नेप्से २८ अंकले घट्दा ८ वाणिज्य बैंकको सेयर मूल्यमा वृद्धि, एनआईसी एशियाको सबैभन्दा बढी
२०७४ चैत १२ देखि २०७५ चैत ७ गतेसम्मको नेप्से चार्ट काठमाडौं । गत वर्षको तुलनामा नेप्से परिसूचक २८ अंकले घटेको छ । २०७४ चैत १२ गते ११६८.६२ अंकमा रहेको नेप्से २०७५ चैत ७ गते ११४०.६० अंकमा अडिएको हो । एक वर्षको अवधिमा नेप्सेको उच्चतम बिन्दु १४३८ र न्युनतम बिन्दु ११०० अंक रहेको छ । गत वैशाख ९ गते नेप्से परिसूचक बढेर उच्चतम १४३८ अंकमा पुगेको थियो । त्यसपछि सामान्य उतारचढाव भई ओरालो लागेको नेप्से गत फागुन १९ गते ११०० अंकमा झरेको हो । जुन एक वर्षयताको न्युनतम बिन्दु हो । दोहोरो अंकको गिरावट देखिएको सेयर बजारमा विभिन्न ८ वटा वाणिज्य बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । गत वर्षको तुलनामा कुल २८ वटा वाणिज्य बैंक मध्ये जम्मा ८ वटा बैंकको सेयर मूल्य बढेको छ भने बाँकी २० कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । बजारमा एनआईसी एशिया, प्राइम, सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, प्रभु, जनता र सिभिल बैंकको २०७५ चैत ७ गतेको सेयर मूल्य २०७४ चैत १२ गतेको तुलनामा ३ रुपैयाँदेखि १०० रुपैयाँसम्मले बढेको छ । सो मध्ये एनआईसी एशिया बैंकको सेयर मूल्य सबैभन्दा बढी रुपैयाँले बढेको छ । गत वर्ष प्रतिकित्ता २९८ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता ३९५ रुपैयाँ पुगेको छ । जुन एक वर्षको तुलनामा प्रतिकित्ता ९७ रुपैयाँ बढी हो । त्यस्तै, गत वर्ष प्राइम कमर्शियल बैंकको सेयर मूल्य २७५ रुपैयाँ रहेको थियो । जसको अहिले ४२ रुपैयाँले मूल्य बढेर प्रतिकित्ता ३१७ रुपैयाँ पुगेको छ । सो मध्ये सिद्धार्थ, कुमारी र माछापुच्छ्रे बैंकको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ । प्रतिकित्ता २८१ रुपैयाँ रहेको सिद्धार्थ बैंकको सेयर मूल्य बढेर २८५ रुपैयाँ पुगेको छ । कुमारी बैंकको मूल्य २३३ रुपैयाँबाट प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ । साथै, माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँबाट बढेर प्रतिकित्ता २१८ रुपैयाँ रहेको छ । त्यसैगरी, प्रभु, जनता र सिभिल बैंकको सेयर मूल्य क्रमशः प्रतिकित्ता २३१, १७० र १५५ रुपैयाँ रहेको छ । हाल यी तीन वटै बैंकको सेयर मूल्य गत वर्षको तुलनामा क्रमशः प्रतिकित्ता ३१, २१ र १५ रुपैयाँले बढी हो । सेयर मूल्य वृद्धि भएको ८ वाणिज्य बैंक
साढे १३ प्रतिशत बोनसपछि नेशनल लाइफ इन्स्यारेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको १३.५० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले इन्स्योरेन्सको बोनस पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५८९.४३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९०.७१ रुपैयाँ तोकिएको छ । मूल्य समायोजन पछिको आइतबारको कारोबारमा इन्स्योरेन्सको सेयर मूल्य बढिरहेको छ । प्रतिकित्ता ५८९.४३ रुपैयाँबाट कारोबार भएको इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ६११ रुपैयाँसम्म पुगेको छ । आइतबार करिब पौने एक बजेसम्म कम्पनीको पाँच हजार ८५४ कित्ता सेयर कुल १४ हजार ६८० रुपैयाँमा काराबार भएको छ ।
९.३८ प्रतिशत बोनस पछि नागबेली लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको ९.३८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बुधबार मात्रै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६२८.०९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२३१.०५ रुपैयाँ तोकिएको छ ।
बोनसपछि कृषि विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । आइतबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य ३१४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७३.५८ रुपैयाँ रहेको छ ।
४८ प्रतिशत बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढ्यो
काठमाडौं । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै आइतबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य बढीरहेको छ । सो दिन प्रतिकित्ता १०१५ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १०७५ रुपैयाँसम्म कारोबार भएको छ । दुई बजेसम्म इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढेर प्रतिकित्ता १०४९ रुपैयाँमा सेयर किनबेच भइरहेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २३.५ प्रतिशत गरी ४८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।
१७ प्रतिशत बोनसपछि मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विकास बैंकको १७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहेको छ ।
८ प्रतिशत बोनस पछि प्रभु बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१०.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७२.५९ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको सोमबारको बजारमा कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहेको छ । सोमबार प्रतिकित्ता २१० रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य घटेर २०५ रुपैयाँसम्म कारोबार भएको छ ।
नेप्से सामान्य अंकले बढेर ११२८ मा, अपर तामाकोशीको सबैभन्दा बढी किनबेच, सेयर मूल्य कति ?
