छ भने एनआइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजमा निक्षेप उठाउन थालेको छ । केन्द्रीय बैंकले सीडी रेसियो ९० प्रतिशत बनाउँदा बैंकमा लगानी योग्य पुँजीको अभाव भएको र बैंकहरुले व्याजदरमा आतंक मच्चाएकोले सेयर मूल्यमा उच्च गिरागट भएको लगानीकर्ता छोटेलाल रौनियारको भनाई छ । पुँजी बजारका ठूला लगानीकर्तालाई कर्जा सीमामा बाध्नाले पहिला ठूला लगानीकर्ता अत्तिएर सेयर बेच्न थालेको र अहिले साना लगानीकर्ता आत्तिएर सेयर बेच्न थालेको उनकाे भनाइ छ । सीडी रेसियोको सट्टामा सीसीडी रेसियो कामम गर्ने, सेयर कर्जामा ४ करोड र १२ करोडको सीमा हटाउने र कम्तिमा ३०० अर्ब रुपैयाँ पुर्नकर्जा प्रवाह गर्ने हो भने मुद्रा बजार र पुँजी बजारको समस्या हल हुने उनको सुझाव छ । सेयर बजार घट्दा वर्तमान सरकारप्रति सर्वसाधारण लगानीकर्ता आक्रोशित बनेकोले अहिलेको अवस्था जारी रहे आगामी निर्वाचनमा वर्तमान सरकारमा सामेल दलहरुले चुनाव हार्ने उनको विश्लेषण छ । सरकार लोकप्रिय बन्न र निर्वाचनमा राम्रो प्रभाव छोड्न वर्तमान सरकारले पुँजीबजारप्रति लचिलो नीति लिनुपर्ने उनकाे सुझाव छ ।

बोनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.९१३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५२.४८ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३९८ रुपैयाँमा भएको थियो । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त  प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । उक्त सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोजको मिति तय गरेको थियो । यससँगै गत असोज २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् भने आजदेखि बैंकको सेयर किन्ने लगानीकर्ताहरु भने बैंकको गत आवको प्रस्तावित लाभांश पाउन योग्य हुने छैनन् । सम्बन्धित समाचार सिटिजन्स बैंकले तोक्यो बुक क्लोजको मिति, कहिलेसम्मका सेयरधनीले पाउँछन् लाभांश ? सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

बोनसपछि सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४७ रुपैयाँमा भएको थियो ।

२० प्रतिशत बोनसपछि डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३८८.४२ रुपैयाँ कायम भएको छ । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३८८.४२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १६६६.१० रुपैयाँमा भएको थियो । शहिदपथमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत सोमबार कम्पनीको बजार पुँजीकरण १९ अर्ब २६ करोड रुपैयाँ थियो ।

अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको आज (असोज ११ गते) बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ५२३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ५७५ रुपैयाँमा भएको थियो ।

अपडेटः निरन्तर बढ्दै सेयर बजार, सबै कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबारको सेयर बजार निरन्तर रुपमा बढिरहेको छ । प्रि ओपनिङ सेसनदेखि उकालो लागेको बजार कारोबार शुरु भएको दुई घण्टासम्म निरन्तर रुपमा उकालो लागिरहेको छ । दिउँसो १ बजेर १८ मिनेट जाँदासम्म परिसूचक १०५.२६ अंकले उकालो लागेर २८१७.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८८ प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म २१४ स्क्रिप्टको साढे ३ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भईसकेको छ । त्यस्तै, यो अवधिसम्म १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने घट्नेमा कुनै पनि छैनन् ।

