बिष्णु रिमालको खुलासाः कर्मचारीको तलब बढ्छ, वृद्ध भत्ता पनि सम्बोधन हुन्छ

<p>काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका हुन् । ‘कर्मचारीको तलब सापेक्षित कुरा हो, बढ्दै बढ्दैन, बढाउनै हुन्न भन्ने होइन, बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसमा ढुकुटीको साइज [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले कर्मचारीको तलब वृद्धि हुने खुलासा गरेका हुन् ।

‘कर्मचारीको तलब सापेक्षित कुरा हो, बढ्दै बढ्दैन, बढाउनै हुन्न भन्ने होइन, बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यसमा ढुकुटीको साइज हेरेर जाने हो । केहि न केहि व्यवस्था त बजेटले गरिहाल्छ । जनताका कष्ट हटाउने तर्फ बजेट केन्द्रित हुन्छ भनेपछि काम गर्नेहरुको माग सम्बोधन गर्नुपर्छ नै । कर्मचारीको खल्तिमा केहि न केहि अंक बढ्छ नै ।’, रिमालले भनेका छन् ।

उनले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र विधवाहरुको भत्तालाई समेत यथोचित सम्बोधन गरिने बताएका छन् । ‘सरकारले कर्मचारीलाई मात्रै होइन, प्रतिपक्षीदेखि नागरिक, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विधवा, एकल महिलाको भत्तामा पनि यथोचित ध्यान दिन्छौं ।’, रिमालले भने ।

उनले ठुला विकासका आयोजनाहरुमा बजेटलाई केन्द्रित गरिने पनि स्पष्ट पारेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थतन्त्रका विज्ञ भएकाले प्रधानमन्त्रीले अघि सारेको विकास र समृद्धिको अभियानलाई सार्थक बनाउने गरि नयाँ बजेट निर्माण भैरहेको पनि रिमालले दावी गरेका छन् ।

Share News