प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले ४६ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ रहेको थियो ।
६५ प्रतिशत हकप्रद पछि मेगा बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार मेगा बैंक नेपाल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ६५ प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३५३ रुपैयाँ रहेको थियो ।
नेपाल बैंकको सेयर मूल्य निरन्तर घट्दै, यस्तो छ कारण
काठमाडौं । थप निष्कासन (एफपीओ) को मूल्य तय भएपछि नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । हाल कारोबार रकम भन्दा कम मूल्यमा एफपीओ पाउने भएपछि लगानीकर्ताले धमाधम बेच्न थालेका कारण बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको हो । किन्ने भन्दा बेच्ने बढी भएपछि यसको असर बैंकको सेयर मूल्यमा परेको हो । गत चैत १२ गते घटेर २९४ रुपैयाँमा झरेको नेपाल बैंकको सेयर त्यसपछि निरन्तर बढेको थियो । एक साताअघि प्रतिकित्ता ३५४ रुपैयाँ रहेको नेपाल बैंकको सेयर आइतबारसम्म आउदा २९ रुपैयाँ घटेर ३२५ रुपैयाँमा सीमित भएको छ । एफपीओको मूल्य सस्तो भएकाले अझ घट्ने लगानीकर्ताको भनाई छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ ल्याउने भएको छ । बैंकको सेयर घट्नुमा एफपीअाेको मूल्य मुल कारण भएको एक ब्रोकरले बताए । “२८० रुपैयाँमा एफपीओ पाउने भएपछि कसले महंगोमा सेयर किन्छ ?” ती ब्रोकरले भने । पछिल्लो समयमा बैंकको सेयर कारोबार बढी हुदै आएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुने छ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् । लगानीकर्ताले ३ अर्ब १८ करोड रुपैयाँ लाभांश पाउने छन् । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
गण्डकी विकास बैंकको बोनस पछिको सेयर मूल्य समायोजन
काठमाडौं । मंगलबार गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १९.३१०६ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २८० रुपैयाँ रहेको थियो ।
मिर्मिरे माइक्रोफाइनान्सको बोनस पछिकाे सेयर मूल्य समायोजन
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३०.८० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार कम्पनीको सो मात्राको बोनस पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५१८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २०४४ रुपैयाँ रहेको थियो ।
३५ प्रतिशत हकप्रद पछि सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ३५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सो मात्राको सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२३.८० रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस पछिको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंकको ८.६१ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकिता १३५.३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८१.६७ रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६३ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।
८८२ मेगावाटका दुई आयोजनाको स्वामित्व किनेपछि बीपीसीको सेयर मूल्य र कारोबार दुबै बढ्यो
काठमाडौं । सोमबार बुटवल पावर कम्पनी(बीपीसी) को सेयर कारोबार लगायत सेयर मूल्य दुबै बढेकाे छ ।कम्पनीले ८८२ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाको सम्पूर्ण स्वामित्व खरिद गरेपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् । बजारमा बीपीसीकाे सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार मात्रै यस कम्पनीको ६ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.४४ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ । बीपीसी र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले आइतबार उक्त आयोजना किन्ने सम्झौता गरेका हुन् । सम्झौता अनुसार कम्पनीले ६०० मेगावाटको माथिल्लो मस्र्याङदी २ र २८२ मेगावाटको मनाङ-मस्र्याङदी जलविद्युत आयोजनाको सबै स्वामित्व गरि सो मात्राको विद्युत खरिद गर्ने भएको छ । बीपीसीले चिनीया कम्पनीको साझेदारीमा १००० मेगावाट आयोजना बनाउन लागेको हो । जसको लागि कम्पनीले चीनबाट २ खर्ब लगानी भित्र्याउँदै छ । समग्रमा सोमबारको सेयर बजारमा ८.२७ अंकले घटेर १३४५ अंकमा झरेको छ । सो दिन कुल १५९ कम्पनीको ४३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । त्यस्तै, अन्य बाहेक कारोबारमा आएका बाँकी समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले ओरालो लागेको छ । अन्य समूह भने सामान्य ०.३४ अंकले बढेको छ ।
हाम्रो विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । बिहीबार हाम्रो विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ७.३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४९.११ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २२५.५६ रुपैयाँ रहेको थियो ।
२० प्रतिशत हकप्रद पछि कुमारी बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कुमारी बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०३ रुपैयाँ रहेको थियो ।
नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता ७१३ रुपैयाँ
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । सामायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ रहेको थियो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।
४० प्रतिशत हकप्रद पछि सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८७४ रुपैयाँ रहेको छ ।
बुटवल पावरको सेयर मूल्य एफपीओ भन्दा कम, ५०१ मा किन्नेलाई २० रुपैयाँ नगद लाभांशले धान्नाला त ?
