औद्योगिक उत्पादनको निर्यात अनुदान १५० प्रतिशतले वृद्धि

<p>काठमाडौं । सरकारले औद्योगिक वस्तुहरुको निर्यातमा ५ प्रतिशत नगद अनुदान उपलब्ध गराउने भएको छ । सरकारले बढ्दो व्यापार घाटा कम गर्न र मुलुकको औद्योगिक विकासमा सहयोग गर्न यसअघि दिदै अाएकाे अनुदानमा १५० प्रतिशत नगद अनुदान वृद्धि गरेकाे हाे । यसअघि सरकारले निर्यातमा २ प्रतिशतसम्म नगद अनुदानको दिदै आएको थियो । अब ५ प्रतिशत नगद अनुदानले [&hellip;]</p>

काठमाडौं । सरकारले औद्योगिक वस्तुहरुको निर्यातमा ५ प्रतिशत नगद अनुदान उपलब्ध गराउने भएको छ ।

सरकारले बढ्दो व्यापार घाटा कम गर्न र मुलुकको औद्योगिक विकासमा सहयोग गर्न यसअघि दिदै अाएकाे अनुदानमा १५० प्रतिशत नगद अनुदान वृद्धि गरेकाे हाे ।

यसअघि सरकारले निर्यातमा २ प्रतिशतसम्म नगद अनुदानको दिदै आएको थियो । अब ५ प्रतिशत नगद अनुदानले निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने र व्यापार घाटा हुने सरकारकाे विश्वास छ ।

भारत र चीनमा यस्ताे अनुदान १० प्रतिशतसम्म रहेकाे बताउँदै अनुदान रकम वृद्धि गर्न सरकारमाथि दवाव पर्दै अाएकाे  थियाे ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा ५ प्रतिशत नगद अनुदानको व्यवस्था गरेका हुन् ।

Share News