काठमाडौं । सोमबारको नेप्से परिसूचक सामान्य १.३४ अंकले बढेर ११२८.८६ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा सोमबार ०.१२ प्रतिशतले बढेको हो । कुल १६६ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अपरको एक करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा एक रुपैयाँ अर्थात ०.४३ प्रतिशतले बढेको हो । आइतबार अपरको सेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ रहेको थियो । त्यस्तै, चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सोमबार ९.८९ प्रतिशत कमाएका छन् । सेयरधनीले आइतबारको तुलनामा सोमबार प्रतिकित्ता २८ रुपैयाँ बढी कमाएका हुन् । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ रहेको छ । बजारमा कारोबार आएका १० वटा समूहमध्ये दुई समूह राताम्मे भएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २४.४२ अंकले बढेर हरियो देखिएको छ । उत्पादनमूलक र बैंकिङ समूहको सूचक क्रमशः १०.४८ र १.४८ अंकले बढेको छ ।
६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।
४०% बोनस र २०% हकप्रद पछि उन्नति माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४०.५० प्रतिशत बोनस र २० प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०८.७२ रुपैयाँ छ । जसको आधार मूल्य प्रतिकित्ता ६५४.३६ रुपैयाँ रहेको थियो ।
अधिकांश लघुवित्त र माइक्रोफाइनान्सको सेयर मूल्य बढ्यो, सर्पोटका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको बजारमा अधिकांश लघुवित्त तथा माइक्रोफाइनान्सको सेयर मूल्य बढेको छ । साे दिन कमाउने उत्कृष्ट १० कम्पनीमध्ये ५ वटा लघुवित्त र ३ वटा माइक्रोफाइनान्सको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९२ प्रतिशत बढी कमाएका छन् । सो दिन संस्थाको सेयर मूल्य ६३ रुपैयाँले बढेर प्रतिकित्ता ६९८ रुपैयाँ पुगेको छ । त्यसैगरी, माइक्रोफाइनान्समध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय ४.९८ र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३.९४ रुपैयाँले बढेको छ । त्यस्तै, माहुली सामुदायिकको ७.७४, सामुदायिकको ४.८५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४.३४, नयाँ नेपाल लघुवित्त विकास बैंकको ३.९५ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.८२ प्रतिशतले बढेका छन् । समग्रमा सोमबारको बजार समान्य २.७९ अंकले बढेर ११६४.८९ अंकमा पुगको छ । सो दिन कुल १६५ कम्पनीको २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ । सिभिल बैंकको प्रमोटर सेयर, अपर तामाकोशी हाइड्रोपावर र नेपाल बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको हो ।
बोनस सेयरपछि लक्ष्मी बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सोमबार सेयर मूल्य समायोजन भइको छ । बैंकको ८.५० प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २०२.७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७९.३८ रुपैयाँ रहेको थियो ।
मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२ रूपैयाँले बढ्याे
काठमाडौं । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६४३.३३ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९७.६७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि मंगलबार खुलेको पहिलो कारोबारमा संस्थाको सेयर मूल्यमा वृद्धि भइरहेको छ । करिब एक बजेसम्म संस्थाको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले बढेर ६५६ रुपैयाँमा कारोबार भइरहेको छ । सो दिन प्रतिकित्ता ६४३ रुपैयाँदेखि संस्थाको सेयर कारोबार खुला भएको थियो ।
सेन्ट्रल फाइनान्सले ७ प्रतिशत नगद लाभांश दिने, सेयर मूल्य बढ्यो
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्रा अर्थात ५ करोड ७६ लाख रुपैयाँ बराबर नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश दिन लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ८४ करोड ७३ लाख रुपैयाँ रहेको छ । संस्थाले नगद लाभांश घोषणा गरेपछि संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार प्रतिकित्ता ११० रुपैयाँ रहेको फाइनान्सको सेयर मूल्य आइतबार बढेर ११७ रुपैयाँसम्म कारोबार भएको छ । अन्ततः आइतबार संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४ रुपैयाँले बढेर प्रतिकित्ता ११४ रुपैयाँ पुगेको छ ।