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को सेयर मूल्य घटेर अहिले थप निष्कासन (एफपीओ) को भन्दा कम भएको छ । सोमबार बजार घटेर बीपीसीको सेयर मूल्य प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । कम्पनीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो । पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो । बीपीसीले नयाँ सेयरधनीलाई समेत गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । ५०१ रुपैयाँमा एफपीओ किन्नेले जम्मा २० रुपैयाँ मात्र लाभांश पाउने भएका छन् । कम्पनीको सेयर मूल्य बढ्ने भन्दा पनि घट्ने क्रममा रहेकाले लगानीकर्ताले राम्रो प्रतिफल पाउने देखिन्दैन् । नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ । थप निष्कासन (एफपीओ) खरिद गर्नेले पनि लाभांश पाउने भएका छन् ।
नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले कम्पनीको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ६९४ रुपैयाँ कायमा गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ ।
नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १६९९ रुपैयाँ रहेको थियो ।
बजार ५१ अंकले घट्दा दुई कम्पनीको सेयर मूल्यमा वृद्धि, १३ कम्पनीका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको बजारमा भारी गिरावट आएको छ । कारोबार खुलेको एक घण्टामै ३ प्रतिशत ओरालो लागेर सकिर्ट ब्रेक लागेर खुलेको बजार त्यसपछि पनि निरन्तर ओरालो लागेको छ । अन्ततः सोमबारको नेप्से परिसूचक ५१.८९ अंकले ओरालो लागेर ११६८.५५ अंकमा झरेको छ । भारी अंकको गिरावट आएको बजारमा २ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ९.८६ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सामान्य १.९२ प्रतिशतले बढेको छ । त्यस्तै, सोमबार कारोबारमा आएका अन्य १५५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सो मध्ये १३ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाएका छन् । सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बजारमा परिसूचकमा गिरावट आएता पनि केही दिनदेखि सेयर कारोबारमा भने सुधार भइरहेको छ । सोमबार ४७ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा करिब ४ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबार अर्थात बिहीबारको बजारमा ४३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार कारोबारमा आएका १५७ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको दिनभर ५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको पनि २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसैगरी, बीमा समूहको परिसूचकमा उच्च गिरावट आएको छ । यस समूहको सूचक ३८३ अंकले ओरालो लागेको छ । फाइनान्स समूह ४.७२ अंकले ओरालो लागेको छ भने अन्य बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् ।
प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १३.५२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ८०६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८१६ रुपैयाँ रहेको थियो ।
नेप्से २४ अंकले घट्दा यूनिलिभर नेपालको सेयर मूल्य १५१० रुपैयाँले वृद्धि
काठमाडौं । बैंकहरुको महंगो ब्याजदरका कारण सेयर बजार दिनानुदिन घट्दै गएको छ । निरन्तर घट्दै गएको बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको सो दिनको नेप्से परिसूचक अन्तत बजार बन्द हुँदा २४.४० अंकले घटेर १२३१ अंकमा झरेको छ । बैंकहरुको ब्याज दोहोरो अंकले बढेपछि सेयर बजारमा निकै नकरात्मक असर परेको देखिन्छ । सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको छ । बजारमा परिसूचकमा गिरावट आएतापनि सेयर कारोबारमा भने केही सुधार भएको छ । बुधबारको बजारमा अघिल्लो दिनको तुलनामा करिब ५ करोड रुपैयाँबढीको सेयर किनेबेच भएको छ । सो दिन कुल ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ३२ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । दोहोरो अंकले घटेको बजारमा पनि यूनिलिभर नेपालको सेयर मूल्यमा वृद्धि भएको छ । एकैदिन यस कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १५१० रुपैयाँ कमाएका छन् । अर्थात यस कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६.११ प्रतिशतले बढेको छ । बुधबार मात्रै यस कम्पनीको सेयर मूल्य १५१० रुपैयाँले बढेर प्रतिकित्ता २६ हजार २११ रुपैयाँ भएको छ । बजारमा उत्पादनमूलक समूह ५८ अंकले उकालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह १८६ अंकले घटेका छन् ।
राम्रा कम्पनीको पनि सेयर मूल्यमा गिरावट, बुटवल पावरको एफपीओ भन्दा सस्तो
काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि राम्रा मानिएका कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार दिउसोसम्म सेयर बजार घटेर १ हजार २३४ अंकमा आएको छ । गत साता बिहीबार बजार १ हजार २८८ अंकमा थियो । ४ दिनमा बजार ५४ अंकले घटेको छ । राम्रा कम्पनीको सेयर मूल्यमा कमी आएको छ ।बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) सेयर मूल्य घटेर थप निष्कासन (एफपीओ) को भन्दा तल झरेको छ । बीपीसीले ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । बुधबार बीपीसीको सेयर मूल्य घटेर ४८२ रुपैयाँमा आएको छ । यस्तै १ हजार रुपैयाँ माथि सेयर मूल्य रहेको एभरेष्ट बैंकको घटेर प्रतिकित्ता घटेर ६९५ रुपैयाँमा आएको छ । नविल बैंकको सेयर मूल्य पनि घटेर ९९७ रुपैयाँमा झरेको छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य घटेर ८८० रुपैयाँमा आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६४७ रुपैयाँ छ । यस्तै नागरिक लगानी कोषको घटेर २ हजार ७००, सिटिजन्स बैंकको ३ सय भन्दा तल झरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १२.५० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात यस इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७२६.७९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५५१.११ रुपैयाँ रहेको थियो ।