सोमबार चार लघुवित्तको मात्रै सेयर मूल्य बढ्यो

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको सेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेको छ । जसमा सबै लघुवित्त मात्रै रहेका छन् । सो दिन मनकामना स्मार्ट, डिप्रोक्स, लक्ष्मी र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । जसमध्ये मनकामना स्मार्टको सेयर भने सर्किट लेभलमा किनबेच भएको छ । संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १५० रुपैयाँले बढी हो । त्यस्तै, डिप्रोक्सको २.०४ प्रतिशतले बढेर प्रतिकित्ता १६४८ रुपैयाँ पुगेको छ । लक्ष्मीको १.९९ प्रतिशतले बढेर प्रतिकित्ता २०२७ रुपैयाँ र नयाँ सारथीको २ रुपैयाँले बढेर प्रतिकित्ता १४७२ रुपैयाँ पुगेको छ । सोमबार १८१ कम्पनीको सेयर मूल्य भने घटेको छ । जसमध्ये २४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । समग्रमा सोमबारको नेप्से परिसूचक २७०० बिन्दु तल झरेको छ । सो दिनको परिसूचक ११४.०२ बिन्दुले झरेर २६९८.२८ बिन्दुमा झरेको हो । कारोबार शुरु भएदेखि नै निरन्तर रुपमा ओरालो लागेको परिसूचक अघिल्लो कारोबारको तुलनामा ४.०५ प्रतिशतले घटेको छ । त्यस्तै, बजारमा ८ अर्ब ४९ रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ रहेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ८०० अंकले ओरालो लागेको छ ।

१८५ कम्पनीमध्ये १८३ वटाको सेयर मूल्य घट्यो, कारोबार दुईदिन यताकै उच्च

काठमाडौं । बिहीबारको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सो दिन कारोबारमा आएका सूचीकृत १८५ कम्पनीमध्ये १८३ कम्पनीको सेयर मूल्य घटेको हो भने बाँकी दुईको सेयर मूल्य बढेको छ । बढ्नेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी रहेका छन् । त्यसमा पनि मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै संस्थाको सेयर म्रल्य प्रतिकित्ता ८९९.९० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८१.८० रुपैयाँले बढी हो । दोश्रो बजारमा सेयर कारोबार भएसँगै संस्थाको सेयर मूल्य निरन्तर रुपमा बढ्दै आएको छ । पछिल्लो केही दिनयता भने संस्थाको सेयर मूल्य सर्किट लेभलमा बढ्दै आएको छ । यससँगै संस्थाको १० कित्ता सेयर हुने लगानीकर्ताको सम्पत्ति बढेर आजको मितिमा ८९९९ रुपैयाँ पुगेको छ । त्यस्तै, सेयर मूल्य बढेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ हजार ७०० रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ०.०२ प्रतिशतले अर्थात ३.४० रुपैयाँ बढी हो । बिहीबारको बजारमा इक्विटीसहित कूल २२९ वटा स्क्रिप्स (ऋणपत्र, म्युचुअल फण्ड)हरु को कारोबार भएको छ । त्यसमध्ये १८५ वटा कम्पनीको इक्विटी अर्थात सेयर कारोबार भएको छ । बिहीबार टप गेनरमा भने मनकामना लघुवित्त, राष्ट्रिय बीमा कम्पनीसहित ७ वटा स्क्रिप्सहरु रहेका छन् । जसमध्ये आईसीएफसी फाइनान्सको १२ प्रतिशत डिबेन्चर २०८३ को भाउ १.२३ प्रतिशतल बढेर प्रतिथान ११४० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमाको ८.५ प्रतिशत डिबेन्चरको भाउ ९७५ रुपैयाँ, सानिमाकै १० प्रतिशत डिबेन्चरको भाउ प्रतिथान १०३३ रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ०.४० प्रतिशतले बढेर प्रतिइकाई १०.१६ रुपैयाँ र प्रभु बैंकको १०.२५ प्रतिशत डिबेन्चर २०८६ को भाउ ३ रुपैयाँले बढेर प्रतिथान १०३५ रुपैयाँ पुगेको छ । समग्रमा सेयर कारोबार मापक नेप्से परिसूचक ७६।६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको छ । जुन बुधबारको तुलनामा २.६५ प्रतिशतले घटी हो । बिहीबारको बजार कारोबार खुलेदेखि निरन्तर रुपमा घटिनै रह्यो । सो दिन अघिकांश बैंकले ब्याजदर बढाएको नयाँ सूचना प्रकाशित गरेसँगै त्यसको प्रभाव बजारमा परेको हो । बजारमा परिसूचमा उच्च गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भएको छ । दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन गत दुईदिन यताकै उच्च हो । गत मंगलबार र बुधबारको बजारमा ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

