मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३२३ रुपैयाँ मात्र

काठमाडौं । बिहीबार मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ११ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ रहने छ ।

सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि, ४९ करोडको सेयर कारोबार

काठमाडौं । बुधबारको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एभरेष्ट बैंकको कन्भर्टिबल प्रिफेरेन्स सेयर(इबीएलसीपी) र वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको हो । सो दिन यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः ९९० र १५४ रुपैयाँ रहेको छ । बजारमा ४९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको ७९ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेर १५६३ दशमलब ८१ अंकमा अडेको छ । मंगलबारको तुलनामा नेप्से र कारोबार रकम दुबैमा गिरावट आएको छ । बुधबार सबैभन्दा बढी हिमालयन जेनरल इन्स्यारेन्सको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको करिब ५ लाख रुपैयाँको सेयर किनबेच भएको हो । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६७५ रुपैयाँ रहेको छ । बजारमा होटल र बीमा समूहको परिसूचक क्रमशः २८ र १० अंकले उकालो लागेको छ ।

बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको र साल्ट ट्रेनिङ कर्पोरेसनको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १९३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले साल्ट ट्रेनिङ कर्पोरेसनको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २२३ रुपैयाँ रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९३० रुपैयाँ

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ९३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ९२३ रुपैयाँ रहने भएको छ ।

एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २४४२ रुपैयाँ

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १३९२ रुपैयाँ रहने भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०९९ रुपैयाँ

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०९९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ७४६ रुपैयाँ रहने भएको छ ।

सेयर बजार दोहोरो अंकले उकालो, पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको बजार बुधबार भने १३ दशमलब ६८ अंकले उकालो लागेको छ । मंगलबार २१ अंकले ओरालो लागेर १५९४ अंकमा झरेको परिसूचकले आज १६०० अंक पार गरेको छ । दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी लि., कर्नाली डेभलपमेन्ट बैंक र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९.९७, ९.९३, ९.९३ र ९.७३ प्रतिशतले बढेको छ । सो दिन कारोबार भएको ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले राताम्मे भएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२१ अंकले बढेको छ । त्यस्तै, विकास बैंक, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २०, १९ र १८ अंकले उकालो लागेका छन् । अन्य बाँकी समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेका छन् । बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब ९ करोड रुपैयाँ घटी हो । बुुधबार १४४ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टड बैंकको ५ करोड रुपैयाँ माथीको सेयर किनबेच भएको छ ।

स्वरोजगार लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार स्वरोजगार लघुवित्त विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले स्वरोजगार लघुवित्त विकास बैंकको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १७५३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७६६ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले मिर्मिरे माइक्रोफाइनान्सको पनि ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१५७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १५७० रुपैयाँ रहने भएको छ ।

मंगलबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । मंगलबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिद्धार्थ बैंक, पूर्णिमा विकास बैंक र माछापुच्छ्रे बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ६३९ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले पूर्णिमा विकास बैंकको २५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३६२ रुपैयाँ रहेको छ । साथै, मंगलबार नै माछापुच्छ्रे बैंकको १२ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३८० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४३३ रुपैयाँ रहेको छ ।

लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता २२८४ रुपैयाँ मात्र

काठमाडौं । आइतबार लाइफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २४.४ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२८४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २५२९ रुपैयाँ रहेकाे छ ।

सनराइज बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४३० रुपैयाँ मात्र

काठमाडौं । सोमबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ रहने छ ।

एसबीआई बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०२९ रुपैयाँ मात्र

काठमाडौं । मंगलबार नेपाल एसबीआई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०२९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १०५० रुपैयाँ रहने छ ।

बजारमा ७९ करोडको सेयर कारोबार, दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौं । बिहीबारको सेयर बजारमा ७९ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४४ कम्पनीको १२ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । भार्गव विकास बैंक र साहारा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको हो । दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३६३ र ५५० रुपैयाँ रहेको छ । त्यस्तै, साङ्ग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६ प्रतिशत वृद्धि भएको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९३ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेको छ । समग्रमा सो दिन नेप्से परिसूचक ९ दशमलब २० अंकले ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहीबारको परिसूचक ०.५५ प्रतिशतले ओरालो लागेर १६५३ दशमलब १८ अंकमा झरेको छ ।

सिभिल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २५९ रुपैयाँ

काठमाडौं । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २ दशमलब ८८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य २३४ रुपैयाँ रहने छ ।

बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं ।  बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन गरिमा विकास बैंकको र फष्ट माइक्रो फाइनान्सको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले गरिमा विकास बैंकको ७० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१८ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले फष्ट माइक्रो फाइनान्सको ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १००७ रुपैयाँ रहने भएको छ ।

नेपाल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४२५ रुपैयाँ

काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २३.७४ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७३ रुपैयाँ रहने छ ।

सोमबार १२० कम्पनीको सेयर मूल्यमा वृद्धि, १७ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । सोमबारको सेयर बजारमा कुल १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये १२० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सोमबारको कमाउनेमध्ये ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनबी इन्स्योरेन्स कम्पनी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका हुन् । १० प्रतिशत कमाउने ६ कम्पनी                                                              करिब १० प्रतिशत कमाउने ११ कम्पनी त्यस्तै, ११ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी (अर्थात करिब १० प्रतिशत) कमाएका छन् । नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ९ दशमलब ९९ प्रतिशत कमाएका छन् । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०५९ रुपैयाँ

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०५९ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १०१३ रुपैयाँ रहने भएको छ ।

सोमबार मात्रै पाँच कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन-कुनकोे भयो ?

काठमाडौं । सोमबार मात्रै पाँच वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सेञ्चुरी बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक र सेती फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेञ्चुरी बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । समायोजन पछिको सेयर मूल्य ३६२ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३७१ रुपैयाँ रहने भएको छ । त्यस्तै, लक्ष्मी बैंकको शतप्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ । समायोजन पछिको सेयर मूल्य ४४९ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ४५५ रुपैयाँ रहने भएको छ । त्यसैगरि, सानिमा बैंकको ३० प्रतिशत प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । बैंकले समायोजन पछिको सेयर मूल्य ४६५ रुपैयाँ तोकेको छ भने जसका लागि आधार मूल्य ५२८ रुपैयाँ रहने भएको छ । त्यस्तै २० प्रतिशत बोनस पछि कृषि विकास बैंकको प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ५३० रुपैयाँ छ । नेप्सेले सेती फाइनान्सको पनि ३.६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको छ । जसको आधारमूल्य २५२ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

अपडेटः नेप्से ५७ अंकले बढ्यो, बीमा कम्पनीका सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । आइतबार बजार खुलेको करिब दुई घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । परिसूचक १२ बजेर ५० मिनेट जाँदा परिसूचक ५७ दशमलब २४ अंकले बढेर १६४४ दशमलब ८८ अंकमा पुगेको छ । सो समयसम्म परिसूचक ३ दशमलब ६१ प्रतिशतले उकालो लागेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि वृद्धि भइरहेको छ । सो अवधिसम्म ७२ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भैसकेको छ । १२८ कम्पनीका १२ लाख ३७ हजार कित्ता सेयर किनबेच भइसकेका छन् । कारोबार रकमका आधारमा सबैभन्दा बढी बीमा कम्पनीका सेयर किनबेच भइरहेका छन् । साथै, बीमा कम्पनीका सेयर मूल्यमा पनि उच्च वृद्धि भइरहेको छ । नेशनल लाइफ इन्स्योरेन्सको ११ करोड ९३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बढी र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेका छन् । साथै, सोही अवधी सम्म यी तीन कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता २५४९, २४९९ र २७०६ रुपैयाँमा किनबेच भइरहेका छन् । कारोबार समूहका आधारमा पनि बीमा समूहको परिसूचक ७०५ अंकले उकालो लागिरहेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालोे लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले उक्लिसकेका छन् । बीमा समितिको सञ्चालक समितिको निर्णय अनुसार बीमा कम्पनीको सेयर मूल्य चार गुणाले बढेको छ । समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्देशन दिएपछिको असर आइतबारको सेयर बजारमा परेको छ । त्यसैले बजारमा बीमा कम्पनीको कारोबार र सेयर मूल्य दुबैमामा वृद्धि भइरहेको छ ।