८ प्रतिशत बोनसपछि कालिका लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनसपछिको सेयरको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ९१२.०४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९४.०२ रुपैयाँ रहेको थियो ।
१० प्रतिशत बोनस पछि डिप्रोक्स लघुवित्तकाे सेयर मूल्य समायाेजन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर कारोबार प्रतिकित्ता ५८२.७३ रुपैयाँ बाट शुरु भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ४६१.८६ रुपैयाँ रहेकाे छ ।
प्रभु बैंकले १० प्रतिशत लाभांश दिने, सेयर मूल्य घट्यो
काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १०.२६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद(बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बैंकको १३५औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । बिहीबार प्रतिकित्ता २४६ रुपैयाँमा कारोबार बन्द भएको बैंकको सेयर मूल्य आइतबार घटेर २३७ रुपैयाँसम्म झरेको छ । आइतबार दिउँसो १ः३० बजेसम्म कम्पनीको सेयर मूल्य ७ रुपैयाँले घटेर प्रतिकित्ता २३९ रुपैयाँमा कारोबार भइरहेको छ ।
कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद निश्कासन गर्ने, सेयर मूल्य घट्यो
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले आर्थिक वर्षको २०७५ असार मसान्तको चुक्ता पुँजीको सो मात्राको सेयर जारी गर्ने प्रस्ताव गरेको हो । संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ पुग्ने छ । संस्थाले हकप्रद सेयर घोषणा सँगै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार प्रतिकित्ता ११०४ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य बिहीबार प्रतिकित्ता १०४५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनमा ५९ रुपैयाँ घटी हो । बिहीबार संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १०१० रुपैयाँसम्म कारोबार भएको थियो ।
नेपाल एसबीआई बैंकको सेयर मूल्य घट्यो, आज किन्नेले बोनस नपाउने
काठमाडौं । बुधबार नेपाल एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ । मंगलबार प्रतिकित्ता ४०३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर बुधबार ३९५ रुपैयाँमा झरेको छ । बैंकले गत वर्षको नाफा वितरणका लागि आजबाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको ५ प्रतिशत बोनस सेयर ५ बोनस पाउने छैनन् । बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता ४०३ रुपैयाँ तोकेको छ ।
सामान्य अंकले घटेको बजारमा कालिका लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले बढ्यो
काठमाडौं । बैंकिङ् प्रणालीसँग आवद्ध भइ अनलाइन कारोबार शुरू भएकाे दिनकाे सेयर बजार सामान्य अंकले घटेको छ । सामान्य उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १.३६ अंकले घटेर कारोबार बन्द भएको छ । समग्रमा मंगलबारको परिसूचक अघिल्लो दिनको तुलनाममा ०.११ प्रतिशतले घटेर ११८५.९१ अंकमा अडिएको छ । बजारमा कुल १५६ कम्पनीको २२ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनसीसी बैंकको पनि एक करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उतारचढाव देखिएको बजारमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९१ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य सोमबारको तुलनामा ९१ रुपैयाँले बढेर प्रतिकित्ता १००९ रुपैयाँमा कारोबार भएको छ । बजारमा जम्मा ९ समूह कारोबारमा आएका थिए । जसमध्ये निर्जीवन बीमा ९.७२, माइक्रोफाइनान्स ३.२४ र जीवन बीमा ०.६३ अंकले उकालो लागेका छन् । बाँकी समूह सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह ३.८६ अंकले घटेको छ । सो दिन सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य २.९८ प्रतिशतले घटेको छ ।