अजोड इन्स्योरेन्ससहित तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । जसमध्ये अजोड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५९.१० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७८.१० रुपैयाँले बढी हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जसमध्ये मनकामना स्मार्ट लघुवित्तको ६२.४० रुपैयाँले बढेर प्रतिकित्ता ६८७.२० रुपैयाँ पुगेको छ । त्यस्तै, सानिमा लाइफको भने ६०.१० रुपैयाँले बढेर प्रतिकित्ता ६६१.९० रुपैयाँ पुगेको छ । त्यसैगरी, टप गेनरको टप फाइभमा ४ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका कम्पनी रहेका छन् । यूनाईटेड इदी मार्दी आर बी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य क्रमशः ४.१६ र ४.०७ प्रतिशतले बढेको छ । समग्रमा सोमबारको बजारमा उतारचढाव देखिएको छ । कारोबार खुलेको केही समयसम्म उकालो लागेको बजार त्यसपछि ओरालो लागेर न्युनतम २९४० बिन्दुसम्म झरेको थियो । त्यसपछि बजार बन्द हुनु १० मिनेट अघिदेखि उकालोको बाटो तय गरेको बजार अन्ततः ०.२७ अंकले बढेर बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले बढेर २९४७.७० बिन्दुमा पुगेको छ । त्यस्तै, बजारमा ९ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६१ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सोमबारको बजारमा अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । टप लुजरको टप टेनमा सबै हाइड्रो कम्पनी नै रहेका छन् । जसमध्ये कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.४७ प्रतिशतले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ रुपैयाँले घटेर प्रतिकित्ता ६९४ रुपैयाँमा झरेको छ ।

अदालतको फैसलाले एप्पललाई ठूलो झट्का, कम्पनीको सेयर मूल्य ह्वात्तै घट्यो

काठमाडौं । अमेरिकाको संघीय अदालतको एउटा फैसलाले विश्वको प्रसिद्ध आईफोन निर्माता कम्पनी एप्पललाई ठूलो धक्का लागेको छ । शुक्रबार अदालतका न्यायाधीशले एप्पललाई आफ्नो एप स्टोरका नियमहरु केही सहज बनाउन आदेश दिएसँगै एप्पललाई ठूलो धक्का लागेको हो । न्यायाधीशले एप्पललाई एप डेभलपरहरुमा प्रतिबन्ध सहज बनाउन पनि आदेश दिएका छन् । एप्पल विरुद्द गत वर्ष फोर्टनाइटको निर्माता कम्पनी एपिक गेमले मुद्दा दायर गरेको थियो । जसको सुनुवाई शुक्रबार मात्रै भएको हो । सो एप स्टोरहरुमार्फत मनग्य आम्दानी गर्दै आएको कम्पनीका लागि अब व्यापारमा केही नोक्सान व्यहोर्नु पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । अदालतको यो आदेशले कम्पनीले ठूलो रकम गुमाउन सक्ने प्रक्ष्येपण पनि गरिएको छ । अदालतको यो फैसलापछि एप्पलको शेयर शुक्रवार दिउँसो कारोबारमा दुई प्रतिशत भन्दा धेरै तल झरेको थियो । अदालतको यो निर्णयले कम्पनीको वार्षिक आम्दानीमा अरबौं डलरको घाटा हुन सक्ने अनुमान लगानीकर्ताको छ । हाल एप्पलले उसको स्टोरमा राख्ने एपमा ३० प्रतिशत कमिसन लिँदै आएको छ । अदालतको निर्णयले उपभोक्ताहरुलाई सहज हुुनेछ भने कम्पनीको आम्दानी घट्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा