
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मंगलबार दिनको ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
अर्थमन्त्री खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आवको आय तथा व्यय विवरण पेश गर्ने कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।आगामी वर्षदेखि संघीयता कार्यान्वयनका साथै नयाँ योजना ल्याउनका लागि सरकारलाई ठुलो रकमको स्रोत जुटाउनु पर्ने भएपछि राजश्वको दर र दायरा बढ्ने भएको छ । सरकारले कर असुलीमा बढी जोड दिने छ ।