सानिमा बैंकलाई पहिलो झड्का, राष्ट्र बैंकले गरायो २२ करोड रुपैयाँ प्रोभिजन

<p>काठमाडौं । सानिमा बैंक लिमिटेडले असल भनेको २२ करोड रुपैयाँ बराबरको कर्जालाई राष्ट्र बैंकले खराब कर्जामा राखिदिएको छ । राष्ट्र बैंक उक्त कर्जाको १०० प्रतिशत प्रोभिजन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको यस निर्णयले सानिमा बैंकको असार मसान्तको नाफालाई नकारात्मक प्रभाव पार्ने भएको छ । बैंकको खराव कर्जा शुन्यदशमलव ३९ प्रतिशत पुगेको छ [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेडले असल भनेको २२ करोड रुपैयाँ बराबरको कर्जालाई राष्ट्र बैंकले खराब कर्जामा राखिदिएको छ । राष्ट्र बैंक उक्त कर्जाको १०० प्रतिशत प्रोभिजन गर्न निर्देशन दिने भएको छ ।

राष्ट्र बैंकको यस निर्णयले सानिमा बैंकको असार मसान्तको नाफालाई नकारात्मक प्रभाव पार्ने भएको छ । बैंकको खराव कर्जा शुन्यदशमलव ३९ प्रतिशत पुगेको छ । पुस मसान्तसम्ममा खराव कर्जा शुन्य दशमलव ०३ प्रतिशत थियो ।
राष्ट्र बैंकको निर्णयबारे आफूलाई कुनै जानकारी नभएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

सोमबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिमा तीन वटा वाणिज्य बैंकको स्थलगत अध्ययन प्रतिवेदन पेश भएको छ । त्यसमा सानिमा बैंकको खराव कर्जामा २२ करोड प्रोभिजन गर्न लगाउने निर्णय भएको स्रोतले बतायो ।

त्यस्तै, बोर्डमा कृषि विकास बैंक र प्रभु बैंकको स्थलगत अध्ययन रिपोर्ट पनि पेश भएको छ । कृषि विकास बैंकका कर्मचारीको संलग्नतामा आर्थिक अनियमितता बढेको, कर्मचारीको प्रतिस्पर्धात्मक क्षमता कमजोर रहेको, प्रणालीगत समस्या धेरै रहेको अध्ययन रिपोर्टले औल्याएको छ । गलत काममा संलग्न करिव ४० जना कर्मचारीहरुलाई कृषि विकास बैंकले कारवाही गरेकोमा राष्ट्र बैंकले सकारात्मक रुपमा लिएको छ ।

प्रभु बैंकको खराव कर्जा अझै करिब साढे चार प्रतिशत देखिएको छ । बैंकको अन्य पक्षमा क्रमिक सुधार भए पनि पुराना र ठूला खराब कर्जा असुली सन्तोषजनक नभएको स्थलगत रिपोर्टमा लेखिएको स्रोतले बतायो ।

Share News