७५० मेगावाटको पश्चिमसेती आयोजना स्वदेशी लगानीमा बन्ने

<p>काठमाडौं । सरकारले प्रस्तावित ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भएको छ । चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेशनबाट खोसेर सरकार आफैले स्वदेशी लगानी जुटाएर बनाउने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट सार्वजनिक गर्दै पश्चिमसेती स्वदेशी लगानीबाट बनाउने घोषणा गरेका हुन् । सरकारले गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी [&hellip;]</p>

काठमाडौं । सरकारले प्रस्तावित ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भएको छ ।

चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेशनबाट खोसेर सरकार आफैले स्वदेशी लगानी जुटाएर बनाउने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट सार्वजनिक गर्दै पश्चिमसेती स्वदेशी लगानीबाट बनाउने घोषणा गरेका हुन् ।
सरकारले गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीमा बनाउन शिफारिश गरेको थियो । समितिको शिफारिशका आधारमा आयोजना नेपाल आफैले बनाउन लागेको हो ।

 

 

Share News