काठमाडौंका काम नसक्ने ३४२ ठेकेदारमाथी गृहमन्त्रीको नजर, को-को परे टार्गेटमा हेर्नुहोस् (सूचिसहित)

<p>काठमाडौं । काठमाडौं उपत्यकाभित्र काम सुरु गरेर समयमै नसक्ने ३४२ जना ठेकेदार कम्पनीमाथी कारबाही प्रक्रिया अघि बढेको छ । उपत्यकाभित्र काम गरिरहेका ५१० ठेकदारमध्ये ३४२ वटा कम्पनीले समयमै काम नसिकएपिछ जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । उपत्यकाभित्र सडक, पुल, भवन, नहर लगागत पुर्वाधारको काम जिम्मा लिएका ३४२ वटा कम्पनीले काम सक्नुपर्ने समय [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकाभित्र काम सुरु गरेर समयमै नसक्ने ३४२ जना ठेकेदार कम्पनीमाथी कारबाही प्रक्रिया अघि बढेको छ । उपत्यकाभित्र काम गरिरहेका ५१० ठेकदारमध्ये ३४२ वटा कम्पनीले समयमै काम नसिकएपिछ जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

उपत्यकाभित्र सडक, पुल, भवन, नहर लगागत पुर्वाधारको काम जिम्मा लिएका ३४२ वटा कम्पनीले काम सक्नुपर्ने समय सकिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले बताए । ‘३४२ वटा ठेकेदार कम्पनीमाथी अनुसन्धान सुरु भैसकेको छ, अब अब गृहको आदेश बमोजिम अघि बढ्ने तयारीमा छौं, घिमिरेले विकासन्युजसँग भने ।’

काम सक्ने मिती सक्किसकेका ठेकदारहरुलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन गृहबाट सिडियो कार्यालयलाई आइसकेको छ । काम नसक्ने ठेकेदारहरुसँ सम्झौता रद्ध, बैंक खाता बन्द, अन्य क्षेत्रको ठेक्कामा प्रतिबन्ध र पक्राउ गरी जेल हाल्नेसम्मको निर्देशन आएको सहायक प्रमुख घिमिरेले जानकारी दिए ।

कलंकी नागढुङगा त्रिपुरेश्वर सडकखण्डमा काम गरिरहेका ६ ठेकेदार कम्पनीले सर्वोच्च अदालत र स्थानीय वासिन्दाको अवरोधका कारण समयमै काम नसकिने बताएका छन् ।

यसैगरी गौशला तिनकुने सडक मर्मत कार्य जिम्मा लिएको नागेस एण्ड योगेश इन्जिनियरिङले असार २० गते सम्पन्न गर्ने भनेको काम ५० प्रतिसत मात्रै सकिएको छ ।

यस्तै जडिबुट्टी पेप्सीकोला मनोहरा सडक मर्मत जिम्मा लिएको बाग्मती एण्ड कन्स्ट्रक्सन प्रालीले असारमै सक्ने भनेको काम ३० प्रतिशत मात्रै सकेको छ ।

काठमाडौंभित्र काम गरिरहेका ५१० ठेकेदार कम्पनीमध्ये एउटा कम्पनीले पनि तोकेको समयमा काम नसकिने देखिएको छ । समयमै काम नसक्ने कम्पनीलाई सार्वजनिक खरिद ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

समयमै काम नसक्ने ठेकदार कम्पनीहरु ए ग्रेड, बी ग्रेड, सी र डी ग्रेडका कम्पनीहरु रहेका छन् । कामको म्याद नागेका ठेकदार कम्पनीहरु त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा लि, त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा।लि, नयाँयुग निर्माण सेवा जोरपाटी, केदार निर्माण सेवा, स्वच्छन्दरछिरिङ्ग जेभी, गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रालि लगायत ३४२ वटा रहेका छन् ।

 ३४२ जना ठेकेदारको विवरण यहाँ क्लिक गर्नुहोस्

 

Share News